Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई

खबरडबली संवाददाता

काठमाडौँ। लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा.स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक छन्।

गोरखाको बुङ्कोटमा जन्मिएका डा वाग्ले एक प्रखर अर्थशास्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति छन्। उनले विसं २०४२ को प्रवेशिका परीक्षामा बूढानीलकण्ठ स्कुलबाट देशभरबाट दोस्रो स्थान हासिल गरेको थिए ।

डा वाग्लेले लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक, हार्वर्ड विश्वविद्यालयबाट अन्तरराष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी (विद्यावारिधि) गरेको छन् ।

राजनीतिमा पूर्णकालीन रूपमा सहभागी हुनुअघि डा वाग्लेले दुई दशकभन्दा बढी समय अन्तरराष्ट्रिय एवं बहुपक्षीय आर्थिक मञ्चमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाले थिए ।

उनले अमेरिकाको वासिङ्टन डिसीस्थित विश्व बैंकमा वरिष्ठ अर्थशास्त्री र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको मुख्यालयमा एसिया र प्रशान्त क्षेत्रका लागि प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेको छन् ।

नीति तथा योजना निर्माणमा पनि उनले महत्त्वपूर्ण योगदान दिएको छन् । राष्ट्रिय योजना आयोगको सदस्य र सन् २०१७ देखि २०१८ सम्म उपाध्यक्षका रूपमा उनी सफल नेतत्व गरिसकेको छन् ।

नेपाली कांग्रेसमा वैचारिक र नीतिगत तहमा रहेर भूमिका निर्वाह गरेका डा वाग्ले विसं २०७९ चैतमा उक्त पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको थिए। हाल उनी रास्वपाको उपसभापति र तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य छन्। डा वाग्ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३८ हजार ४० मत प्राप्त गरी विजयी भएको हो ।

विशेषगरी तथ्याङ्क र तर्कमा आधारित नीतिगत बहस गर्ने बौद्धिक नेताका रूपमा स्थापित डा वाग्लेले संसद्मा आर्थिक सुधार, सुशासन र युवा स्वरोजगारका विषयलाई प्रमुखताका साथ उठाउँदै आएको छन् ।

गोरखा जन्मिनुभएएका वाग्ले सामान्य पारिवारिक परिवेशमा हुर्किंएको हो । बाल्यकालदेखि नै अध्ययनमा रुचि राख्ने उहाँ अध्ययनशील र तर्कशील नेताका रूपमा चिनिन्छन् ।

विकास अर्थशास्त्र, सार्वजनिक नीति तथा आर्थिक सुधारका विषयमा विशेष अनुसन्धान गरेको छन् । सोही अनुभवका कारण उनी अन्तरराष्ट्रियस्तरका नीतिगत बहसमा सहभागी हुँदै आएको छन्।

उच्च शिक्षालगत्तै उनले विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गरेको थिए । विशेषगरी संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रममार्फत डा वाग्लले विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका क्षेत्रमा विशेष योगदान गरेको छन् ।

योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा उनले अगाडि सारेको अवधारणामा नै बहुउद्देश्यीय बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया सुरु गर्ने तयारी भएको छ । आन्तरिक स्रोतको उपयोग गरेर उक्त आयोजनालाई अगाडि बढाउने गरी सरकारले निर्णय गरिसकेको छ । त्यसका अलावा सो जिम्मेवारीमा रहँदा उनले मुलुकको दीर्घकालीन विकास योजना, आर्थिक नीति सुधार तथा सुशासनका विषयमा काम गरेको थिए ।

खासगरी राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिसँग जोड्नुपर्छ, मध्यमवर्गको विस्तार गर्नुपर्छ भन्ने मत राख्नुहुने डा वाग्ले समकालीन नेपालको स्थापित अर्थशास्त्री एवं विकास रणनीतिकर्ताका रूपमा स्थापित छन् । “राजनीति कोरो कल्पना र सपना मात्रै होइन, जनताले परिवर्तनको महसुस गर्नुपर्छ र त्यसका लागि गुणात्मक परिवर्तन गर्नुपर्छ”, भन्ने उनले मत राख्दै आएको छन् ।

निर्वाचनका क्रममा डा वाग्लले विकास, सुशासन, रोजगारी सिर्जना तथा आर्थिक सुधारलाई प्रमुख एजेन्डा बनाएको थिए । आफ्नो विषय प्रष्टसँग राख्ने, राजनीतिमा आलोचनाभन्दा पनि विचारले श्रेष्ठ सावित हुनुपर्छ भन्ने मान्यता राख्ने डा वाग्लेले मतदातासँग प्रत्यक्ष संवादका क्रममा नयाँ सोच र परिणाममुखी राजनीतिका विषय उठाएको थिए ।

डा वाग्ले नेपाली राजनीतिमा नीतिगत क्षमता र आर्थिक विषयको ज्ञान भएका नेताका रूपमा चिनिन्छन् । अघिल्लो पटक सङ्घीय संसद्का रुपमा उनले सदनमा खेलेको भूमिका पनि स्मरणीय रहेको छ ।

उनका विभिन्न अन्तरराष्ट्रिय जर्नलमा अर्थतन्त्रसम्बन्धी लेख तथा विचार प्रकाशित छन् । खासगरी समस्या पहिचान, तथ्य र आँकडा प्रस्तुतिका कारण डा वाग्लेकोे विश्लेषण समसामयिक र समस्या समाधानमा केन्द्रित रहने गरेको छ ।

खासगरी, अर्थतन्त्र र विकास नीतिमा उहाँको विशिष्ठ अनुभवले समृद्ध नेपाल निर्माणको सपना पूरा हुने अपेक्षा गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...

कक्षा १२ नतिजा विवादबारे शिक्षामन्त्री पोखरेलले भने: भेरिफिकेसन गर्न समिति गठन गरेको छौ

काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...

रास्वपामा ‘नो भोट’को प्रावधान राख्नुपर्ने सागर ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...

उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने सुकुमवासीहरुको चेतावनी

काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...

रास्वपा महाधिवेशन: यी ६ पदाधिकारीका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...

दस हजार भायल एन्टी–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...

कक्षा १२ नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको मतदान सम्पन्न, नतिजा केहीबेरमा आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...

भेनेजुएलामा शक्तिशाली भूकम्प, कम्तीमा ३२ जनाको मृत्यु

काठमाडौं । भेनेजुएलामा ४० सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्। खोज तथ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending