Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

गौतमको अन्त्यष्टिको विषयमा सिडिओ र स्थानीयबासीबीच तनाव

\"\"कञ्चनपुर, २९ फागुन । शहीद गोविन्द गौतमको शवयात्रामा दिइने सम्मान र शवयात्राको विषयमा तनाव भएको छ । आइतबार गौतमको राष्ट्रिय सम्मानका साथ शवयात्रा सहित अन्त्येष्टि गरिने तयारी भएपनि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मनोहर प्रसाद खनालले सलामी बारेमा अनविज्ञ रहेको बताएपछि स्थानीयवासीले उनलाई घेरा हालेका हुन् । प्रजिअ खनालले शवयात्रामा प्रयोग गरिने सवारीमा पनि अपमान गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । फागुन २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिका वार्ड नम्बर ८ आनन्द बजारमा भारतीय सीमा सुरक्षा बल(एसएसबी) को गोली प्रहारबाट ज्यान गुमाएका शहीद गौतमको शवयात्रा अझै हुन सकेको छैन् । सरकारले राष्ट्रिय शहीद घोषित गौतमको राष्ट्रिय सम्मानका साथ ११ तोपको सलामी दिएर आज अन्त्येष्टि गरिने तयारी भएको थियो । तर, सिडिओ खनालले माथिबाट जानकारी नआएको भन्दै राष्ट्रिय सम्मानका लागि दिइने सवारी उपलब्ध नगराएपछि आक्रोशित स्थानीयसँग भनाभन भएको त्यहाँबाट स्थानीय रमेश भट्टले जानकारी दिए । ‘सिडिओले सलामीको विषयमा मलाई जानकारी छैन भने, शवयात्रामा फोहोर बोक्ने ट्याक्टर दिएपछि स्थानीय आक्रोशित भएका हुन् ।’ सिडिओको भनाई उधृत गर्दै भट्टले भने– ‘सिडिओकै कारण अहिलेसम्म शवयात्रा हुन सकको छैन ।’ विहान ८ बजेलाई राखिएको शवयात्रा १२ बजेसम्म पनि भएको छैन । सिडिओले बल्ल महेन्द्रा जीप दिएका छन् । अब केहीबेरमा शवयात्रा हुन्छ- भट्टले भने । मातृभूमिको रक्षार्थ लड्दालड्दै मृत्यु भएका कैलाली पुनर्वासका गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । गौतमको शबयात्रापछि उच्च सम्मानका साथ आज अन्त्येष्टि गर्न लागिएको हो । बिहीबार सीमानजिक बनाइएको कल्भर्ट विवादमा भारतीय प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको थियो । पुनर्बासका स्थानीयले गौतमको राजकीय अन्त्येष्टि हुनुपर्ने माग गरेर शव बुझेका थिएनन् । सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेपछि गौतमका परिवार र स्थानीय दाहसँस्कारका लागि सहमत भएका हुन् । गौतमको शब सेती अञ्चल अस्पताल धनगडीमा राखिएको छ । केही समयपछि उनको शवयात्रा हुने बताइएको छ । अस्तपालदेखि स्थानीय दोधा नदीसम्म हुने शबयात्रामा सहभागी हुन सयौं स्थानीय अस्पताल परिसर र नदी किनार पुगेका छन् । स्थानीय प्रशासनले पुनर्वासमा लगाएको निषेधाज्ञा अझै जारी हुँदा स्थानीयलाई शवयात्रामा सहभागी हुन समस्या भएको छ । प्रशासनले आइतबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy