Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

माछाले दुर्गन्ध फैलाएपछि...

\"\"वीरगन्ज, २१ फागुन । वीरगन्जस्थित मीनाबजार कम्प्लेक्समा बिक्री हुने माछाले फैलाएको अत्यधिक दुर्गन्धका कारण आमउपभोक्ता विभिन्न रोगको सङ्क्रमणको उच्च जोखिममा छन् । वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको सो दुईतल्ले कम्प्लेक्सको माथिल्लो तल्लामा माछा व्यापारीले वासी एव्म सडेगलेको माछा बिक्री गर्ने तथा त्यसको आन्द्राभुँडी र कत्ला जथाभावी फाल्ने गरेका कारण मीनाबजार दुर्गन्धित भएको हो । दुर्गन्धका कारण यहाँ किनमेल गर्न आउने आमउपभोक्ता तथा सर्वसाधारणको टाउको दुख्ने, बान्ता हुनेलगायत स्वास्थमा प्रत्यक्ष असर हुन थालेको गुनोसो सुन्निछ । छेउमै रहेको हनुमान मन्दिरमा पूजा गर्न आउने भक्तजनपनि सो दुर्गन्धबाट प्रभावित भएका छन् । बजार व्यवस्थित नभएकाले दुर्गन्धका कारण नाक थुन्नुपर्ने बाध्यता रहेको छ, स्थानीय उपभोक्ता राजु खड्की, सन्नी रौनियार र विनयप्रसाद कलबारले एकै स्वरमा भन्छन्, “गर्मीको मौसम आएकाले बजार सरसफाइ नगरे हैजा फैलने सम्भावना उच्च रहेको छ ।” मीनाबजार कम्प्लेक्सभित्र व्यापार गर्दै आएका वीरगन्ज उपमहानगरपालिका–४ का सखावत मियाँ दुर्गन्धका कारण बिरामी भई अस्पतालमा उपचार गराइरहेको गुनासो गर्दै उनका भाइ तथा माछा मासु व्यावसायी सङ्घका अध्यक्ष अन्सार मन्सुरीले सरसफाइ अभावका कारण माछाको दुर्गन्धबाट हैजा फलिने सम्भावना रहेकाले यसप्रति सम्बन्धित निकाय समयमै ध्यान पु¥याउनुपर्ने बताए । सो कम्पलेक्सभित्र २८ वटा माछा पसल तथा ६ वटा मासु पसल रहेको छ । माछाको दुर्गन्धका कारण बस्न नसकेर कतिपय व्यापारी त्यहाँबाट भागिसकेका छन् । भारतको आन्द्र प्रदेशबाट एक हप्ताको लामो बाटो तय गरी हप्तामा करिब १० क्विन्टल माछा वीरगन्ज आउने गर्छन् । गर्मी मौसम सुरु भएकाले ती माछा सड्नाले बढी दुर्गन्धित हुने गरेको छ । कम्प्लेक्सभित्र सरसफाइ, पानी, शौचालय र पानी निकासको अभाव, क्षमताभन्दा बढी व्यापारी बस्नुपर्ने समस्या तथा ठेकेदारको लापर्वाहीका कारण बजार दुर्गन्धित भएको गुनासो अर्का उपभोक्ता शेषमन पण्डितको छ । वीरगन्ज उपमहानगरपालिकासँग प्रतिवर्ष एक करोड ३० लाखमा ३ वर्षका लागि सो कम्प्लेक्स ठेक्का लिएका ठेकेदार विक्कीप्रसाद गुप्तासँग फोहर तथा दुर्गन्धबारे जिज्ञासा राख्दा उनले गैरजिम्मेवारीपूर्ण जवाफ दिँदै अहिले नयाँ बजार बसेको छ, बिस्तारै सबै व्यवस्था गरिने बताए । यस सम्बन्धमा वीरगन्ज उपमहानगरपालिकाका योजनाप्रमुख प्रकाशबहादुर अमात्यले कम्प्लेक्सको भित्री भागको सरसफाइको जिम्मेबारी ठेकेदारको हो, उपमहानगरपालिकालाई बजारको बाहिरी भागको मात्र सरसफाइ गर्ने जिम्मेवारी छ भने । कम्प्लेक्सबाट निस्किने माछाको दुर्गन्धका कारण छेउछाउमा रहेका सरकारी कार्यालय तथा स्थानीयवासी र बटुवासमेत प्रभावित भएकाले सो समस्याको समाधान तत्काल गरिनुपर्ने माग मीना बजारवासीको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: