Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

क्यान्सर अस्पताल बिरामीका लागि निःशुल्क बस सेवा सुरु (रुटसहित)

\"\"भक्तपुर, २१ फागुन । क्यान्सरका बिरामीलाई उपचारका लागि सहज रुपमा आउने–जाने व्यवस्था गर्न भक्तपुर क्यान्सर अस्पतालले आजदेखि निःशुल्क बस सेवा सुरु गरेको छ । अस्पतालले बिहान ५ः३० देखि साँझ ८ः३० बजेसम्म दुईवटा बसबाट बिरामी ल्याउन र लाने व्यवस्था गर्दै यातायात सेवा सुरु गरेको हो । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामी तथा बिरामीका कुरुवाका लागि सेवा दिने उद्देश्यले सञ्चालन गरेको बस सेवा लिन बिरामी वा त्यसको कुरुवाले अस्पतालको कार्ड भने अनिवार्य रुपमा साथमा लिनुपर्ने व्यवस्था गरेको छ । अस्पताल प्रशासन शाखाका अधिकृत राजाराम तजलेकाअनुसार अस्पतालबाट बिहान ५ः३० बजे पहिलो ट्रिप बस बिरामी लिनका लागि छुट्छ भने बिहान ७ः२५ बजे बिरामी लिएर बस आइपुग्छ । दोस्रो ट्रिप ११ः३० बजे छुटेर १२ः३० बजे आउने, तेस्रो ट्रिप १ः३० बजे छुटेर २ः३० बजे आउने र चौथो ट्रिप साँझ ६ः३० बजे छुटेर ८ः३० बजे फर्कने गरी बस सेवा सञ्चालन गरेको उनले जानकारी दिए । भक्तपुर क्यान्सर अस्पतालबाट जाने बस सल्लाघारी हुँदै ठिमी, जडीबुटी, कोटेश्वर मुनीभैरब मन्दिर अगाडिबाट फर्केर पुनः बिरामी र कुरुवा बोक्दै भक्तपुर फर्कने गर्दछ । त्यसैगरी बिहान ७ः३० बजे छुट्ने बस ठिमी, कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै पुनः टेकु फर्केर त्रिपुरेश्वर, वीर अस्पताल, लैनचौर, लाजिम्पाट, शिक्षण अस्पताल, चक्रपथ, नारायणगोपाल चोक, चाहबिल, मित्रपार्क, गौशाला, एअरपोर्ट, सिनामङ्गल, कोटेश्वर, जडीबुटी, ठिमी, सल्लाघारी हुँदै बिहान ९ः३० बजे अस्पताल आइपुग्ने गरी यातायात सञ्चालन गरेको छ । अस्पतालले बिरामी र कुरुवाका लागि दुईवटा बस सञ्चालनमा ल्याएर उपचारमा आउनेलाई यातायातको सहज व्यवस्था गरेको र आवश्यकताअनुसार यो सेवालाई थप विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ । पहिलो रुट नं ‘ए’को बस प्रत्येक दुई घन्टामा अस्पतालबाट आहोरदोहोर गर्ने र रुट नं ‘बी’ को बस भने बिहान र अपराह्न दुईपटक बिरामी ल्याउने र लाने व्यवस्था गरेको हो । उपचारका लागि अस्पताल आउने बिरामीलाई सार्वजनिक यातायातमा सकस हुने भएपछि अस्पतालले बिरामीको सेवालाई ध्यानमा राखेर निःशुल्क बस सेवा सुरु गरेको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: