Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

मैले पुस्तक दिएँ, राजा वीरेन्द्रले अटोग्राफ दिनुभो

\"\"भारतीय जनता पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य, उत्तराखण्डका सांसद तरुण विजयको नेपाल साइनो भावनात्मक र सानिध्यपूर्ण छ । भाजपाको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघको केन्द्रीय कार्यसमितिमा समेत रहेका उनी भारतबाट नेपालले होइन कि नेपालबाट भारतले धर्म, संस्कृति, इतिहास र वीरता सिक्नुपर्ने धारणा राख्छन् । सन् १९९०को दशकयता नेपाल र नेपाली राजनीतिक नेताहरूसँग निकट सम्पर्कमा रहेका तरुणले त्यो वेला नेपालका शीर्ष नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई मात्र होइन, राजा वीरेन्द्रसँग पनि कुराकानी गरेका थिए । उनले ‘पाञ्चजन्य’ पत्रिकामा तत्कालीन केही शीर्ष नेताको अन्तर्वार्ता छापेको थिए । पूर्वपत्रकार र वर्तमान राजनीतिज्ञ उनले नयाँ पत्रिकासँग नेपालसँग जोडिएको सन् १९९०को सम्झनाको नालीबेली लगाए : नेपालमा २०४६ सालको जनआन्दोलन हुनुभन्दा अघि म भारतको ‘पाञ्चजन्य’ पत्रिकाको सम्पादक थिएँ । त्यसवेला मैले गणेशमान सिंहको अन्तर्वार्ता लिएँ, अरू धेरै नेताहरूसँग पनि कुराकानी गरेँ । तत्कालीन नेताहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दसँग पनि मैले भेटेर अन्तर्वार्ता गरेँ । मैले भेटेका कतिपय नेता अहिले यो धर्तीमा हुनुहुन्न । गणेशमानजीको घर चाक्सीबारीमा बेग्लै माहोल थियो । आन्दोलनको माहोल थियो । चाक्सीबारीमा जाँदा कांग्रेसका नेता किसुनजीको बारेमा चर्चा चल्यो । त्यहीँबाट मैले किसुनजीसँग सम्पर्क गरेँ, भेट पनि भयो । आन्दोलनको माहोल भए पनि त्यतिवेला हिन्दू संवैधानिक राजतन्त्रको चर्चा थियो । ००० त्यसवेला मैले श्री ५ महाराजाधिराज वीरेन्द्रलाई नारायणहिटी राजदरबारमा गएर भेटेँ । राजालाई मैले ‘कैलाश मानसरोवर’ किताब उपहार दिएँ । त्यसवेला राजाले सितिमिति हस्ताक्षर गर्दैनथे, शाही निशाना छाप लगाउँथे, जसलाई लालमोहर भनिन्थ्यो । तर, मलाई किताबमा उहाँले हस्ताक्षर (अटोग्राफ) नै दिनुभयो । म उहाँप्रति कृतज्ञ भएँ । सरल, विनम्र स्वभावका राजालाई म अहिले पनि सम्झिरहन्छु । ००० आन्दोलन हुँदा म हरेक दुई महिनामा नेपाल जान्थेँ । म आफू हिन्दू भएको र नेपाल हिन्दू राष्ट्र भएको नाताले म नेपालमा प्रजातन्त्रको सुन्दर भविष्य देख्थेँ । हिन्दू भएको ठाउँमा मात्रै प्रजातन्त्र सुदृढ रहन्छ, कामयावी रहन्छ भन्नेमा म अहिले पनि विश्वास राख्छु । यही सन्दर्भमा मैले प्रजातान्त्रिक आन्दोलनताका नेपालका दिग्गज नेताहरूसँग अन्तर्वार्ता लिएँ, अनौपचारिक कुराकानी गरेँ । ००० त्यहीवेला मैले किसुनजीलाई भेटेँ । उहाँसँगको भेटको सम्झना मेरो दिमागमा अझै ताजा छ । मलाई घर बोलाउनुभो । सुरुमै मसँग उहाँले दिल्ली, कोलकत्ता घुमेको गज्जबको कहानी सुनाउनुभयो । उहाँ पान खान सौखिन हुनुहुन्थ्यो । म पनि त्यो वेला पान खान्थेँ, अहिले छाडेँ । पहिलो भेटबाटै म उहाँसँग प्रभावित भएँ । नयाँ दिल्लीको कन्नाट प्यालेस ९सिपी०मा पाण्डे पान भण्डार छ । त्यो निकै चल्तीको पसल थियो । मलाई किसुनजीले पानपसलको चर्चा गर्नुभयो र भन्नुभयो, ‘पाण्डे पान भण्डारको जर्दा पान मैले धेरैपटक खाएको छु, तरुण बाबु ।’ वास्तवमा म पनि त्यही पान पसलको नियमित ग्राहक थिएँ । मैले भनेँ, ‘किसुनजी, म पनि त्यहीँको पान त खान्छु नि १’ हाम्रो हाँसो चल्यो । ००० हमेसा धोती लगाउने, बडो सरल र मिजासिलो हुनुहुन्थ्यो किसुनजी । एउटा प्रसंग म सम्झिन्छु– म अन्तर्वार्ता लिन उहाँको निवास गएको थिएँ । उहाँले सुरुमै भन्नुभयो, ‘क्या पुछना हे तरुणजी, पुछो । मै तयार हुँ ।’ मैले दुई घण्टा अन्तर्वार्ता लिएँ । त्यो कुराकानीको टेप देहरादुनमा सुरक्षित छ । त्यो क्यासेट नष्ट भएको छैन । किसुनजीले अन्तर्वार्तामा भनेको मैले सम्झिरहेको छु । उहाँको भनाइ थियो, ‘नेपालमा प्रजातन्त्रको आन्दोलन सफल हुनुपर्छ । विदेशी शक्तिको प्रभाव कम हुनुपर्छ । नेपालमा बढेको एनजिओ संस्कृतिले यहाँको सामाजिक संरचनामा ठूलो चोट पु¥याउँछ । म यसमा चिन्तित छु ।’ उहाँको यतिसम्म भनाइ थियो, ‘तरुणजी, नेपालमा धर्मान्तरण बढिरहेको छ । यो नेपालको हिन्दू संस्कृतिका लागि ठूलो खतरा हो । महाराजधिराज पृथ्वीनारायण शाहका पालामा मानवबध र गौहत्या उस्तै अपराध थियो । नेपाललाई विश्वले हेर्ने भनेको हिन्दूको चस्माबाट हो । नेपाल हिन्दू संस्कृतिको संरक्षक हो ।’ वास्तवमा यी विषय बडो गम्भीर थिए र छन् । ००० मैले भनेको थिएँ, ‘नेपालीको भाषा, संस्कृति, धर्मको प्रेम छ । कसैले पनि कहिल्यै गुुलाम बनाउन नसकेका नेपालीहरूको बडो गर्वको इतिहास छ र यसमा हामी भारतीयहरू पनि गर्व गर्छौं । नेपालीहरूको संघर्ष र वीरताको इतिहास एउटा भाइको नाताले भारतीयहरूले पनि प्रेरणाको रूपमा लिनुपर्छ ।’ यो आजको यथार्थ पनि हो । मैले यो पनि भनेको थिएँ,, ‘किसुनजी १ भारतले नेपालबाट धेरै कुरा मार्गदर्शन लिनुपर्छ । नेपालले भाषा बचायो, संस्कृति बचायो, सभ्यता बचायो । यो सानो कुरा होइन । भारतमा भाषा खत्तम भयो । हिन्दी भाषा खत्तम भयो, अंग्रेजी घुस्यो । नेपालमा गाडीको नम्बरप्लेट नेपाली भाषामा छ । तपार्ईं प्रहरी भन्नुहुन्छ, हामी पुलिस भन्छौँ । ‘जननि जन्मभूूमिश्च स्वर्गादपि गरिएसी’ भन्ने मूल मन्त्र छ नेपालीहरूको । यस्तो भारतीयहरूको छैन । म अहिले पनि यो धारणामा छु । मैले यसो भन्दा किसुनजी गम्भीर हुनुहुन्थ्यो । मैले भनेको थिएँ, ‘नेपालले आफ्नोपन बचाइरहेको छ, भारतले सकेको छैन । हामी गुमाइरहेका छौँ ।’ हामी भारतमा आफ्नो अस्तित्वरक्षाका लागि संघर्षरत छौँ । यो आजको यथार्थ हो । ००० किसुनजीले त्योवेला भन्नुभएको अहिले सम्झिन्छु, ‘तरुणजी, ये ज्यादा दिन रहनेवाला नही है ।’ किसुनजी भन्नुहुन्थ्यो कि, धर्मान्तरण भइरहेको अवस्थामा नेपालमा युरोप र पश्चिमको संस्कृति आउनेछ । त्यो अवस्थामा नेपाल बच्नेवाला छैन । नेपालको अस्मिता खतरामा हुन्छ । योे मेरो भनाइ होइन, किसुनजीको हो । ‘विदेशी तागतले यहाँको हिन्दू संस्कृति खत्तम गर्ने र एनजिओ कल्चर थोपर्ने कोसिस गरिरहेको छ,’ त्यतिवेलै किसुनजी भन्नुहुन्थ्यो, ‘अहिले पनि त्यही अवस्था छ । गरिबी, अशिक्षा रहेको नेपालका जनता विश्वासी छन् । छिटै विश्वास गर्छन् । विदेशीले प्रलोभनमा पारेर विश्वास खत्तम गरिरहेका छन् ।’ ००० भारतलाई एक राख्नेवाला अर्थतन्त्र थिएन र होइन । यो केवल धर्मसंस्कृति हो । नेपालको पनि यही हो । धर्म संस्कृतिले नेपालको अस्तित्व राखेको छ । राजकीय नीतिले देशलाई एक राखेको होइन । दक्षिणबाट आदि शंकर आएर पशुपतिनाथमा पूजा गरे । संग्रेरी मठका पूजारी पनि थिए । म भन्छु, धर्मले मात्रै दक्षिण एसियामा एकता मजबुत हुन्छ । आजको यथार्थ पनि यही हो कि, हिन्दू एकता मजबुत भएको अवस्थामा मात्रै भारत र नेपालको सम्बन्ध राम्रो हुन्छ । धर्मको धागोले नेपालको आन्तरिक एकता बलियो हुन्छ, भारत र नेपाल सम्बन्ध पनि मजबुत हुन्छ । नेपालमा धर्म गयो भने भारतले पनि सबै चिज गुमाउनेछ । यो कुरा नयाँ पुस्तालाई भन्नुपर्नेछ । ००० नेपालका पुराना पुस्ताका नेताहरू सबै छिमेकीसँग सम्बन्ध राम्रो चाहनुहुन्थ्यो । भारतसँगको सम्बन्धलाई अझ उच्च महŒव दिनुहुन्थ्यो । हाम्रो बीचमा रक्त, धर्म र संस्कृतिको सम्बन्ध छ । नेपाल र भारतका स्तम्भ हुन्, शान्ति र संस्कृति । यति मात्र होइन, दक्षिण एसियामा भारत र नेपाल सशक्त लोकतान्त्रिक प्रहरी हुन् । नेपालले भारतको धर्म, स्वतन्त्रता, सम्मान, सद्भावलाई मलजल दिइरहेको छ । भारतले नेपालबाट प्रेरणा लिइरहेको छ । यो कुरा मेरो किसुनजी र तत्कालीन शीर्ष नेतासँग मेरो निकैपटक कुराकानी भएको थियो । अहिले पनि म यही कुरा भनिरहेको छु । ००० मैले भनेको थिएँ र अहिले पनि भनिरहेको छु कि भारत नेपाल दुई देश मात्र होइनन्, दुई भाइ हुन् । दुनियाँमा नेपालजति आत्मीय सम्बन्ध भएको भारतको छिमेकी वा मित्र अर्को छैन । यति विश्वासको अद्वितीय सम्बन्ध अन्त कहाँ छ र रु नेपालको वीरता, संस्कृति, हिन्दू धर्मप्रतिको निष्ठाप्रति भारतीय जनता पनि प्रभावित छन् । हामी यस्तो अटुट बन्धनमा छौँ कि जो राजनीतिक, आर्थिक, कूटनीतिक सम्बन्धभन्दा धेरै माथि छ । छिमेकमा नेपाल भारतका लागि सबैभन्दा माथि छ । भावनात्मक रूपमा र यथार्थमा पनि । नेपाल हाम्रो मानसमा छ, हृदयमा छ । नेपालका सबै जनतालाई हामी सधैँ सद्भाव र स्नेहको सन्देश दिन्छौँ । नेपालसँग हाम्रो कूटनीति होइन, हृदयनीति छ । ००० नेपाली राष्ट्रवादले नेपाली नयाँ पुस्तालाई संरक्षण गर्नेछ । राष्टियताको आधार हिन्दू धर्म हो । यदि हिन्दू धर्मको जरा बलियो बनाइयो भने नयाँ पुस्ता बलियो हुन्छ । विदेशीले नेपालबाट हिन्दू धर्मको गौरवलाई निर्मूल पार्न युवालाई प्रोत्साहित गरिरहेका छन् । यसबाट मुक्त भएर जानुपर्छ । अनि मात्र नेपाल बच्नेछ । किसुनजी भन्नुहुन्थ्यो, धर्म संस्कृति बचाउन भारत र नेपालका युवालाई प्रोत्साहित गर्नुपर्छ । यसले मात्रै दुवै देशलाई बलियो बनाउनेछ ।’ ००० समकालीन राजनीतिका शीर्ष नेतासँगको एउटा प्रसंग पनि म राख्न चाहन्छु । गत वर्ष उत्तराखण्डको टिहरी बाँधमा तत्कालीन प्रधानमन्त्री केपी ओलीजीलाई स्वागत गर्न म पनि पुगेको थिएँ । तत्कालीन प्रधानमन्त्री ओलीजी, उपप्रधानमन्त्री कमल थापाजी, अर्थमन्त्री विष्णु पौडेलजी र गृहमन्त्री शक्ति बस्नेतजीलाई हामीले स्वागत ग¥यौँ । हाम्रा मन्त्री पियुष गोयलजी पनि साथमा हुनुहुन्थ्यो । ओलीजीसँग हाम्रो बडो हार्दिकतापूर्वक कुरा भयो । म उहाँको व्यक्तित्वबाट प्रभावित भएँ । त्यसवेला बाँध हेरेपछि ओलीजीले भन्नुभयो, ‘आइ एम डिप्ली इम्प्रेस्ड ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy