Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

पाकिस्तानमा बम हमला, वरिष्ठ प्रहरी अधिकारीसहित १३ को मृत्यु

\"\"काठमाडौं, ३ फागुन । पूर्वी पाकिस्तानी शहर लाहोरमा गरिएको एक बम हमलामा वरिष्ठ प्रहरी अधिकारीहरु सहित कम्तीमा १३ जनाको ज्यान गएको छ भने असीजना भन्दा बढी घाइते भएका छन्। स्थानीय अधिकारीहरुका अनुसार मोटरसाइकलमा चढेर आएको पुरुषले भीडभित्र पसी उक्त विष्फोट गराएको थियो । सोमबार पन्जाब प्रान्तीय विधानसभा बाहिर सैयौं मानिसहरुले विरोध जनाइरहेका बेला उक्त विष्फोट गराइएको थियो। उनीहरुले औषधि बिक्री सम्बन्धमा सरकारले ल्याएको नयाँ नियमको विरोध गरिरहेका थिए। पाकिस्तानी तालिबानबाट अलग भएको एउटा गुट, जमात अल अरा, ले सो हमलाको जिम्मा लिएको छ। उसले आफ्नो संगठन विरुद्ध पाकिस्तानी सेनाले गरिरहेको कारवाहीको जवाफमा त्यस्तो हमला गरिएको जनाएको छ। ‘विष्फोट निकै शक्तिशाली थियो। मैले विष्फोट भएको स्थल नजीकै आगोको लप्काहरु, घाइते र शवहरु देखें। मानिसहरु रोइरहेका थिए,’ एकजना प्रत्यक्षदर्शीले भने। हताहती हुनेहरुको संख्या अरु बढ्न सक्ने आशँका गरिएको छ। मारिनेहरुमा प्रहरीका पाँचजना वरिष्ठ अधिकार‌ीहरु पनि भएको बताइएको छ। पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले सो हमलाको निन्दा गरेका छन् र हमलाकारीहरु विरुद्ध कडा कारवाही गरिने चेतावनी दिएका छन्। गत वर्ष मार्च महिनामा लाहोरको एक सार्वजनिक पार्कमा गराइएको बम हमलामा केटाकेटी सहित कम्तीमा ६९ जनाको ज्यान गएको थियो।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending