Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

स्थानीय निकाय ठप्प : सेवाग्राही मारमा

\"\"काभ्रे, ४ फागुन । स्थानीय तहमा रहेका कर्मचारीहरुले फागुन १ गतेदेखि कार्यालय ठप्प पार्दा सेवाग्राही मारमा परेका छन् । कर्मचारीहरुले गत माघ १९ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् । स्थानीय निकाय पुनसंरचना गर्दा आवश्यक जनशक्ति हाल स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई प्राथमिकतामा राखी व्यवस्थापन र समायोजन गर्न माग गर्दै ट्रेड युनियनले आन्दोलन थाल्दा स्थानीय निकाय ठप्प हुँदा सेवाग्रही मारमा परेका हुन् । स्थानीय निकाय, ट्रेड यूनियनको संयुक्त समन्वय समितिले फागुन १ गतेदेखि अनिश्चितकालीन बन्द आव्हान गरी स्थानीय तहका संरचनाहरुमा कर्मचारीहरुको व्यवस्थापन र समायोजन गर्दा हालका स्थानीय निकायहरु जिल्ला विकास समितिको कार्यालय, नगरपालिका तथा गाउँ विकास समितिको कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई प्राथमिकतामा राखी व्यवस्थापन र समायोजन गरी नपुग जनशक्ति मात्रै निजामति सेवाबाट पठाइने व्यवस्था गरियोस् भन्दै चार दिन देखि आन्दोलनमा रहदाँ सेवाग्राही मारमा परेका हुन् । कर्मचारी आन्दोलनका कारण पुनः निर्माणले गति लिएन २०५४ सालमा स्थानीय निकायको निर्वाचन भए पछि स्थानीय निकायको चुनाव हुन नसक्दा हाल स्थानीय निकाय जनप्रतिनिधिको जिम्मेवारी कर्मचारीको जिम्मामा रहेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि प्रभावकारी रुपमा पुनःनिर्माण कार्य अघि बढ्न नसकेको अवस्थामा स्थानीय निकायको कर्मचारीको आन्दोलनले पुनःनिर्माण कार्य झन् पछि धकेलिएको छ । भुकम्पले पीडा दिएको करिव २ वर्ष हुन लाग्दा समेत जनताको अस्थायी टहरा र छाप्रोमा जीवन बिताउन बाध्य छन् । कर्मचारीकोे यो आन्दोलनले सर्वसाधरण थप पीडा झेल्न विवस छन् । सामान्य कामदेखि विकास निर्माणको कामका लागि बिकट डाँडापारी, कोशीपारी लगायतका गाँउबाट सदरमुकाम आएका सेवाग्राही मर्कामा परेका छन । जिल्ला विकास समितिको कार्यालय काभे्र, धुलिखेल, बनेपा, पनौती, पाँचखाल र दाप्चाकाशीखण्ड नगरपालिका तथा ७५ गाविसका स्थानीय निकाय अन्र्तगतका कर्मचारीहरु कार्यालयमा आउने हाजिर गर्दै बाहिर घाम तापेर बस्ने गरेको भन्दै कर्मचारीको यस्तो हर्कतले आफूहरु मारमा परेको सेवाग्राहीहरु बताउँछन् । कर्मचारीहरुको माग पुरा नभएसम्म कामकाज ठप्प पार्ने आन्दोलनमा सहभागि हँुदै आएको स्थानीय निकाय आन्दोलन संर्घष समितिका जिल्ला संयोजक तारानाथ बन्जारले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: