Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

नामबाट माओवादी हटाएपछि विप्लवसँग कार्यकर्ता रुष्ट

\"\"काठमाडौं, २३ फागुन । पार्टीको आठौँ महाधिवेशनबाट विप्लव नेतृत्वको दलले नामबाट माओवादी शब्द हटाएपछि कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । सो दलको नाम नेकपा राखिएको छ । आजको नयाँ पत्रिकामा खबर छ– नामकै कारण नेतृत्व तथा पार्टी स्थापित भएको सन्दर्भमा त्यसैलाई छाडेर हिँड्नु विचलन भएको भन्दै स्युरी गाविसको विप्लव नेतृत्वको पार्टी कमिटी नै माओवादी केन्द्रमा समाहित भएको छ । आइतबार स्युरीमा आयोजित कार्यक्रममा माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीबीच गाविसस्तरमा एकीकरण भएको घोषणा गरिएको छ । एकीकरण कार्यक्रममा बोल्दै नेकपाका गाविस अध्यक्ष खडक घर्तीले विप्लवले माओवादी छाडेर विचलनको बाटो अँगालेको आरोप लगाए । ‘माओवादीले प्राप्त गरेका उपलब्धि संस्थागत गर्नुको सट्टा नामबाटै भाग्नु राम्रो भएन’ अध्यक्ष घर्तीले भने, ‘स्थानीय निर्वाचनमा समेत भाग नलिने भनेपछि नेपाल कम्युनिस्ट पार्टीसँग कुनै आशा र साइनो नै रहेन ।’ स्थानीय चुनाव बहिष्कार गरेर जनताको भावनाविपरीत काम गरेको विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीबाट एकीकरणमा सहभागीहरूको आरोप छ । १० वर्षे जनयुद्धमा प्राप्त अधिकार पनि गुम्ने खतरा रहेका कारण माओवादी केन्द्रमा गोलबन्द भएको अध्यक्ष खडक घर्तीले बताए । अहिलेसम्मको उपलब्धि माओवादीले नै हासिल गरेको भन्दै माओवादी छाडेर जनयुद्धको रक्षा गर्छु भन्नु व्यर्थ हुने घर्तीले बताए । जनताले विकास निर्माण चाहिरहेको भन्दै फेरि पनि दुःख दिने काम नगर्न उनले विप्लवलाई सुझाबसमेत दिए । दुई पार्टीबीच एकीकरणसँगै गाविसस्तरको नयाँ कमिटीसमेत गठन गरिएको छ । एकता भेलाबाट अध्यक्षमा खडक घर्ती, उपाध्यक्षमा सन्तु कामी, सचिवमा कुलप्रसाद बुढा, कोषाध्यक्षमा जोखबहादुर विक र सहसचिवमा अनिशा घर्ती चयन भएका छन् । नेकपाको गढ मानिने थवाङमा पनि नेकपा माओवादी केन्द्रले वडा पालिकाको सम्मेलन गरेको छ । सम्मेलनले नयाँ थवाङ वडा कमिटी निर्माण गरेको माओवादी केन्द्र थवाङका नेता बिनप्रसाद पुनले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy