Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

राप्रपामा जब कमल थापा हाबी भए ...

\"\"काठमाडौं, १ फागुन । पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनको संघारमा रहेको छ । राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते पार्टी एकताको घोषणा गरिएको थियो । पार्टी एकता घोषणासँगै एकतापछिको राप्रपा अध्यक्ष कमल थापा भए भने राष्ट्रिय अध्यक्षमा पशुपति शम्शेर राणा भए । पार्टी एकता अघि नै भएको सहमतिअनुसार आलोपालो प्रणालीमा अहिले डा. प्रकाशचन्द्र लोहनी राणापछिको राष्ट्रिय अध्यक्ष छन् । पूर्व राप्रपाको आलोपालो प्रणाली कायम रहे पनि पार्टी अध्यक्ष भने कमल थापा नै छन् । थापा अहिले मात्र होइन, महाधिवेशनबाट पनि अध्यक्ष हुने सम्भावना उत्तिकै छन् । थापा पार्टीमा यति हावी हुँदै गएका छन् कि, पार्टीको आर्थिक प्रतिवेदनको जिम्मा राष्ट्रिय अध्यक्षलाई दिएर आफूले राजनीतिक प्रतिवेदन तयार पार्दैछन् । पार्टी केन्द्रीय कार्य समिति बैठकबाटै पारित गराएर थापाले उक्त जिम्मेवारी लिएका छन् । हिन्दु राष्ट्रको एजेण्डामा एकमत भएको भन्दै पूर्वपञ्चहरु एक भएका थिए । तर राजसंस्थाकोबारेमा भने थापा र राणा समूहबीच फरक मत कायमै छ । राणा समूह अब राजसंस्थाको एजेण्डा बोक्न नसक्ने बताउँछन् भने थापा समूह राजसंस्थाको विकल्प अहिले नै खोज्न नसकिने तर्क गर्छन् । हिन्दु राष्ट्रमा एकमत भए पनि राजसंस्थाबारे भने महाधिवेशनबाट टुंगो लगाउने निश्कर्षमा नै पार्टी एकता घोषणा गरिए पनि थापा समूह हावी हुँदा पूर्वपञ्चहरु राजसंस्थाको एजेण्डाबाट टाढा नहुने संकेत गरेका छन् । दस्तावेज लेख्ने जिम्मा पाएका अध्यक्ष थापाले सार्वजनिक कार्यक्रममा नै आगामी महाधिवेशनबाट राजसंस्थाको एजेण्डा पनि पारित हुने बताएका छन् । हिन्दु राष्ट्रलाई एकीकरणको बटमलाइन बनाउने सहमतिका साथ दुई पार्टी एक भएका थिए । महाधिवेशनअघि भएको क्षेत्रीय तथा जिल्ला अधिवेशनबाट पनि थापा पक्ष हावी भएको बताइएको छ । थापा पक्ष हावी भएपछि हिन्दु राज्यका र राजसंस्था पार्टीको एजेण्डा बन्ने बताएइएको छ । नयाँ संविधान घोषणा हुने क्रममा राप्रपाले धर्मरिरपेक्षता स्वीकारेको थियो भने राप्रपा नेपालले गणतान्त्रिक आन्दोलनदेखि नै हिन्दु धर्मको वकालत गर्दै आएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy