फाल्गुन ४ गते, २०७३ बुधवार 15th February, 2017 Wed०६:५४:०३ मा प्रकाशित
काठमाडौं, ४ फागुन ।जलस्रोतको धनी देश भए पनि १३ प्रतिशत नेपाली अझै स्वच्छ खानेपानीबाट पूर्ण रूपमा वञ्चित छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार ३७ लाख ५० हजार ५ सय ९३ जनसंख्याले अशुद्ध पानी पिउने गरेका छन् । उनीहरूले खोला, नदी, इनारको पानी प्रयोग गर्दै आएको मन्त्रालयको तथ्यांक छ ।
आजको नयाँ पत्रिकामा खबर छ–राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०६२ अनुसारको पानी २० प्रतिशतले मात्र प्रयोग गरेका छन् । २ करोड ८८ लाख ५० हजार ७ सय १७ जनसंख्यामध्ये ५७ लाख ७० हजार १ सय ४३ जनाले मात्र राष्ट्रिय मापदण्डअनुसार स्वच्छ पिउने पानी पाएको खानेपानी तथा सरसफाइ मन्त्रालयको तथ्यांक छ ।
स्वच्छ पानी सहरी क्षेत्रका बासिन्दाले मात्र पिउन पाएको पनि मन्त्रालयको तथ्यांक छ । मन्त्रालयको खानेपानी महाशाखाका सिनियर डिभिजन इन्जिनिर हरिप्रसाद तिमिल्सिनाले भने, ‘प्रशोधित पानी प्रयोग गर्नेहरू राजधानीलगायत ठूला सहर तथा जिल्ला सदरमुकाममा मात्र सीमित छन् ।’ बजेट अभावका कारण प्रशोधित स्वच्छ पानी सबै ठाउँमा पु¥याउन नसकिएको इन्जिनियर तिमिल्सिनाले दाबी गरे ।
उनले भने, ‘अहिलसम्म पानीको पहुँचमा पुर्याउन मात्र ठिक्क भएको छ ।’ पर्याप्त बजेट विनियोजन भएमा मात्र सबैलाई स्वच्छ पानी उपलब्ध गराउन सकिने उनको भनाइ छ । चालू आवमा खानेपानी मन्त्रालयको बजेट ३२ अर्ब ६४ करोड रुपैयाँ छ ।
दुई करोडले पिउँछन् मापदण्ड नपुगेको पानी
कुल जनसंख्याको ६७ प्रतिशतले मापदण्ड नपुगेको पानी पिउने गरेका छन् । यस्तो पानी पिउनको जनसंख्या एक करोड ९३ लाख २९ हजार ९ सय ८० रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । उनीहरूले प्रशोधन नगरिएको धारा तथा ट्युबेलको पानी सीधै पिउने गरेका छन् । ग्रामीण क्षेत्रका अधिकांशले यस्तो पानी प्रयोग गर्ने गरेका छन् ।
प्रदूषित पानीबाट के रोग लाग्छ ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक शेरबहादुर पुन भन्छन्, ‘प्रदूषित पानीबाट सर्ने तथा नसर्ने दुवै खालका रोग लाग्न सक्छ । साधारणतः झाडापखला, टाइडफाइड, जन्डिसजस्ता रोग देखिन्छ । अस्वच्छ पानीबाट जाडोभन्दा गर्मी मौसममा बढी रोग लाग्न सम्भावना रहन्छ ।’
चुहावट नियन्त्रण गर्न सरकारी प्रयास
-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खानेपानीको चुहावट नियन्त्रण सरकारको प्राथमिकतामा परेको बताउँदै आएका छन् । उपत्यकामा वितरण हुने थोरै पानी पनि चुहिएर नोक्सानी हुने गरेको प्रतिवेदन पाएपछि नियन्त्रण गर्न प्रधानमन्त्री प्रचण्डले पहल गरेका छन् ।
-‘उपत्यकामा वितरण हुने थोरै पानीमध्ये पनि ४० प्रतिशतसम्म चुहावट हुने गरेको जानकारी आएको छ,’ प्रधानमन्त्रीका सल्लाहकार गोविन्द आचार्य भन्छन्, ‘यति धेरै पानी चुहिएर सकिने कारण खोज्दै सुधार गर्न सरकारबाट निर्देशन भएको छ ।’ उनले पानी चुहावट हुने कारण खोजेर नियन्त्रण गर्न निर्देशन दिएको र हाल चुहावट भइरहेकोमध्ये आधा नियन्त्रण गर्न सकिने देखिएको बताए । खानेपानी मन्त्रालय, केयुकेएललगायतका संस्थाका कर्मचारी डाकेर प्रधानमन्त्रीले छलफल गरेका थिए ।
-खानेपानीको पाइप जमिनमुनि कम्तीमा तीन फिट तलबाट बिछ्याउनुपर्ने मापदण्ड छ । तलसम्म खन्न झन्झट र लागत बढी पर्ने भएकाले उपभोक्ताले पनि एक फिटमै पाइप बिछ्याउने गरेका छन् ।
यसरी हुन्छ आपूर्तिकेयुकेएल : काठमाडौं उपत्यकामा अहिले दैनिक साढे ३७ करोड लिटर पानीको माग छ । तर, केयुकेएलले १३ करोडदेखि १३ करोड ५० लाख लिटर आपूर्ति गरिरहेको छ । यो आपूर्ति परिमाण बिस्तारै घट्दै जान लागेको छ । चैत, वैशाख र जेठमा औसतमा सात करोड ३० लाख लिटर वितरण हुने गरेको छ । साउन, भदौ, असोज, कात्तिक, मंसिरमा दैनिक १२ करोड लिटरसम्म आपूर्ति हुने गरेको छ ।
ट्यांकरको पानी : उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार दैनिक पाँच करोड लिटर पानी ट्यांकरबाट आपूर्ति हुन्छ । व्यवसायीले भक्तपुरको झौखेल, सातदोबाटो, गोदावरी, चाल्नाखेलदेखि हिमाल सिमेन्ट कारखाना रहेको स्थानसम्म, मातातीर्थ, स्वयम्भू, बालाजु र जोरपाटीबाट पानी संकलन गर्छन् ।
जार–बोतलको पानी : पानी प्रशोधन गरी जार र बोतलमा बिक्री गर्ने व्यवसायीले २४ लाख लिटर जारको पानी र दुई लाख २० हजार लिटर बोतलको पानी आपूर्ति गरिरहेको बोतल वाटर उद्योग संघले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: