Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

निर्वाचन नचाहने प्रचण्ड सरकार एक मिनेट पनि पदमा बस्नुको औचित्य छैन – भट्टराई

\"\"भक्तपुर, ६ फागुन । नेकपा एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकार निर्वाचन चाहँदैन भने पदमा बस्नुको औचित्यता नभएको बताएका छन् । रफत सञ्चार क्लवमा शुक्रबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै प्रचार विभाग प्रमुख भट्टराईले सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगरे पद्मा बस्नुको औचित्य नभएको बताएका हुन । संविधान निर्माण गर्ने मुख्य राजनीतिक शक्तिहरु वा दलहरु एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्नेमा जोड दिर्दै चुनाव नगर्ने हो भने सरकारमा बस्नुको औचित्यता नभएको उनले बताए । संविधान घोषणा गर्ने मुख्य राजनीतिक शक्तिबीचको समझदारीबाट अगाडि बढ्नुपर्ने खाँचो औल्याउँदै त्यसो नभए सरकारलाई एक मिनेट पनि पदमा बस्ने नैतिक आधार नभएको बताए । आजको ब्यवस्थापीका संसद हिजोका संविधानसभाले मधेशवादी दलको एजेन्डलाई अस्वीकार गरेको बताउँदै मधेशवादी दलले पनि चुनावमा भाग लिएर आप्mना एजेन्डा टेष्ट गर्न उनले आग्रह गरे । मधेशवादी दलको तागत र संख्या नपुगेकाले संविधानसभाले एजेन्डा विफल बनाएर जनादेश ल्याएर संविधान संशोधन गर्न उनले आग्रह गरे । संविधान संशोधनको प्रस्ताव मृत अवस्थामा पुगिसकेको बताउँदै संशोधन तुल्सीको बोटमा सास ढुकढुकी भएको अवस्थामा पुगेको बताए । उनले संविधान संशोधनको विषयमा एमालेको आपत्ति नभएपनि संविधान संशोधन अहिलेको अवस्थामा देशको आवश्यकता नभएको बताए । उनले संविधान संशोधन प्राकृतिक हिसावले मरिसकेको र प्राविधिक हिसावले ढुकीढुकी रहेको संशोधन ब्यवस्थापीका संसदको शैश्यामा सुताइएकाले निर्वाचनको माध्यमबाट आउँदो ब्यवस्थापीका संसदबाट सो विधेयकलाई अगाडि बढाउन उनले आग्रह गरे । निर्वाचनमा सबै पार्टी मिलेर भाग लिनुपर्ने बताउँदै निर्वाचनको वातावरण बनाउन सबै लागिपर्नुपर्ने उनले बताए । उनले हिंसामा विश्वास गर्ने र शान्ति प्रक्रियामा भाग नलिने त्यस्ता पार्टी संवैधानीक हिसावले विफल हुने दावी गरे । शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने राजनीतिक दलहरु निर्वाचनदेखि नभाग्ने बताउँदै ब्यवस्थापीका संसदले संविधान संशोधनलाई अस्वीकार गरिसकेकाले निर्वाचनबाट बहुमत ल्याएर संशोधन गर्न आग्रह गरे । मुलुकको राजनीतिक स्थायीत्वको लागि समय अवधिभित्रै तीन तहको निर्वाचन सम्पन्न गरिसक्नेपर्नेमा सरकारले आलटाल गरिरहेको उनले बताए । स्थानीय तहको पुनः संरचना आयोगको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयन गरेर प्रदेश सभा, प्रतिनिधिसभाको निर्वाचन क्षेत्र निर्धारण अयाोग गठन, निर्वाचनसँग सम्बन्धीत कानुनहरु निर्माण गर्ने कामसहित निर्वाचन वातावरण बनेको उनको भनाई रहेको छ ।। एमाले नयाँ सरकार गठनको कसरतमा नलागेको बताउँदै संविधान कार्यान्वयनको लागि निर्वाचनको पक्षमा एमाले रहेकाले कसैले भ्रम फैलाउँदैमा एमालेलाई केहि फरक नपर्ने उनको भनाई थियो । एमालेको सम्पन्न पोलिटब्यूरो बैठकले १२ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिर्दैै सरकारले बैशाख महिनाभित्र जसरी पनि निर्वाचन गरिसक्नुपर्ने भट्टराईले बताए । सरकारले जेठसम्म निर्वाचन गर्ने घोषणा गरिसकेको अवस्थामा निर्वाचन मिति घोषण नगर्नु निर्वाचन नगर्ने षड्यन्त्र भएको उनले बताए । आगामी फागुन २१ गतेदेखि एमालेले मेची महाकाली जागरण अभियान सञ्चालन गर्न लागेको बताउँदै एमालेले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने बताए । उनले एमालेको लोकप्रियता देखेर कुनै पनि राजनीतिक शक्तिलाई नआत्तिनसमेत आग्रह गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy