काठमाडौं। नेपाल सरकारका वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरी र दक्षिण कोरियाका राजदूत पार्क टेइयंगबिच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्तामा सन् १९७४ दक्षिण कोरिया र नेपालबिच सम्बन्ध कायम रहेको अझ दुई देशबिचको सम्बन्ध बलियो बनाउन नेपाल सरकार तयार रहेको मन्त्री शाहीले बताए। मन्त्री ठकुरीका अनुसार धेरै पटकको भेटघाटले कोरिया र नेपालको आपसी सम्बन्ध बलियो भएको छ ।
नेपाल हिमालय भएको देश र पर्वतीय मुलुक हो मन्त्री शाहीले भने, “आफ्नो एजेण्डा राखेर कोप –२९ सकेर भर्खर आयौं । जलवायु सम्मेलनमा हाम्रो प्रमुख एजेण्डा फाइनान्स रहेको छ ।”
नेपालले कार्वन व्यापारको विषयमा उठाएको मुद्दा सफल भएको मन्त्रीले बताए। दक्षिण कोरियाले नेपालका लागि विकास निर्माणमा धेरै सहयोग गरिरहेको र भावि दिनमा पनि कोरियाप्रति नेपालले अझ विकास निर्माणमा सहयोगको अपेक्षा गरेको मन्त्री शाहीले राजदुतसँग भने।
मन्त्री शाहीले भने, “कोरिया सरकारले नेपालका हजारौं युवाहरुलाई रोजगारी प्रदान गरिरहेको छ, नेपालले कोरियाप्रति गर्नुपर्ने काम पूर्णरुपमा सहयोग रहने उनको भनाइ छ ।”
अपर त्रिशूलीको बारेमा अड्किएको फाइल छिटो समस्या समाधानतर्फ वन मन्त्रालय लाग्ने मन्त्रीले भने । केही समयअघि वन ऐन संशोधन भएको छ, अझै आइपरेका कानुनी विषय सुधार गरी योजना निर्माण प्रक्रियामा बाधा अडचन फुकाएर विकास निर्माणलाई सरलीकरण गर्न मन्त्रालय तत्पर रहेको मन्त्री शहीको भनाइ छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...
चैत्र २ गते, २०८२ - १६:४३
ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...


प्रतिकृया लेख्नुहोस्: