Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

एमाले संविधान संशोधको पक्षमा आउने संकेत मिलेको प्रवक्ता भुसालको खुलासा

\"\"भक्तपुर, २८ माघ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नेकपा एमाले संविधान संशोधनको प्रक्रियामा सहभागि हुने खुलासा गरेकी छन् । रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुसालले एमाले मुलुकको जिम्मेवार पार्टी भएकाले संविधान निर्माणमा उसको भुमिका महत्वपूर्ण भएका कारण एमाले संविधान संशोधनमा सहभागि भई संविधान कार्यान्वयनमा अग्रसर भइरहेको बताइन । एमालेले प्रधानमन्त्री पाउँनको निम्ति मात्रै संविधान नलेखेको र पछिल्लो समय संविधान कार्यान्वयनको लागि संविधान संशोधनमा सहभागि हुनका लागि सकारात्मक भएको उनको भनाई रहेको छ । एमालेले मधेशवादी दलसँगको छलफलमासमेत लचकता अपनाएको र विस्तारै एमाले संविधान संशोधनमा सहभागि हुने संकेत दिएकाले सरकारले तोकेको समयमा निर्वाचन हुने उनले बताइन । कसैले भ्रम फैलाउँदैमा जेठमा स्थानीय तहको निर्वाचन नरोकिने उनले बताइन । प्रवक्ता भुसालले सरकारले निर्णय गरेर निर्वाचन आयोगलाई पत्र पठाइसकेकाले स्थानीय तहको निर्वाचन जेठभित्र भइसक्ने बताइन । उनले कुनै क्षेत्र, जातीको मात्र राष्ट्रवाद नभएकाले राष्ट्रियतालाई मजबुत बनाउन संविधान संशोधनमा सबै समावेश हुनुपर्ने बताइन । स्थानीय तहको पुनर्संरचनाको विषय टुगिने बित्तिकै सरकारले चाँडै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने र जेठमा निर्वाचन हुने उनको भनाई छ । प्रवक्ता भुसालले स्थानीय तहको निर्वाचन कसैले चाहेर रोक्न नसक्ने र अन्य तहको निर्वाचन कात्तिकमा गर्ने गरी यही सरकारले गृहकार्य गरिरहेको जानकारी दिइन । वर्तमान सरकारले नै तीनै तहको निर्वाचन गर्ने र निर्वाचन नगरी सरकार परिवर्तन नहुने उनको दावी रहेको छ । उनले तीन तहको निर्वाचन नभएसम्म सरकारको गठबन्धन नटुगिने बताइन । एउटै पार्टीको सरकार बन्ने सम्भावना नभएको हुँदा वर्तमान सरकारले नै तीनै तहको निर्वाचन गरिसक्ने उनको भनाई रहेको छ । भुषालले प्रहरी प्रमुख चयन गर्ने अधिकार राष्ट्रको कार्यकारी प्रमुखको भएको बताउँदै यो न्यायपालिका वा अरु कुनै निकायको अधिकार क्षेत्र नभएको बताइन । उनले वर्तमान गठबन्धनले चयन गरेको आइजीपीको निर्णय नियमसंगत भएकोसमेत बताइएन । कार्यकारी सरकारले गर्ने निर्णयलाई कसैले हस्तक्षेप गर्न नसक्ने उनको जिकिर छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending