Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

कैलाशकुटमा प्रचण्ड निकट क्रान्तिकारीको जित पक्का

\"\"काठमाडौं, १६ फागुन । आशन्न स्ववियु चुनावको वातावरण अधिकांश आंगिक क्याम्पसमा अन्योल बन्दै गए पनि काठमाडौं जयबागेश्वरी स्थित कैलाशकुट बहुमुखि क्याम्पसमा भने निर्वाचन तालिका अनुसार नै निर्वाचन प्रक्रिया अघि बढिरहेको छ । २८७ जम्मा मतदाता बिद्यार्थी रहेको उक्त क्याम्पसमा अखिल (क्रान्तिकारी) प्रचण्ड, नेविसंघ र अनेरास्ववियु तथा विप्लव क्रान्तिकारीको संयुक्त प्यानल गरि ४ विद्यार्थी संगठन चुनावी मैदानमा छन् । यस अघिको चुनावमा पनि बिजयी भएको प्रचण्ड निकट अखिल (क्रान्तिकारी) ले पदमबहादुर तामाङ को नेतृत्वमा चुनावी प्यानल घोषणा गरेको छ । प्यानलमा प्रत्यक्ष तर्फ सचिवमा मन कुमारी गुरुङ, कोषाध्यक्षमा मिलन भेटुवाल ‘निरुत्साहित’ तथा सदस्यहरूमा क्रमश पुष्पराज चौलागाँई, चमेली तामाङ र कबिता पनेरूको मनोनयन दर्ता गराएको छ । आम विद्यार्थीमाझ लोकप्रिय छवि भएका र सच्चा विद्यार्थी भएकाले आफ्नो जित पक्का भएको अध्यक्षका प्रत्यासि तामाङले बताए । अध्यक्ष का प्रत्याशी तामाङले भने, ‘नेविसंघको अराजकता र अनेरास्ववियुको खोक्रो राष्ट्रवादलाई आजका सजग बिद्यार्थीहरूले राम्रोसँग चिनेको र आम विद्यार्थीको हकहितमा समर्पित परिवर्तनको संवाहक अखिल (क्रान्तिकारी) प्रचण्डको ९९ प्रतिशत जित सुनिश्चित छ ।’ उनले भने, ‘देशैभरि आफ्नो संगठनको जित लहर चलिरहेको बेला पराजित मानसिकता बोकेका केही अराजक संगठनले चुनाव हुननदिने षड्यन्त्र गरेकोे र आफ्नो संगठन उक्त षड्यन्त्रको भण्डाफोर गरि विजयको झण्डा फराउन आतुर रहेका छौं ।’ ७० प्रतिशत महिला उम्मेदवार उठाएको अखिल (क्रान्तिकारी) प्रचण्डको प्रमुख प्रतिद्वन्द्वीको रूपमा काँग्रेस निकट नेविसंघ रहेको छ । नेविसंघका तर्फबाट अध्यक्षका प्रत्याशी सुर्य दाहाल ‘सुरज’ को अराजक गतिविधिका कारण चुनाब हुनेमा आशंका रहेको कुरा एक उम्मेदवारले बताए । सहमतिका लागि प्रशासन र जिम्मेवार विद्यार्थी संगठनबीच बसेको बैठकमा समेत अश्लील शब्द प्रयोग गर्ने स्वभावले चुनावी वातावरण धमिल्याउन खोजेको आरोप उनले लगाए । ‘आम बिद्यार्थी अखिल (क्रान्तिकारी) प्रचण्डको पक्षमा छन् अब यो चुनावमा हाम्रो बिजय कसैले रोकेर रोक्न सक्दैन,’ तामाङले भने, ‘उनले भने कैलाशकुटमा क्रान्तिकारीको जित पक्का छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy