Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

स्थानीय तहको चुनावले क्रान्तिका उपलब्धि संस्थागत गर्छ :ऊर्जामन्त्री शर्मा

\"\"काठमाडौं, ६ फागुन । ऊर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्मा प्रभाकरले स्थानीय तहको चुनावले मात्र क्रान्तिका उपलब्धिहरु संस्थागत हुने धारणा राखेका छन् । नेकपा माओबादी केन्द्र निकट विद्यार्थी संगठन क्रान्तिकारीले त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन । उनले स्थानीय तहको निर्वाचनपछि मात्र नयाँ संविधानले संस्थागत गरेका अधिकारहरु प्राप्त हुने ठोकुवा गरे । मन्त्री शर्माले पुराना राजनीतिक शक्तिहरुले परिवर्तनका एजेण्डाहरु उल्टाउने षडयन्त्र शुरु गरेको भन्दै प्रतिगामनकारी हर्कतहरुलाई ठेगान लगाउन स्थानीय तहको चुनाव जरुरी रहेकोमा जोड दिए । “पूराना शक्तिहरु विस्तारै संविधानले दिएका अधिकार समेत उल्टाउने कोशिस गर्दैछन ।” मन्त्री शर्माले भने “ स्थानीय तह र प्रदेशको चुनाव मार्फत त्यसलाई परास्त गर्न युवाहरुले दवाव सृष्टि गर्नुपर्छ ।” उनले राजनीतिक रुपमा भएका परिवर्तनहरु राज्यको संरचनागत परिवर्तनपछि मात्र व्यवहारमा लागु हुने बताए । अर्को प्रसंगमा मन्त्री शर्माले उर्जामन्त्रालय मार्फत युवाहरुमा देखिएको निराशालाई आशामा बदल्ने प्रयास थालनी गरेको उल्लेख गरे । उज्यालो नेपाल अभियानले देशभरका युवाहरुमा केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको स्मरण गराउदै मन्त्री शर्माले यो अभियान केवल बत्ती बाल्ने कुरा मात्र नभएर राष्ट्र निर्माणको महाअभियान भएको बताए । ऊर्जा मन्त्रालयले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमले निम्न वर्गका जनताको जीवनस्तर समेत समृद्ध बनाउने सपना बोकेको मन्त्री शर्माको भनाइ छ । उनले लामो समयपछि हुन लागेको स्ववियु चुनावलाई स्वस्थ र मर्यादित बनाएर उच्च राजनीतिक संस्कार प्रदर्शन गर्न युवा विद्यार्थीहरुलाई आव्हान गरे । त्रिचन्द्र क्याम्पसमा अखिल क्रान्तिकारीले केशव रावललाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: