Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

रानीपानीमा एकगाग्री पानी लिन डेढ घन्टा

\"\"पर्वत, २६ माघ । नजिकमा पानीको स्रोत नहुँदा यहाँको रानीपानी–५ इमिचौरका बासिन्दा खानेपानीका लागि डेढ घन्टाको बाटो हिँडेर कालीगण्डकी किनारमा पुग्न बाध्य छन् । गाउँका करिब दुई दर्जन परिवारको दैनिकी तीन वर्षयता पानी बोक्दैमा बित्ने गरेको छ । विसं २०६७ सालमा पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले निर्माण गरेको लिफ्ट खानेपानी आयोजना बिग्रिएपछि स्थानीयलाई पिउने पानीकै लागि दैनिक घन्टौँ समय खर्चिनुपरेको हो । “दुई वर्षसम्म राम्रैसँग चलेको थियो” स्थानीय मायाँ श्रेष्ठले भनिन्, “त्यसपछि पुरानै दुःख फर्किए । कसैले खानेपानी माग्यो भने पनि लाजै लाग्छ ।” इमिचौर मात्रै नभएर गाविसको मुख्य बस्ती रहेको नेपाने, पस्यार, पूर्तिडाँडा, बिहादीलगायतका गाउँमा खानेपानीको चरम समस्या छ । पानी अभावकै कारण कहिलेकाहीँ स्कुले विद्यार्थी समयमा विद्यालय जान पाउँदैनन् । “पहिले भएका मूल पनि भूकम्पपछि सुके” स्थानीय धनसरा पौडेलले भन्नुभयो, “अहिले पानीकै लागि रुन मात्रै सकिएको छैन । गाउँका अधिकांश युवा गाउँ बाहिर छन् । गाउँमा महिला र केटाकेटी मात्रै भएका कारण पानी बोक्ने मान्छेको अभावले पनि बढी समस्या सिर्जना हुने स्थानीयले बताए । जिल्लामा खानेपानी तथा सरसफाइ परियोजना सञ्चालन गरेको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले रानीपानीमा मात्रै २१ वटा खानेपानी आयोजना सञ्चालन गरेको छ । तर, स्थानीयले पिउने पानीकै लागि दैनिक आधा समय खर्चन बाध्य छन् । “पहिलो चरणमै बनेका १६ योजना छन्,” परियोजनाका फिल्ड संयोजक देवराज पुरीले भने, “अहिले चारवटा निर्माणाधीन र एउटा निर्माणको चरणमा छन् ।” आयोजनाले दुईवटा पुराना योजना मर्मतको तयारी गरेको उनले बताए । रानीपानीमा खानेपानीको समस्या पुरानै भएपनि २०७२ को भूकम्पयता अझ जटिल बनेको स्थानीय राजकुमार श्रेष्ठले बताए । पहिले चैतपछि असारसम्म मात्रै समस्या हुन्थ्यो उनले भने, “अहिले पुस नलाग्दै पानीका मूल सुक्नथाले ।” खानेपानीका नयाँ आयोजना निर्माण गर्ने पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले सम्पन्न गरेका आयोजना पनि निर्माणको केही समयमै बिग्रिएपछि स्थानीयलाई पिउने पानीको समस्या चुलिएको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: