Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

संशोधन पारित हुन दिइन्न : ओली

काठमाडौँ, १८ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा छलफल र मतदानमा ल्याउनसमेत उपयुक्त नभएकाले आफूहरुले पारित गर्न नदिने बताएका छन् । एमालेले यही फागुन २१ बाट सञ्चालन गर्ने मेची महाकाली राष्ट्रिय अभियानबारे आज विभिन्न सञ्चारमाध्यमका सम्पादक एवम् वरिष्ठ पत्रकारसँग पार्टीको केन्द्रीय प्रचार विभागले आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष ओलीले असन्तुष्ट मधेसी दललाई निर्वाचनमा ल्याउन सो प्रस्ताव टेबल गर्न मात्र दिन प्रधानमन्त्रीको आग्रहका आधारमा प्रस्तुत गर्ने दिन मौन विरोध गरिएको स्मरण गराए । उनले राष्ट्रिय एकताविरुद्धको कपटसँग संशोधन सम्बन्धित रहेको दाबी गर्दै प्रस्ताव पारित हुन नदिइने उल्लेख गर्दै भने, “तराई र पहाड पूर्णरुपमा अलग गर्ने उद्देश्य यसमा छ, यो बिल्कुल हुन दिइने छैन ।” पारित नहुँदा निर्वाचनमा नजाने वा पारित हुँदा पनि नमान्ने हो भने किन छलफलमा ल्याउनुप¥यो ?” एमाले मधेस विरोधी छ भनेर जनतामा भ्रम फैलाइएको गुनासो गर्दै उनले आफ्नो नेतृत्वको सरकारले सम्भवतः अहिलेसम्मकै बढी बजेट मधेसमा विनियोजन गरेको दाबी गर्नुथियो । उनले भने, “संविधान संशोधन नहुँदा जनता अधिकारविहीन हुन्छन् भनेर सिकाइएको छ तर जनताको अधिकारसँग यो संशोधनको कुनै सम्बन्ध छैन । उल्टै स्थानीय तहको अधिकार कटौतीका प्रस्ताव ल्याइएको छ ।” पृथ्वीनारायण शाहले गरेको राष्ट्रिय एकता अभियान जस्तै राष्ट्रिय जागरणका निम्ति अभियान सुरु गर्न लागिएकाले यसमा सबैको सहभागिताका लागि उनले आह्वान गरे । अध्यक्ष ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले अभियान बिथोल्ने प्रकारको अभिव्यक्ति दिएका सन्दर्भमा आपत्ति जनाउँदै सरकारको काम शान्ति सुरक्षा दिनु भएकाले त्यो भूमिका निर्वाह गर्न आग्रह गरे । सत्ता पक्षभित्रै कोही निर्वाचन चाहने र कोही हुन नदिने पक्ष रहेको उल्लेख गर्दै उनले तराई–मधेस केन्द्रित दलका ११ सांसद मात्र रहेको सन्दर्भमा उनीहरुले जे चाहे त्यो संशोधन हुन नसक्ने जिकिर गर्दै भने, “लोकतन्त्रमा संविधान विपरीतका संशोधन प्रस्ताव ल्याएर अराजकता ल्याउन खोजिएको छ, जुन राष्ट्रिय हित र स्वार्थ विपरीत छ । निर्वाचनमा जाऔँ । लोकतान्त्रिक अभ्यासबाट आउने परिणामलाई सबैले स्वीकार्नुपर्छ, अहिले हामी दन्तबझान गर्दैनौँ, निर्वाचनकै मैदानमा भेटौँला ।” महासचिव ईश्वर पोखरेलले संविधानको पक्षमा लाग्न किन जरुरी छ भनेर जनतालाई बताउन र राष्ट्रिय स्वाभिमानमा कतैबाट आँच आउन नदिन यो अभियान सञ्चालन गरिएको बताए । उनले अभियान समापनको बिन्दुमा पुग्दा राष्ट्रिय जागरण अभिवृद्धि हुने अपेक्षा व्यक्त गरे । एमालेका अध्यक्ष र केन्द्रीय नेतासहितको सहभागितामा फागुन २१ गते झापाको काँकडभित्ताबाट सुरु हुने सो अभियान कञ्चनपुर हुँदै आगामी चैत ५ गते सुर्खेत पुगेर समापन हुनेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: