Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

लुम्बिनी गुरुयोजनालाई तत्काल कार्यान्वयनमा ल्याउन सरोकारवालाको जोड

\"\"भैरहवा, १२ चैत । लुम्बिनी गुरुयोजनालाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । लुम्बिनी विकास कोषमा हुदै आएको चरम राजनीतिकरण नै लुम्बिनीको विकासमा बाधक रहेको औल्याउंदै उनीहरुले त्यसको अन्त्य गर्नुपर्ने बताए । उद्योग व्यापार संगठन रुपन्देहीद्वारा लुम्बिनीमा आयोजित ‘पर्यटन प्रवद्र्धनमा लुम्बिनीको सम्भावना र चुनौति’ बिषयक एक दिवसिय अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले लुम्बिनी गुरुयोजना कार्यान्वयन हुन नसक्नु दुःखको कुरा भएको बताउदै त्यसको मुल कारण त्यहाँ भित्र हुदै आएको चरम राजनीतिकरण रहेको दाबी गरे । भगवान गौतम बुद्धको जन्मस्थल जस्तो बहुमुल्य गहनाको रुपमा रहेको लुम्बिनीको बिकास, बिस्तार र प्रचार प्रसारमा उल्लेख्य काम हुन नसकेको बताउदै प्रजिअ सिंहले बिगतका कमि कमजोरीहरुबाट पाठ सिक्दै गौतमबुद्धसँग सम्बन्धित सबै क्षेत्रको समानान्तर रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याए । लुम्बिनीको बिकास हुदा लुम्बिनी क्षेत्रको मात्रै नभएर मुलुककै बिकास हुने बताउदै उनले लुम्बिनी गुरुयोजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने कुरामा जोड दिए । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका वरिष्ठ केन्द्रिय उपाध्यक्ष डम्बरदेव अर्यालले लुम्बिनीको विकासले मुलुककै आर्थिक बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने भन्दै लुम्बिनी गुरुयोजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने कुरामा जोड दिए । लुम्बिनीमा सम्भावना र चुनौतिहरु दुबै रहेको उल्लेख गर्दै उनले भगवान गौतम बुद्धको जन्मस्थल भारत हो भन्ने दुस्प्रचार लुम्बिनीका लागि चुनौति रहेको विचार ब्यक्त गरे । मुलुकको आर्थिक विकासका लागि राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नुका साथै ब्यापार विविधिकरण गनुपर्नेमा जोड दिदै अर्यालले पर्यटन प्रबद्र्धन र औद्योगिकिकरण मार्फत राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नुपर्ने धारणा राखे । कार्यक्रममा ‘नेपालको पर्यटन बिकासमा लुम्बिनी क्षेत्रको योगदान’बिषयक कार्यपत्र प्रस्तुत गर्दै बुटवल बहुमुखी क्याम्पसका उप प्राध्यापक बैकुण्ठ पाण्डेले बिश्वमा सवा अर्ब आवादी रहेको भगवान गौतमबुद्धको जन्स्थल लुम्बिनी बुद्धमार्गिहरुको निम्ति पबित्र तिर्थस्थल रहेको उल्लेख गर्दै लुम्बिनी वर पर रहेका पर्यटकिय महत्वका दर्जनौ स्थलहरु समेत रहेकोले ति क्षेत्रहरुको समेत समुचित विकास गरि लाभ लिन सक्नु पर्ने कुरामा जोड दिए । नेपालको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख श्रोत पर्यटननै भएको उल्लेख गर्दै उप प्राध्यापक पाण्डेले यसले कुल राष्ट्रिय आम्दानीमा आठ प्रतिसत योगदान दिएको बताए । लुम्बिनी क्षेत्रलाई एकिकृत रुपमा बिकास गर्ने एपेकको योजना पुरा हुन सके लुम्बिनीले एक्लै ५० प्रतिशत पर्यटन उद्योगमा योगदान दिई १० बर्ष भित्रमा कुल ग्राहस्थ आम्दानीमा १० प्रतिशत योगदान पुग्नसक्ने बिश्वास ब्यक्त गरे । कार्यक्रममा कार्यपत्रमाथि टिप्पणि गर्दै लुम्बिनी पर्यटन प्रबद्र्धनका अभियन्ता पत्रकार चेतन पन्तले लुम्बिनीको महत्वको बारेमा ब्यापक रुपमा प्रचार प्रसार हुन नसकेको भन्दै गुरुयोजना तत्काल कार्यान्वयनमा ल्याउनु पर्ने कुरामा जोड दिए । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले कार्यक्रमको उद्धेश्य बारे प्रकाश पार्दै यस क्षेत्रको विकासले मुलुककै विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकाले लुम्बिनी गुरुयोजनालाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औल्याए । अन्तरक्रिया कार्यक्रममा उठेका महत्वपुर्ण बिषयहरुलाई सुचिबद्ध गरि पर्यटन मन्त्रिलाई बुझाईने जानकारी दिदै उनले आन्तरिक पर्यटन प्रबद्र्धन गर्नु संगठनको कार्ययोजना रहेको प्रस्ट पारे । लुम्बिनी बिकास कोषमा हुने राजनीतिक खिचातानिका कारण लुम्बिनीको बिकासले गति लिन नसकेको भन्दै अध्यक्ष भण्डारीले लुम्बिनीमा आउने पर्यटकहरुको बसाई लम्ब्याउने खाले योजना ल्याउनुपर्ने विचार ब्यक्त गरे । कार्यक्रम संयोजक लक्ष्मण भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी विकास कोषका सुचना अधिकृत राजन बस्नेत, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष गणेश प्रसाद अधिकारी, लुम्बिनी सांस्कृतिक नगरपालिका कार्यालयका कार्यकारी अधिकृत यम बहादुर कुवर, उद्योग ब्यापार संगठन रुपन्देहीका महासचिव अनिल कुमार ज्ञवाली,उद्योग व्यापार संगठन लुम्बिनी शाखाका अध्यक्ष कृष्णबहादुर गुरु¨ लगायतले आ आफ्नो भनाई राखेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending