फाल्गुन १२ गते, २०७३ बिहिवार 23rd February, 2017 Thu०६:१३:५३ मा प्रकाशित
काठमाडौं, १२ फागुन ।विपक्षी नौ दल संविधान संशोधन प्रस्ताव संसदीय प्रक्रियामार्फत टुंगो लगाउन लचक देखिएका छन् । संशोधन विधेयक फेल हुने स्थिति देखिएको विश्लेषण गर्दै एमालेसहित नौ विपक्षी दल मतदान प्रक्रियामा लैजान लचक देखिएका हुन् ।
आजको नयाँ पत्रिकामा खबर छ– तर, सरकार र मधेसी मोर्चा मतदानबाट टुंगो लगाउने लोकतान्त्रिक प्रक्रियामार्फत आउने जुनसुकै परिणाम स्विकार्ने–नस्विकार्ने अझै अस्पष्ट रहेको भन्दै उनीहरूसँग छलफलपछि मात्रै टुंगोमा पुग्ने विपक्षीको निर्णय छ । बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा एमाले अध्यक्ष केपी ओली, नेकपा मालेका महासचिव सिपी मैनाली, राजमोका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका नेता प्रेम सुवाल, परिवार दलका अध्यक्ष एकनाथ ढकाल तथा बहुजन शक्ति पार्टी, नेपाः पार्टी, मधेस समता पार्टी, दलित जनजाति पार्टीका नेताहरू सहभागी थिए ।
सरकार र मोर्चासँग दुई विषयको उत्तर माग१. सीमांकनबारे सरकारको धारणा माग
विपक्षी नौ दलले संविधानको धारा २ सय ७४ को व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाविपरीत सीमांकन संसद्ले टुंगो लगाउने गरी प्रस्ताव ल्याएको भन्दै यसबारे प्रधानमन्त्री र सत्तारुढ दलसँग धारणा माग्ने निर्णय गरेका छन् । ‘मोर्चाका नेताहरूको जस्तो भनाइ आइरहेको छ, त्यसमा प्रधानमन्त्री र सरकारको धारणा स्पष्ट रूपमा आएको छैन । त्यसैले ती प्रश्नबारे छलफल गर्नुपर्ने आवश्यकता ठान्यौँ,’ बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भने, ‘प्रदेशको सीमांकन हेरफेर प्रदेशको अधिकारसम्बन्धी संवैधानिक व्यवस्थाबारे छलफल आवश्यक ठानिएकाले तत्काल प्रस्ताव अघि नबढाउन आग्रह गरेका छौँ।’
२. सरकार र मोर्चासँग परिणामको उत्तर माग
संशोधन प्रस्ताव अघि बढाइए पनि फेल हुने विश्लेषणसहित विपक्षी गठबन्धनले परिणाम स्विकार्ने–नस्विकार्ने विषयमा सरकार–मधेसी मोर्चासँग जवाफ मागेको छ । जस्तोसुकै परिणाम आए पनि स्वीकार गर्ने सरकार र सत्तापक्षीय मधेसी मोर्चाले जवाफ दिए संशोधन अघि बढाउन विपक्षी गठबन्धन लचक बनेका छन् ।
‘एकातिर प्रक्रियामा जाने कुरा गर्ने, अर्कोतिर संविधानको पालना पनि नगर्ने, अनि प्रक्रियामा गइसकेपछि परिणामबारे पनि स्पष्ट धारणा नल्याउने रु’ उपाध्यक्ष रावलले भने, ‘परिणामबारे सरकार, सत्तारुढ गठबन्धनमा रहेका मधेसकेन्द्रित दलले पहिले स्पष्ट पार्नुपर्छ, त्यसपछि के गर्ने भन्ने विपक्षीले सोच्ने कुरा हुन्छ ।’
विपक्षीले अघि सारे विकल्प परिणाम नस्विकारे प्रस्ताव स्थगन
सरकार र सत्तारुढ दलसँग संशोधन प्रस्तावमाथि छलफल गर्ने निर्णय गर्दै विपक्षी नौ दलले सार्वभौम संसद्ले गर्ने फैसलालाई पनि अस्वीकार गर्ने हो भने तत्काल प्रस्ताव स्थगन (जहीँको तहीँ राखेर) गरेर स्थानीय तहको निर्वाचनमा जानुपर्ने प्रस्ताव गरेका छन् । ‘असन्तुष्ट पक्ष (मधेसी मोर्चा)ले मतदानको परिणाम पास हुँदा स्विकार्ने, फेल हुँदा अस्वीकार गरेर संसद्बाटै राजीनामा दिएर आन्दोलनमा जाने कुरा गर्नु लोकतान्त्रिक अभ्यास हुन सक्दैन, तर उहाँहरूबाट त्यस्तै कुरा आएको छ,’ माले महासचिव सिपी मैनालीले भने, ‘यी कुनै पनि कुरा स्वीकार नगर्ने हो भने तत्काललाई प्रस्ताव स्थगन गरेर सबै दलले निर्वाचनमा भाग लिने उपयुक्त विकल्प हामी सम्बन्धित पक्षसँगको छलफलमा राख्छौँ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: