Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

जनकपुर क्षेत्रको विकास र संरक्षणका माग गर्दै आमरण अनशन

\"\"जनकपुर, २५ माघ । जनकपुर क्षेत्रको बृहत्तर विकास र सार्वजनिक जग्गा संरक्षणको माग गर्दै सुरु गरेको आमरण अनशन आज पनि जारी छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष राम कुमार शर्मा र नयाँ शक्ति पार्टी नेपालका प्रस्तावित २ नम्बर प्रदेश सहसंयोजक कलामुद्दीन राईन गत माघ २० गतेदेखि आमरण अनशन बसेका हुन् । जनकपुरस्थित जानकी मन्दिर परिसरका जमिनको व्यवस्थापन, संरक्षण लगायतका माग राख्दै आमरण अनशन सुरु गरेका शर्मा र राईनले आधुनिक जनकपुर निर्माणका लागि ७ बुँदे मागसहित मंगलबार छैठौं दिन पनि जारी राखेका छन् । जनकपुरस्थित जानकी मन्दिर परिसरको हजारौं विघा सार्वजनिक जमिनको संरक्षण र व्यवस्थापन गर्नुपर्ने, जानकी मन्दिरलाई ट्रष्टको रुपमा परिणत गरी विश्व सम्पदाको सूचीमा सूचिकृत गर्नुपर्ने, जनकपुर क्षेत्रको बृहत्तर र व्यवस्थित विकासका लागि जनकपुर विकास प्राधिकरण बनाउन ऐनमा संशोधन गर्नुपर्ने लगायतका माग उनीहरुले गरेका छन् । त्यस्तै, जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नती गर्नुपर्ने, पाँच सय शैयाको अनुमति प्राप्त जनकपुर अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, राजर्षी जनक विश्व विद्यालयको स्थापना हुनुपर्ने, जनकपुर उपमहानगरपालिकालाई समेट्ने गरी ६ लेन बाहिरी चक्रपथ निर्माण गर्नुपर्ने, जिम्मेवार अधिकारीहरुबाट जिल्लामा व्याप्त भ्रष्टाचारजन्य कार्य अविलम्ब रोक्नुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने उनीहरुको माग रहेको छ । माग पूरा गर्नका लागि प्रधानमन्त्री, स्थानीय विकास मन्त्री, स्वास्थ्यमन्त्री, प्रशासन कार्यालय सबैसमक्ष ज्ञापन पत्र बुझाइएको अनसनकर्ता बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष राम कुमार शर्माले जानकारी दिए । उनले सोही माग पूरा गर्नका लागि दबाब स्वरुप स्थानीयहरुबाट एक लाख हस्ताक्षर संकलन गरी बुझाइनेसमेत बताए । आधुनिक जनकपुर निर्माणका लागि भन्दै स्थानीय रुपमा क्रियाशील सबै राजनितिक दलहरु, समाजिक संघसंस्था, युवा क्लवहरु, युवा संघर्ष समिति, नागरिक समाज, पत्रकार तथा सञ्चारकर्मीहरु सम्मिलित १०१ सदस्यीय संघर्ष समिति बनाएर संघर्ष जारी राखेको संघर्ष समितिका संयोजक शर्माले बताए । अनशन छैटौं दिन पुग्दा अनसनकर्ताहरुको स्वास्थ्यमा प्रतिकूल असर देखा परेको र स्वास्थ्यस्थिति कमजोर बन्दै गएको आन्दोलनको व्यवस्थापन तथा अनसनकर्ताको सहयोगीको रुपमा खट्दै आएकी अभियन्ता इन्दु शर्माले जानकारी दिइन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy