Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

अभिभावकको संयोजनमा ‘दिवा खाजा कार्यक्रम’

[caption id=\"attachment_117015\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] सिन्धुपाल्चोक, २९ माघ । बालबालिकालाई नियमित विद्यालय जान प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित ‘दिवा खाजा कार्यक्रम’ विद्यार्थीका अभिभावकले नै सञ्चालन गर्न थालेपछि प्रभावकारी देखिएको छ । सरकार र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा सञ्चालित उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन सिन्धुपाल्चोकका दुई गाविस महाँकाल र ठूलोसिरुबारीमा विद्यार्थीका अविभावकले नै समूह बनाई सञ्चालन गरेका छन् । अन्य जिल्लामा भने खाजा व्यवस्थापनको सम्पूर्ण कार्य विद्यालय प्रशासनले नै गर्ने गर्छ । गत असोजदेखि सिन्धुपाल्चोकका दुई गाविसका २१ विद्यालयमा परीक्षणका रुपमा सञ्चालित उक्त कार्यक्रमको सफलतापछि छिट्टै बर्दियामा पनि ‘दिवा खाजा कार्यक्रम’ सुरु गरिने डब्लुएफपी नेपालका सञ्चार अधिकृत सीताष्मा थापाले बताइन् । सुदूरपश्चिम र मध्यपश्चिमाञ्चलका १० जिल्लामा सञ्चालित उक्त कार्यक्रम हाल पूर्वका अन्य जिल्लामा पनि विस्तार गरिएको छ । सरकारी तथ्याङ्कानुसार कार्यक्रमबाट करिब दुई हजार पाँच सय विद्यालयका दुई लाख ७० हजार विद्यार्थीले नियमित खाजा प्राप्त गर्छन् । डब्लुएफपीले खाजाका अतिरिक्त शिक्षा सचेतना कार्यक्रम, शिक्षकलाई तालिम, पुस्तकालय स्थापना, विद्यार्थीको डिजिटल सिकाइ मञ्चमार्फत गुणस्तरीय सिकाइ सामग्रीमा पहुँच, भान्छेलाई खाना पकाउने र भण्डारणसम्बन्धी तालिम, विद्यालयका भान्छाघर, पानीको स्रोत र शौचालय निर्माण वा पुनः निर्माणलगायत कार्यमा पनि सहयोग गर्दै आएको छ । ती विद्यालयमा खाजा व्यवस्थापनका लागि अभिभावक समूह गठन गरिएका छन् । पाँचदेखि १० जना रहेका समूहमा प्रत्येक अभिभावकले आलोपालो खाजा खुुवाउछन् । अभिभावकले खाजा बनाएबापत दैनिक पारिश्रमिक पनि पाउने व्यवस्था गरिएको उक्त कार्यक्रम लागू भएको हेलम्बु आधारभूत विद्यालयका प्रअ चन्द्रकुमार लामिछाने बताउछन् । “पहिले हामीलाई खाद्य सामग्री कहाँबाट ल्याउने, भोलि के ख्वाउने भन्ने चिन्ता हुन्थ्यो । अहिले हामीलाई त्यसको चिन्ता नभएकाले हाम्रो सम्पूर्ण ध्यान शिक्षाको गुणस्तर सुधार्नमा केन्द्रित छ”, उनले भने । दुबै गाविसमा जयवागेश्वरी महिला विकास र नेत्रज्योति कृषि बचत तथा ऋण सहकारी संस्था लिले खाद्य सामग्री व्यवस्थापनको काम गरेका छन् । कार्यक्रमअन्तर्गत अभिभावक समूहले प्रत्येक विद्यालयमा करेसाबारी निर्माण गरी तरकारी र अन्य बाली उत्पादन गर्न सुरु गरेका छन् । यसबाहेक स्थानीय उत्पादनलाई प्राथमिकता दिएकाका कारण स्थानीय बासिन्दा व्यावसायिक कृषि उत्पादनमा लागेको महिला विकास सहकारीका सञ्चालिका सुभद्रा रुपाखेती लामिछानेका भनाइ छ । अमेरिकाको कृषि विभागको सहयोगमा डब्लुएफपीले विद्यालय खाजाप्रति नवीन र समष्टिगत अवधारणाको प्रयोग गर्दै त्यसलाई साक्षरता प्रवद्र्धन, विद्यालय खानेपानी तथा सरसफाइ परियोजनाका साथै बालबालिका, शिक्षक, अभिभावक र समुदायको शिक्षाको महत्वबारे ज्ञान र क्षमता बढाउन उक्त कार्यक्रम सुरुआत गरेको हो । विद्यार्थी अभिभावक विमला लामिछानेले आफ्ना बालबालिकाका लागि विद्यालयमा आफैँ खाजा बनाउन पाएकामा खुसी व्यक्त गर्दै त्यसमा अपनत्व अनुभव भएको बताइन् । उनले भनिन्, “पहिलेको तुलनामा खाजा गुणस्तरीय र पौस्टिक छ । पहिले विद्यालयले खाजाका रुपमा दालमोठ, चना, केराउ, बिस्कुट, चाउचाउ मात्र दिन्थ्यो । अहिले साताभरि नै तालिकानुसारका पोषिलो जाउलो, पुरी, तरकारी, भुटेको मकै– भटमास र चिया, कोदोको ¥यालेको रोटी र मासुचिउरा बनाई वितरण गर्ने गरिएको छ ।” दिवा खाजा कार्यक्रमले विपन्न बालबालिका (विशेष गरी छात्रा) नियमित विद्यालय जाने क्रम बढेको देखिन्छ । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कानुसार उक्त कार्यक्रम लागू भएका महाँकालका ११ विद्यालयमा छात्रको सङ्ख्या तीन सय २८ तथा छात्राको सङ्ख्या चार सय पाँच छ । यसबाहेक मध्यान्तरपछि विद्यालयमा नबस्ने, बसे पनि पढाइमा ध्यान नदिने तथा भोक र थकाइले अल्छी लागिरहने समस्या निकै कम भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy