काठमाडौं। उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु रहेको बताएको छन् ।
बिहीबार दिगो पूर्वाधारका लागि जियोटेक्निक्स कार्यक्रमको समुद्घाटन गर्दै उनले नेपालमा जलवायु परिवर्तन, भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले धेरै प्रभाव पारेको चर्चा गर्दै नेपालमा जियोटेक्निक्स प्रयोगमा चुनौती देखिएको बताएको हो । काठमाडौंमा आजबाट सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारसम्म चल्नेछ ।
‘‘नेपालमा भूकम्प, बाढीपहिरोले कति धेरै असर पारेको छ यसको साथै जलवायु परिवर्तन र ग्लोबल वार्मिङले पनि पछिल्लो समय देशमा धेरै परिवर्तन गरेको छ,’’ उपप्रधानमन्त्री सिंहले भने, ‘‘नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु छन् । सम्मेलनको उद्देश्य भनेको दिगो पूर्वाधारका लागि जियोटेक्निक्सको प्रयोग भन्ने रहेको छ र यो नेपालको सन्दर्भमा अत्यन्तै सान्दर्भिक छ ।’’
विकासोन्मुख राष्ट्रको रूपमा नेपाल प्राकृतिक घटनाहरू मात्र नभई पछिल्लो समय अव्यवस्थित सहरीकरण, नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि पीडित हुनुपरेको बताए।
उनले भने, ‘‘मलाई आशा छ कि यो अन्तर्राष्ट्रिय सम्मेलनले हाम्रा युवा र अभ्यास गर्ने भू–प्राविधिक इन्जिनियरहरू र भू–वैज्ञानिकहरूलाई विश्व प्रविधिहरू, दिगो विकासबारे जान्नको लागि उपयुक्त मञ्च प्रदान गर्नेछ ।’’
यस सम्मेलनमा २५ भन्दा बढी देशका एक सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिहरू र तीन सयभन्दा बढी सहभागी छन् भने सम्मेलनमा १५ जना प्रमुख वक्ता, १६ विशिष्ट वक्ता, ९० भन्दा बढी प्राविधिक पत्रहरू प्रस्तुत हुने आयोजक संस्था नेपाल जियोटेक्निलकल सोसाइटीका अध्यक्ष मन्दिप सुवेदीले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...
पौष ६ गते, २०८२ - १५:०१
पश्चिम नवलपरासी। ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन आयोजनाहरूको स्थलगत अवलोकन गरेको छन...
पौष ६ गते, २०८२ - १४:५२
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गरेको छन्। सिंहदरबारस्थित सभामुखको का...
पौष ६ गते, २०८२ - १४:३५
काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै समूहका संयोज...
पौष ६ गते, २०८२ - १३:५१
इस्लामाबाद। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछ...
पौष ६ गते, २०८२ - १३:३७
काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास...
पौष ६ गते, २०८२ - १३:२२
काठमाडौं । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकमा उनले राजीनामापत्र बुझा...




प्रतिकृया लेख्नुहोस्: