Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सदरमुकामवासी नै दूषित पानी प्रयोग गर्न बाध्य

[caption id=\"attachment_120621\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] सोलुखुम्बु, २१ फागुन । सदरमुकाम सल्लेरीबासी दूषित पानी पिउन बाध्य छन् । यहाँ पानीको मुहानको सरसफाइ तथा खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन । सदरमुकामबासीले पटक पटक गुनासो पोख्दै आए तापनि सरोकार भएकाहरुले चासो नदिँदा तथा स्थानीय घरबेटीको पहलकदमी कमजोर हुँदा फोहर पानी पिउनुपर्ने बाध्यता छ । सदरमुकाममा प्रशस्तै खानेपानीको मुहान भए तापनि उचित किसिमले सञ्चालनमा नआउँदा समस्या उत्पन्न भएको हो । वाकु सोलुखुम्बु घर भई हाल दूधकुण्ड नगरपालिका–५ सल्लेरीमा बस्दै आउनुभएकी सिर्जना मगर दूषित पानी पिउनु परेको गुनासो गर्छिन् । मगर भन्छिन्, “के शुद्ध के अशुद्ध, खोलाको पानी पाइपबाट ल्याई प्रयोग गरिरहेकी छु, त्यही भएर होला बेला बेलामा विभिन्न स्वास्थ्य समस्या आउने गरेको छ ।” मगरको मात्र हैन धेरैको यस्तै गुनासो छ । पानीको मुहान प्रशस्तै भए तापनि मुहान पहिचान गर्न र भएका मुहानको संरक्षण गरी व्यवस्थित बनाउन नसक्दा समस्या उत्पन्न भएको छ । दूषित खानेपानी प्रयोगकै कारण विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुने गरेको र पटक पटक गुनासो राख्दा समेत आफूहरुको गुनासोलाई नगरपालिकाले सम्बोधन नगरेको दूधकुण्ड नगरपालिका–६ नयाँ बजारका टेकबहादुर राईले बताए । नयाँ बजारमा प्रयोग हुने पानीको मुहान केही माथि भए तापनि त्यसको संरक्षण तथा सरसफाइ भने नभएको राईको भनाइ छ । स्थानीयवासीको यस्तो गुनासो आइरहँदा जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन सोलुखुम्बुका सब डिभिजन प्रमुख कुलप्रसाद शर्मा भने आफूहरुकामा स्थानीयवासीको गुनासो नआएको बताउछन् । खानेपानीको शुद्धता नाप्ने यन्त्र कार्यालयले ल्याए तापनि जानकारीको अभावले खानेपानी शुद्ध हो या अशुद्ध भनेर कसैले प्रयोग नगरेको उनको भनाइ छ । शर्माले भने, “सदरमुकामको खानेपानी सुरक्षा योजना लागु भएको र चाँडै सदरमुकाममा उपभोक्ता समिति गठन गरी काम अगाडि बढाउने लक्ष्य छ, त्यसैले अब समस्याको समाधान हुन्छ ।” नगरवासीलाई शुद्ध पानीको पहुँचमा ल्याउन नगरपालिकाको काम भए तापनि यसका बारेमा कुनै योजना बनाइएको पाइँदैन । आगामी दिनमा खानेपानी कार्यालयसँग सहकार्य गरी नगरपालिकाभित्र खानेपानी व्यवस्थित गरिने दूधकुण्ड नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भट्टराईले आश्वासन दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: