Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

के गर्दैछन् म्याच फिक्सिङका आरोपी फुटबलर ?

\"\"काठमाडौं, २ चैत । २८ असोज, २०७२ । नेपाली फुटबल प्रेमीहरु स्तब्ध भएको दिन । कुनै प्रतियोगितामा पराजित भएर होइन, ७ वर्षदेखि फुटबलमा हुँदै आएको पराजयको शृंखलाको रहस्य थाहा पाएकोमा । गज्जव साप्ताहिकमा खबर छ– राष्ट्रिय खेलाडीहरुले बुकीहरुबाट पैसा खाएर विपक्षी देशलाई सात वर्षदेखि जिताउँदै आएका थिए । महानगरीय अपराध महाशाखाले गत वर्षको २८ असोजमा राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई पक्राउ गरेको थियो । मलेसिया र सिंगापुरका म्याच फिक्सरबाट पैसा खाएर मिलेमतोमा उनीहरुले देशलार्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हराउँदै आएको रहस्य खुल्यो । खेलाडीहरुले विदेशी म्याच फिक्सरबाट पैसा लिएको प्रमाणसहित प्रहरीले अदालतमा मुद्दा दायर ग¥यो । त्यसयता देशको फुटबलले नयाँ पहिचान बनाउँदै गएको छ भने अदालतको आदेशमा धरौटीमा छुटेका आरोपी खेलाडीहरु गुमनाम छन् । कुनै समय फुटबलका हिरो रहेका उनीहरुको छवि अहिले भिलेन बनेको छ । अदालतमा मुद्दा लडिरहेका उनीहरुमध्ये कोही गुन्डागर्दीमा लागेका छन् भने कसैले जग्गा दलालीको काम सुरु गरेका छन् । को के गर्दैछन् ? सागर थापा सागर थापाले गत वर्षको माघमा एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै आफूहरुमाथि झूटो आरोप लागेको दाबी गरे । गत जेठमा फुटबलर विमल घर्तीमगरकी बहिनीको निधन हुँदा पशुपति आर्यघाटको दाहसंस्कारमा उनी उपस्थित भए । त्यसयता उनी सार्वजनिक कार्यक्रममा खासै देखिँदैनन् । वेलावेलामा फुटबल खेल्न उनी फुटसल पुग्ने गरेका छन् । सागरका एक साथीका अनुसार उनी प्रायः धरान र विराटनगर धाउने गर्छन् । पक्राउ परेपछि फ्रस्टेसनका कारण सागरमा बढी मदिरा पिउने लत लागेको उनका साथीले बताए । रितेश थापा रितेश थापाले आफू जग्गा कारोबारमा लागेको बताए । ‘आफूले जानेको फुटबल हो, त्यही खेल्न नपाएपछि के गर्नु ?’ उनले भने, ‘त्यसै कति बस्नु भनेर यसो घरजग्गा कारोबारमा लागेको छु ।’ सन्दीप राई सन्दीप राईले धरौटीमा छुटेपछि बिहे गरेका छन् । लामो समय लिभिङ टुगेदरमा रहेकी प्रेमिकासँग उनले यसै वर्षको दसैंमा बिहे गरेका हुन् । अन्जन केसी म्याच फिक्सिङको आरोप लागेका अर्का खेलाडी अन्जन केसी गुन्डागर्दीमा लागेको प्रहरी स्रोतले बतायो । पक्राउ पर्नुअघि अन्जन गुन्डा नाइके चरीको समूहमा रहेको खुलेको थियो । विकाससिंह क्षेत्री डिफेन्डर विकाससिंह क्षेत्री पनि म्याच फिक्सिङको आरोप लागेपछि कसैको सम्पर्कमा छैनन् । उनका सहकर्मी खेलाडी पनि विकास आफूहरुको सम्पर्कमै नरहेको बताउँछन् । डेविज थापा म्याच फिक्सिङबापतको पैसा लिनेमा नेपाली फुटबल टोलीका फिजियोथेरापिस्ट डेविज थापा, सागर र रितेशको आफन्त रहेको खुलेको थियो । डेविजका नाममा केसभनले सन् २०१२ मा एक लाख आठ हजार रुपैयाँ पठाएको प्रहरीको दाबी छ । उनी अमेरिकामा लुक्दै आएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending