बिश्वकर्मा समाज दक्षिण कोरियाले नेपाल भलिबल संघ दक्षिण कोरियाको समन्वयमा प्रतियोगिता आगामी जुन २१, २०२६ मा छुङबुक उम्सेङगुनस्थित थेसो राष्ट्रिय खेलकुद केन्द्रमा सञ्चालन गर्ने जनाएको छ।
प्रतियोगितामा २२ टोलीको सहभागिता रहनेछ। विभिन्न भलिबल क्लब, क्षेत्रीय समाज तथा संघसंस्थाहरूको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने आयोजकको अपेक्षा छ।
विजेता टोलीले २२ लाख कोरियन वन, उपविजेताले १२ लाख कोरियन वन प्राप्त गर्नेछन्। त्यस्तै, दुई सान्त्वना टोलीलाई जनही ४ लाख कोरियन वन प्रदान गरिनेछ। विजेता तथा उत्कृष्ट टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ।
नेपाल भलिबल संघ दक्षिण कोरियाका अध्यक्ष विरेन्द्र राहु मगरले प्रतियोगिताले नेपाली समुदायबीच खेल संस्कृतिको विकास गर्दै एकता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
बिश्वकर्मा भलिबल टिमका पूर्वकप्तान दिल बिश्वकर्माले सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै नेपाली समुदायलाई उपस्थित भई खेलाडीको मनोबल बढाउन आग्रह गरेका छन्।
आयोजकका अनुसार प्रतियोगिताले खेलकुदमार्फत नेपाली समुदायबीच भाइचारा र एकताको भावना अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - २०:४६
काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...
श्रावण २ गते, २०८३ - २०:४०
तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...
श्रावण २ गते, २०८३ - २०:२९
सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...
श्रावण २ गते, २०८३ - २०:१८
रोल्पा । रोल्पामा बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोट ...
श्रावण २ गते, २०८३ - २०:११
पोखराबाट दमौलीसम्म सतर्कता आवश्यक
श्रावण २ गते, २०८३ - २०:०४
हेटौंडा । अविरल वर्षा र सम्भावित बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौंतर्फ सञ्चालन हुने रात्रीकालीन सवारी स...
श्रावण २ गते, २०८३ - १९:५२
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट २० जना बालबालिकाको उद्धार गरेको छ। बालगृ...
श्रावण २ गते, २०८३ - १९:३९
काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै आर्थिक अवस्था झन् जटिल बन्दै गएक...
श्रावण २ गते, २०८३ - १९:३५
दाङ । ‘राजाको गाउँ’ भन्नेबित्तिकै व्यवस्थित सडक, सहज खानेपानी, विद्युत् र पर्यटकीय पूर्वाधारले भरिपूर्ण बस्तीको चित्र मनमा आउँछ। तर दाङको तुलसीपुर उपम...
श्रावण २ गते, २०८३ - १९:३४
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति ग...



प्रतिकृया लेख्नुहोस्: