Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

लण्डन हमला : अहिलेसम्म के-के भयो ?

\"\"एजेन्सी, १० चैत । लण्डनमा संसद भवन बाहिर बुधबार भएको आतंकवादी हमलामा एक आक्रमणकारीसहित पाँच जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् । अहिलेसम्मका हमलाबारे उपलब्ध जानकारी : के भएको थियो ? २२ मार्च बुधबार लण्डनमा दिउँसो २ बजेर ४० मिनेट जाँदा एक आक्रमणकारीले संसद भवन नजिकै रहेको टेम्स नदीमा बनेको वेस्टमिस्टर ब्रिजमा तिव्र गतिमा कार दौडाएका थिए । उक्त घटनामा कम्तीमा दुई जनाको मृत्यु भयो भने थुप्रै मानिस घाइते भए । उक्त घटनापश्चात कार संसदको बारको रेलिङमा गएर जोतियो । कति थिए आक्रमणकारी ? ब्रिटिस प्रधानमन्त्री टेरिजा मेका अनुसार आक्रमणकारी एकजना थियो । उसको पहिचान खुलाइएको छैन । आक्रमणकारीको पहिचान भइसकेको र अहिले उसका सहयोगीको बारेमा पत्ता लगाउने कोशिस भइरहेको प्रहरीको भनाई छ । प्रहरीले संसद बाहिर भएको आक्रमणकारीको सम्बन्ध इस्लामिक कट्टरतासँग हुन सक्ने बताएको छ । हातमा चक्कु लिएको आक्रमणकारी कारबाट बाहिर निस्किएर संसद परिसरमा घुस्नका लागि कोशिस गरेको थियो । प्रहरीले उसलाई रोक्न खोज्दा प्रहरीलाई नै चक्कु प्रहार गरि उसले हत्या गरिदिएको थियो । लगत्तै अर्का सुरक्षाकर्मीले आक्रमणकारीलाई गोली हानेका थिए । गोली लागि घटनास्थलमै आक्रमणकारीको मृत्यु भएको थियो । अहिलेसम्म मारिएको सुरक्षाकर्मीको नाम प्रहरीले बताएको छ । ४८ वर्षीय प्रहरी जवान किट पामर १५ वर्षदेखि प्रहरी सेवामा थिए । घाइते हुनेमा अरु तीन प्रहरी रहेका छन् । जो एक समारोहबाट फर्कंदै थिए र वेस्टमिंस्टर ब्रिजमा हिंडिरहेका थिए । घाइतेमध्ये दुईको आवस्था चिन्ताजनक बताइएको छ । \"\"घाइते हुनेमा विदेशी नागरिक वेस्टमिंस्टर ब्रिजमा घाइते हुनेमा दक्षिण कोरियाका पाँच पर्यटक र रोमानियाका दुई नागरिक रहेका छन् । लंकाशरका एक यूनिभर्सिटीका चार जना छात्र पनि घाइते भएका छन् । एक स्कूल ट्रिपमा लण्डन आएका फ्रान्सका तीन जना विद्यार्थी पनि घाइते भएका छन् । एक महिलाको टेम्स नदीबाट उद्धार गरिएको थियो । उनी गम्भीर घाइते छिन् । उनी पुलबाट नदीमा कसरी खसिन् भन्ने विषयमा अहिलेसम्म स्पष्ट भएको छैन । एक फोटोग्राफरले बताएअनुसार उनले उक्त महिलालाई पुलबाट फुटपाथमा खस्दै गरेको देखेका थिए । कस्तो छ लण्डनको सुरक्षा बन्दोबस्त ? आक्रमणको समयमा संसद चलिरहेको थियो । जसलाई स्थगित गरिएको छ । राजनेता, पत्रकार र आगन्तुकलाई लगभग पाँच घन्टा संसदभवनबाट बाहिर जान दिइएको थिएन । संसद देखि नजिकैको वेस्टमिंस्टर ऐबे चर्चबाट थुप्रै मानिसको सरक्षित रुपमा अन्यत्र सारिएको छ । विहीबारको दुवै सदनको बैठक नियमित समयमा नै सुरु हुने बताइएको छ । लण्डनका मेयरका अनुसार अबको केही दिन लण्डनको सडकमा शसस्त्र र निशस्त्र सुरक्षाकर्मीको गस्ती बढाइनेछ । ब्रिटेनमा खतराको आशंका गर्दै अति गम्भीर घोषित गरिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies