Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

आधुनिक प्रवृधिद्वारा च्याउ उत्पादन गर्दै विद्यार्थी

महोत्तरी, ७ फागुन । महोत्तरी लक्ष्मिनियाँ–७ स्थित राष्ट्रिय उच्च मावि कान्तिबजारको कक्षा ९ मा अध्ययनरत प्राविधिकतर्फका विद्यार्थीले आधुनिक प्रविधिद्वारा च्याउखेती उत्पादन गर्दै आएका छन् । सो विद्यालयमा कृषि विज्ञानतर्फ अध्ययनरत् ४८ जना विद्यार्थीले स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोगले विद्यालयको एउटा अँध्यारो कोठामा परीक्षणका क्रममा सामूहिक रुपमा च्याउ उत्पादन गर्दै आएका हुन् । च्याउ उत्पादनका लागि उनीहरुले गाउँघरमै पाइने धानको भुस, पोलिथिनको ब्याग एवम् च्याउको बीउको प्रयोग गर्ने गर्छ । धानको भुसलाई पानीमा उमालेर पोलिथिनको भाँडामा राखिन्छ, त्यसपछि त्यसमा च्याउको बीउ हालेर आधुनिक प्रविधिले च्याउ खेती गर्दै आएकोे कक्षा ९ मा अध्ययनरत छात्रा निलु मोक्तानले बताइन् । च्याउ उत्पादनका लागि जिल्ला कृषि विकास कार्यालयले बीउ उपलब्ध गराएको छात्र शिवकिरण महतोले बताए । त्यस्तै छात्रा संरचना कुमारी साहले ३० दिनमा पूर्णरुपमा तयार हुने सो च्याउ उत्पादनको लागि तीन हप्तासम्म अँध्यारो कोठामा राख्नुपर्ने बताए । कक्षा ९ मा अध्ययनरत ती विद्यार्थीलाई छ समूहमा विभाजन गरेर प्रयोगात्मक विधिद्वारा शिक्षण गराउँदै आएको शिक्षक देवनारायण सिंहले बताउनुभयो । यस विद्यालयका आफ्नै जग्गामा विद्यार्थीले काउली, आलु, गहुँलगायतका बाली परीक्षणका रुपमा उत्पादनसमेत गर्दै आएका छन् । कक्षा १२ सम्म अध्यापन हुने सो विद्यालयमा यसै वर्षदेखि प्राविधिकतर्फका कृषि विज्ञान विषयका तीन वर्षे कक्षा सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक राजकिशोर सिंहले जानकारी दिए । यसै वर्षदेखि सुरु भएको सो विषय अध्ययनका लागि जिल्लाका विभिन्न स्थानका साथै धनुषा र सर्लाहीका विद्यार्थी यहाँ आउने गरेको सो विद्यालयले जनाएको छ । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending