Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यान्त्रिक ‘कामधेनु’गाईबाट लाखौँ आम्दानी

\"\"पोखरा, १२ चैत । पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईले साढे नौ वर्षका अवधिमा ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । करिब एक लाख ५७ हजार रुपैयाँको लागतमा २०६४ सालमा फाइबरबाट निर्मित सो ‘कामधेनु’ गाईको गोठ करिब पाँच लाख तीन हजारले टिकट काटेर अध्ययन अवलोकन गर्दा गुफा व्यवस्थापन समिति उक्त आम्दानी गर्न सफल भएको हो । गाईगोठमा अवस्थित यन्त्रजडित गाई नजिकै रहेको सानो प्वालमा गोलो वस्तु घुसाएपछि थुनबाट आएको दूध सिधै शिवलिङ्गमा चढ्ने व्यवस्था मिलाइएका कारण दर्शकको आकर्षण बढ्दै गएको गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउँछन् । उनका अनुसार गुफा प्रवेशबाहेक सामान्य रुपमा प्रतिटिकट १० रुपैयाँ व्यवस्था गरिएको सो गाई निर्माणको तेस्रो वर्षसम्म खासै आम्दानी नभए पनि पछिल्ला वर्षमा वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी भइसकेको छ । यस वर्ष १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने समितिको लक्ष्य छ । “यन्त्रिक गाईले यस आवको छ महिनाको अवधिमा छ लाख ८३ हजार ७३० रुपैयाँ आम्दानी गरेको बताउँदै उनले भने “यान्त्रिक गाई गुफाको थप आम्दानीको गर्ने लैनो गाई बनेको छ ।” गुफा अवलोकनका लागि मात्र व्यवस्था गरिएका छ प्रकारका टिकट काटेर गत आवमा मात्र दुई लाख ९६ हजार चार सय ४० जनाले अध्ययन अवलोकन गर्दा करिब एक करोड ४६ लाख रुपैयाँ आम्दानी भएको समितिका कोषाध्यक्ष ऋषिराम बरालले जानकारी दिए । उनका अनुसार टिकट बिक्री एवम् यान्त्रिक गाईका अलावा सोही वर्षको अवधिमा दानपात्रबाट करिब छ लाख ६० हजार रुपैयाँ, सहयोग रसिदबाट १६ हजार नौ सय रुपैयाँ, विविध आम्दानी आठ हजार र बैंक ब्याजबाट चार लाख १२ हजार आम्दानीसहित कुल एक करोड ६२ लाख रुपैयाँ आम्दानी भएको थियो । गुफा प्रवेश गरी गुप्तेश्वर महादेव मन्दिरसम्म पुग्न विद्यार्थीलाई १० रुपैयाँ, अन्य नेपालीलाई २० रुपैयाँ, विदेशीलाई ५० तथा मन्दिरबाट अझै भित्र रहेको पातले छाँगो (डेभिज फल्स) को मनोरम दृष्यावलोकनका लागि विद्यार्थीलाई ३५ रुपैयाँ, नेपालीलाई ५० र विदेशीका हकमा १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको गुफा कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिए । गुफामा स्वदेशी तथा विदेशी पर्यटकका साथै विद्यार्थीको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ । विशेष गरेर साउन महिनाको सोमबार, शिवरात्रि, मङ्गलचौथी, हरिबोधिनी एकादशी, जनैपूर्णिमा, ऋषि पञ्चमी, बालाचतुर्दशीलगायत विभिन्न पर्वमा दर्शकको घुइँचो लाग्ने हुँदा यान्त्रिक गाईबाट समेत आम्दानी बढी हुने गरेको समितिका सचिव देवीबहादुर थापाले जानकारी दिए । “परिसरको प्राकृतिक स्वरुप र सौन्दर्यलाई कायम राख्दै गुफाको प्रवेशद्वार बाहिरको भागमा निर्माण गरिएका सिँढी र विभिन्न देवीदेवताका मूर्तिले गुफाको आकर्षण बढेको छ,” उनले भने, “गुफाको भित्री भाग डेभिज फल्सको दृष्यावलोकन गर्ने स्थानलाई व्यवस्थित गरी समग्र गुफाको संरक्षणका लागि दुई लाख ३७ हजार ३०० रुपैयाँको लागतमा इटको नेपाल प्रालिद्वारा तयार पारिएको गुरुयोजना कार्यान्वयनको अन्तिम चरणमा छ ।” ‘कामधेनु’ गाई एवम् गुफाको आम्दानीबाट समितिको पहलमा यस क्षेत्रको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले सोही स्थानमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस समेत सञ्चालन गरिएको छ । गत आवमा गुफाले क्याम्पस सञ्चालनार्थ ३५ लाख रुपैयाँ लगानी गरेको थियो । गुफा नजिकै यज्ञशाला भवनमा सञ्चालित सो क्याम्पसमा विभिन्न विषयका कक्षामा तीन सय विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ७५ प्रतिशत छोरीबुहारी रहेको क्याम्पस प्रमुख मनोरञ्जन शर्माले जानकारी दिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा डा भूपति ढकालका अनुसार गुफा व्यवस्थापन समितिले खरिद गरेको लगभग छ रोपनी जग्गामा विश्वविद्यालय अनुदान आयोगको ३५ लाख रुपैयाँ सहयोग र गुफा व्यवस्थापन समितिको ४१ लाख रुपैयाँसहित ७६ लाख रुपैयाँमा आठ कोठा र भारतीय राजदूतावासको पाँच करोड रुपैयाँ आर्थिक सहयोगमा २१ कोठे पक्की भवन निर्माणाधीन छ । पर्यटकीय नगरी पोखरामा गुप्तेश्वर गुफालगायत महेन्द्र गुफा, चमेरे गुफा तथा तनहुँ विमलनगरस्थित साहसिक खेल ¥याफलिङको प्रचुर सम्भावना बोकेको सिद्ध गुफामा पछिल्लो समयमा आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । प्रकृतिले दिएका अपार सम्पदाको पहिचान गरी धार्मिक र मनोरञ्जनसहितका आकर्षक भौतिक संरचना तयार गरेर आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्न सक्ने हो भने शैक्षिक संस्था सञ्चालन एवम् समाजका सामान्य विकास निर्माणका लागि सरकारको मुख ताक्न नपर्ने उदाहरण गुफाले प्रस्तुत गरेको स्थानीयवासी बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending