Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

रसुवागढी नाका व्यवस्थित बनाउन माग गर्दै ज्ञापनपत्र

\"\"रसुवा, २५ फागुन । रसुवागढी नाका व्यवस्थापन समन्वय समितिले चीनसँगको नाका अव्यवस्थित भएको भन्दै मंगलवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन—पत्र बुझाएको छ । ज्ञापन—पत्र बुझाउँदै समितिका संयोजक माधव लामिछाने समिरले हजारौंको रोजिरोटीको माध्यम बनेको नाका अहिले आएर गरीबहरुलाई सुकुम्बासी बनाउने साधन बन्न लागेको हो कि भन्ने अवस्था श्रृजना भएको बताए । उनले ट्रक कन्टेनरहरुमा प्रहरी र चुल्ठेमुन्द्रेहरुको अघोसित सिन्डिकेटले बैंक ऋण तिर्न नसकेर कन्टेनर व्यवसाय नै धरापमा पर्न थालेकाले सरोकारवाला सबै गम्भीर बन्नुपर्ने बताए । ‘केरुङ्मा कन्टेनर नपाएर स्याउ लगायतका कृषिजन्य बस्तुहरु कुहिने अवस्था छ’, उनले भने ‘यता नेपालमा कन्टेनर जबरजस्ती पार्किङ्गमा राख्ने गरिन्छ ।’ प्रमुख जिल्ला अधिकारी मार्फत व्यवसायीका समस्याहरु हल गर्न आवश्यक पहल होस् भन्दै आफुहरु ज्ञापन—पत्र बुझाउन आएको भन्दै उनले समस्या समाधानका लागि उचित पहल हुन नसके आन्दोलनको दोस्रो चरणमा जान बाध्य हुने बताए । समितिले ११ बँुदे ज्ञापन—पत्र बुझाउँदै नेपाल प्रहरीद्वारा लागु गरिएको टोकन प्रणाली अन्त्य गर्नुपर्ने, अनाधिकृत ढंगले खनिएका पार्किङ्गहरु हटाइनुपर्ने ,सुरक्षा चेकजाँचलाई सरलीकृत गरिनुपर्ने, लाङटाङ राष्ट्रिय निकुङज क्षेत्रमा रातको समयमा पनि निर्वाध सवारी आवागमनको व्यवस्था हुनुपर्ने, केरुङ प्रवेशका लागि चालक र व्यवसायीहरुलाई पासको व्यवस्था गरिनुपर्ने, पासाँगल्हामु राजमार्गको स्तरोन्नती गरिनुपर्ने लगायतका माग राखेका छन् । ज्ञापन—पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले नाकामा देखिएका समस्याहरु हल गर्न आफू निरन्तर लागिरहेको भन्दै रसुवागढी जलविद्युत आयोजनाको निर्माण कार्य चलिरहेका कारण ट्राफिक व्यवस्थापनाका लागि टोकन प्रणाली लागु गर्नुपरेको बताए । उनले अहिलेको अवस्थामा टोकन प्रणालिको उपयुक्त विकल्प नभएको भन्दै चेकजाँच सरलीकृत र एकीकृत गराउन भने आफूले पहल गर्ने बताए । पासाङ्ल्हामु राजमार्गको लारानी क्षेत्रमा रातको समयमा पनि निर्बाध सवारी चलाउन नपाउँदा परेको कठिनाईप्रति आफू जानकार रहेको भन्दै न्यौपानेले धेरै लामो छलफल पछि अहिले राती ११ बज सम्म सवारी सञ्चालनमा आएको बताए । एक दिने पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीको हैसियतले आफुले परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, चिनियाँ दूतावास लगायत सबै सरोकारवाला निकायहरुसँग कुराकानी गरीरहेको जानकारी गराउँदै उनले भन्सारमा चाहिने स्क्यान मेसिन लगायतका अन्य अत्याधुनिक मेसिनहरु नहुँदा भन्सार कार्यमा ढिलाई भएको स्विकार गर्दै भन्सारलाई अन्तराष्ट्रिय मापदण्डको बनाउनु पर्ने बताए । न्यौपानेले हाल दैनिक ३० देखी ४० वटा कन्टेनरहरु केरुङ प्रवेस भईरहेकोमा त्यसलाई बढाएर दैनिक १०० देखी १२० सम्म पु¥याउन चिनियाँ पक्षसँग अनुरोध गरिएको समेत जानकारी दिए । यद्यपी उनले टोकन प्रणाली भने खारेज गर्न नसकिने प्रष्ट पारे । यस अघी शनिबार कालिकास्थानमा कन्टेनर व्यवसायीहरुको बृहत भेलाले माधव लामिछाने समिरको संयोजकत्वमा ११ सदस्यीय नाका व्यवस्थापन समन्वय समिति निर्माण गरी जिल्ला प्रशासन कार्यालय र प्रधानमन्त्री कार्यालयलाई ज्ञापन—पत्र मार्फत ध्यानाकर्षण गराउने र समस्या समाधान नभए दोस्रो चरणमा आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने निर्णय गरेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy