Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

सर्वदलीय बैठकमा कसले के भने ?

\"\"काठमाडौं, ११ फागुन । बैठक प्रारम्भ गर्दै प्रधानमन्त्रीले स्थानीय तह निर्वाचनको मिति घोषणाका विषयमा जानकारी गराएका थिए । सरकारले घोषणा गरेको चुनावको मिति, संसद्मा रहेको संविधान संशोधन विधेयक र स्थानीय तहको संख्याका विषयमा छलफल गरी निष्कर्षमा पुग्न सर्वदलीय बैठक आह्वान गरेको उनले बताए । अाजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्री प्रचण्डपछि कांग्रेस नेता रामचन्द्र पौडेलले आफ्नो धारणा राखे । उनले संविधान संशोधनलाई प्रक्रियागत रूपमा टुंग्याउन सबैले सहयोग गर्नुपर्ने बताए । ‘अब हामीले संविधान संशोधन प्रस्ताव प्रक्रियामा लगेरै टुंगो लगाउनुपर्छ, यसलाई अड्काइरहनुहुँदैन,’ पौडेलको भनाई थियो । एमाले अध्यक्ष ओली बैठकमा पुगिनसकेकाले त्यसपछि एमाले उपाध्यक्ष भीम रावलले धारणा राखे । उनले आफ्नो पार्टी संविधान संशोधनको पक्षमा नरहेको पुरानै अडान दोहोर्‍याए । राप्रपाका अध्यक्ष कमल थापाले संविधान संशोधनबारे आफ्नो पार्टीको आफ्नै बटमलाइनमा रहेको भन्दैै परिमार्जन गरेर अगाडि बढ्नुपर्ने बताए । मोर्चालाई सहमतिमै लिएर निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो । थापापछि क्रमशः विजय गच्छदार, सिपी मैनाली, प्रेम सुवाललगायतका नेताहरूले पालैपालो बोलेका थिए । केही ढिला पुगेका एमाले अध्यक्ष ओलीले बोल्न थालेपछि मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बीच–बीचमा धारणा राखेका थिए । ओलीले संशोधन प्रस्ताव आफ्नो पार्टीले कुनै हालतमा अगाडि बढाउन नदिने धारणा राखेपछि देउवा झर्किएका थिए । ओलीतिर फर्किंदै देउवाले प्रश्न गरे, ‘त्यसरी कहाँ हुन्छ ? लोकतान्त्रिक प्रक्रिया मानेर अगाडि बढिसकेपछि कुनै विषयलाई प्रक्रियामै जान दिन्नौँ भन्ने पनि हुन्छ र ? यो त तानाशाह भएन र ?’ ओलीले राष्ट्रहितविपरीत संशोधन प्रस्ताव रहेको धारणा राखेपछि देउवा झन झोक्किए । ‘फतुर आरोप मात्र लगाएर हुँदैन, राष्ट्रहितविपरीत भएको भए देखाउन सक्नुपर्छ,’ उनले भने, ‘आरोपका लागि आरोप मात्र लगाएर राजनीतिक ट्रयाकलाई बन्धक बनाउनु हुन्न ।’ नेतहरूले एकसरो आ–आफ्नो धारणा राखेपछि प्रधानमन्त्रीले बैठक समापन गरेका थिए । ‘सबैका विचारको सम्मान गर्दै हामी अगाडि जानुपर्छ । सम्भवतः अब भोलिको बैठकबाट सहमतिमै संविधान संशोधन प्रक्रिया संसद्मा लैजानुपर्छ, सबैले सहमतिमा आउन सहयोग गरी निर्वाचनको वातावरण बनाउनुपर्छ, त्यसमा पक्ष प्रतिपक्ष नभई अब सबैको सहमति हुने विश्वासमा सरकार छ’, प्रधानमन्त्रीको भनाई थियो । गच्छदारको छुट्टै प्रस्ताव सर्वदलीय बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दलहरूबीच असाध्यै विवादित बनेको पाँच जिल्ला टुक्र्याउन प्रस्ताव गरेका छन् । उनले झापा, मोरङ सुनसरी, कैलाली र कञ्चनपुर जिल्लालाई टुक्र्याउन सर्वदलीय बैठकमा प्रस्ताव गरेका हुन् । ‘मैले ती जिल्ला टुक्र्याएर दलहरूबीच सहमतिको प्रयास गरौँ भनेर त्यस्तो प्रस्ताव राखेको हुँ,’ बैठकपछि गच्छदारले भने । उनले मोर्चालाई सहमतिमा ल्याउन संविधान संशोधन प्रस्ताव पारित गराउनैपर्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy