फाल्गुन ७ गते, २०७३ शनिवार 18th February, 2017 Sat०७:२०:४० मा प्रकाशित
काठमाडौं, ७ फागुन । राजनीतिक दलहरू राष्ट्रिय समस्या समाधानभन्दा भोट तान्ने दाउपेचलाई महत्व दिन थालेका छन् । प्रमुख राजनीतिक दलका शीर्ष नेतासमेत राष्ट्रिय विषयलाई छायामा पार्ने गरी सामान्य कार्यक्रमलाई महत्व दिन थालेका हुन् ।
आजको राजधानी दैनिकमा खबर छ– प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र मात्रै नभएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा नयाँ शक्ति नेपालसमेत राष्ट्रिय समस्या समाधानभन्दा चुनावमा कसरी भोट तान्ने र जनताको मन कसरी जित्न सकिन्छ भन्ने उद्देश्यमा केन्द्रित भएको पाइएको छ । सामान्य कार्यक्रमको उद्घाटन, सभासमारोह तथा रिबन काट्नेजस्ता कार्यक्रममा नजाने घोषणा गरेका प्रधानमन्त्री प्रचण्ड पछिल्लो पटक अत्यन्तै सामान्य कार्यक्रममा समेत सहभागी हुन थालेका छन् । प्रधानमन्त्री प्रचण्ड शुक्रबार मात्रै रोल्पा महोत्सवको उद्घाटन गर्न लिवाङ र देवचुली फेस्टिबल उद्घाटन गर्न प्रगतिनगर नवलपरासी पुगेका थिए । प्रमुख प्रतिपक्षी दल एमालेको बिहीबार सम्पन्न पोलिटब्युरो बैठकमा संविधान कार्यान्वयन, निर्वाचन मिति घोषणाको माग गरे पनि मुख्य रूपमा आगामी निर्वाचनमा पार्टीको पोजिसन कस्तो रहला भन्ने विषयले प्राथमिकता पाएको छ ।
बैठकमा निर्वाचन मिति र संविधान संशोधनलाई भन्दा बढी प्राथमिकता आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने विषयमा केन्द्रित बनेको थियो भने मधेसमा पार्टीको सम्बन्ध नबिग्रिएको निष्कर्षसमेत निकालेर भोट तान्ने दाउपेचलाई महत्व दिएको छ । पछिल्लो पटक तराईमधेसमा फैलाइएको पार्टी र संविधानविरोधी भ्रम चिर्ने मिसनमा लागेको एमालेले भोट तान्नकै लागि आगामी २१ फागुनदेखि तराईका सबै जिल्लालाई समेटेर मेचीमहाकाली राष्ट्रिय अभियान अघि बढाउने घोषणा गरिसकेको छ । अभियानमा अध्यक्ष केपी शर्मा ओलीसहित सबै शीर्ष नेता सहभागी हुने र १५ दिनसम्म तराई मधेसका जनताकै घरमा बास बस्ने गरी कार्यक्रम तय भइसकेको एमाले सचिव योगेश भट्टराईले जनाएका छन् ।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू पछिल्ला दिनमा सहमति जुटाउन राजधानीमै रहेर पहल लिनुपर्नेमा मोफसलका सामान्य कार्यक्रममा केन्द्रित बनेको समेत देखिएको छ । संविधान कार्यान्वयनका लागि ७ माघ ०७४ भित्र तिनै तहको निर्वाचन गरिसक्नुपर्नेमा कसरी गर्ने, स्थानीय निर्वाचन कहिले गर्ने, कुन निर्वाचन गर्ने, निर्वाचन कानुनहरू कहिले पारित गर्ने, व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई कसरी अन्तिम निष्कर्षमा पु¥याउने भन्नेमा खासै चासो देखाएको पाइँदैन । तर, आगामी निर्वाचनमा भोट तान्ने गतिविधि तथा कार्यक्रमलाई भने बढी महŒव दिने गरेका छन् । भोट तान्ने दाउअन्तर्गत आगामी निर्वाचनमा मतदातालाई प्रभावित हुने गरी जुनसुकै निर्णय गर्दा पनि दलहरूले जोडघटाउ गर्ने गरेका छन् ।
स्थानीय चुनावको विषयमा नेकपा एमाले र माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन घोषणा गर्न जोड दिएका छन् । तर, नेपाली कांग्रेस र मधेसवादी दलले भने स्थानीय निकायको निर्वाचन हुनुपर्ने अडान राख्दै आएका छन् । नयाँ संरचनामा जाँदा असर पर्ने देखेरै कांग्रेस र मोर्चा निकायको निर्वाचन पक्षमा उभिन पुगेका हुन् । ‘नयाँ संरचनामा चुनाव गराउँदा नभ्याइएला कि भन्ने पनि हो, अर्को कुरा नयाँ संरचनामा जाँदा कतै नतिजामा पार्टीलाई असर पर्ला कि भन्ने मनोविज्ञानले पनि स्थानीय निकायको निर्वाचनमा जोड दिएको हुनसक्छ,’ कांग्रेसकै एक नेता भन्छन् । राष्ट्रियताको मुद्दा र ओली सरकारले अघि बढाएको विकासको योजनाका कारण आफ्नो लोकप्रियता बढेको निष्कर्ष निकाल्दै एमालेले उसले तत्काल निर्वाचन घोषणा गर्न सरकारलाई निरन्तर दबाब दिँदै आएको छ । तर, मोर्चा र अन्य दलको जनतासँगको सम्बन्ध केही बिग्रिएकाले उनीहरू भने दाउपेच हेरेर निर्वाचनमा जाने तयारीमा देखिन्छन् ।
उनीहरू तत्काल कुनै पनि हालतमा निर्वाचनमा नजाने मनस्थितिमा रहेका छन् । जनताले मत नदिने निष्कर्षका साथ मधेसी दलहरू चुनावबाट भागिरहेको मधेसकै विश्लेकषको दाबी छ ।
संविधानप्रति असन्तुष्टि जनाउँदै आएकाले मधेसी मोर्चाले आगामी निर्वाचनमा असन्तुष्टि बोकेरै भाग लिने रणनीति बनाए पनि हार्ने त्रासकै कारण निर्णय लिन सकेको छैन । तत्काल सहमति गरेर जाँदा एजेन्डाविहीन हुने भएकाले विरोध गरेरै चुनावसम्म जाने र मधेसलाई अधिकार नदिएको र मधेसीलाई हेपिएको सन्देश बोकेर भोट तान्ने दाउमा मोर्चा लागेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले राष्ट्रियता र विकासको मुद्दालाई नै निर्वाचनमा भोट तान्ने अस्त्र बनाएर जानेमा देखिएको छ । उसले हरेक भाषण, गतिविधि तथा क्रियाकलापमा राष्ट्रियता र विकासको नारा पहिलो बनाउने गरेको छ ।
राप्रपाले हिन्दू धर्म र राजतन्त्रमा सहानुभूति राख्नेहरूको मत तान्ने रणनीति अवलम्बन गर्ने देखिएको छ । यस्तै, नयाँ शक्ति नेपालले आर्थिक समृद्धि र कार्यकारी व्यवस्थालाई मुद्दा बनाएर भोट तान्ने रणनीति अघि सारिसकेको छ । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका कानुनमन्त्री अजय शंकर नायक भने अहिले आफूहरूले राष्ट्रिय समस्या समाधान गर्नलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् । कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले दलहरूका आ–आफ्ना दलगत स्वार्थ र दाउपेचका कारण राष्ट्रिय मुद्दामा सहमति जुट्न नसकेको बताउँछन् । ‘दलहरू आ–आफ्ना दाउपेचमा छन्, कुनै न कुनै बिन्दुमा सहमति नगरी हुन्न,’ उनले राजधानीसँग भने ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले निर्वाचनमा भोटको विषयमा राजनीतिक दलहरूले चासो राख्नु सामान्य रहे पनि सबै दल अहिले राष्ट्रिय समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताउँछिन् । ‘राष्ट्रिय मुद्दा नै टुंग्याउन सकिएन भने भोटको चिन्ता गरेर केही हुन्न,’ उनले भनिन् ‘अहिले सबैको ध्यान उपलब्धिको रक्षा र निर्वाचनको वातावरण बनाउन लाग्नुपर्छ, त्यसपछि देश नै निर्वाचनमय बन्छ ।’
कानुनमन्त्री नायक अहिले दुई किसिमको अतिवाद देखिएको बताउँछन् । ‘एउटा अतिवाद मधेसी मोर्चामा देखिएको छ, अर्को प्रतिपक्षीमा छ,’ उनले भने, ‘दुवै अलिकति जिम्मेवार र लचक हुने हो भने तत्काल नै सहमति जुट्छ र देश निर्वाचनमा धकेलिन्छ ।’ यता एमालेले भने सरकार अनेक बहाना बनाएर चुनावमा नजाने खेलमा रहेको दाबी गर्दै आएको छ । पछिल्लो पटक एमालेले चुनाव नगर्ने हो भने सत्ता छाड्न प्रधानमन्त्रीलाई सुझाव दिँदै आएको छ । ‘चुनाव गर्न नसक्ने हो भने प्रधानमन्त्रीले पद त्याग्नु पर्छ, अब कि चुनाव गराउनु पर्छ, कि सरकार छाड्नुपर्छ, सत्तामा पनि बस्ने, चुनाव पनि नगराउने हुन सक्दैन,’ एमाले सचिव योगेश भट्टराई भन्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: