Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

दलहरु जुटे निर्वाचनको तयारीमा

\"\"भक्तपुर, १६ फागुन । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै भक्तपुरमा दलहरु निर्वाचनको तयारीमा जुटेका छन् । आगामी वैशाख ३१ गतेका लागि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै यहाँका राजनीतिक दल निर्वाचनको तयारीमा जुटेका हुन् । नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले निर्वाचनको घोषणासँगै आफ्नो पार्टी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको बताए । उनले भने, “नेपाली काँग्रेस स्थानीय तहको निर्वाचनको तयारीमा जुटिसकेको छ, भक्तपुरका सबै निकाय काँग्रेसकै पक्षमा ल्याउन कार्यकर्ता परिचालन गरेर अगाडि बढेको छ ।” काँग्रेसले जिल्लाका ६ वटै नगरपालिकामा नगर समितिमार्फत कार्यकर्ता परिचालन, उम्मेदवारको छनोट लगायतका बारेमा छलफल अगाडि बढाएको छ । नेपाली काँग्रेसका नेता कृष्णलाल भँडेलले भक्तपुर क्षेत्र नं १ मा पर्ने स्थानीय निकायलाई काँग्रेसमय बनाउन पार्टी अगाडि बढेको बताए । १८ वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनले कार्यकर्तामा उत्साह जागेको बताए । यता नेकपा (एमाले)का जिल्ला उपाध्यक्ष बच्चन देउजाले भने, ‘‘जिल्लाका सबै स्थानीय निकायमा यसपटक एमालेको एकलौटी जित हासिल गर्ने योजनासहितको कार्यक्रम लिएर एमाले अगाडि बढिसक्यो, निर्वाचन सफल र शान्तिपूर्ण बनाउन एमाले कटिबद्ध छ ।” माओवादी केन्द्रका जिल्ला इन्चार्ज डिपी ढकालले पनि गाउँगाउँमा कार्यकर्ता परिचालन गरेर निर्वाचनको तयारीमा जुटेको बताए । “संविधान कार्यान्वयन र जनताको चाहना पूरा गर्ने बेला आएको छ”, उनले भने, “निर्वाचन सहज ढङ्गले सम्पन्न गर्न र आफ्नो पक्षमा जित सुनिश्चित गर्न माओवादीले ‘एक घर एक कार्यकर्ता अभियान’ सहित माओवादी केन्द्र निर्वाचनको तयारीमा होमिसकेको छ ।” नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठले भने, “नेमकिपाले वर्षौंदेखि उठाउँदै आएको स्थानीय निकाय निर्वाचनको माग पूरा हुने बेला आएको छ, हाम्रो पार्टीले निर्वाचनलाई सफल बनाउन लाग्नेछ, आगामी पाँच दिनभित्र पार्टीको बैठक बसेर निर्वाचनका लागि आवश्यक कार्यक्रम तय गर्दै अगाडि बढ्ने छ ।” यता राप्रपाका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले राप्रपा एक भएको वर्तमान समयमा घोषणा भएको निर्वाचनले राप्रपाको स्थान बढाउने बताउँदै पार्टी निर्वाचनको कार्यक्रमसहित गाउँ गाउँ पसेको बताए । यता नेकपा (माले)का अध्यक्ष अदीप खड्का, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष शिवहरि खनाललगायतले पनि निर्वाचनका लागि पार्टीले कार्यक्रम तय गर्न लागेको बताउँदै अब केही दिनमै निर्वाचनका कार्यक्रमसहित गाउँ गाउँमा जाने बताए । गाउँ गाउँमा कार्यकर्तामा उत्साह बढेको बताउँदै जिल्लास्थित नेताहरुले चुनावी माहोल बनेको बताएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy