Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

\"\"काठमाडौं, १३ चैत । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार (आज) बस्दैछ । लामो समयपछि आज बस्न लागेको बैठकमा आगामी निर्वाचनका रणनीतिका साथै पार्टी सभापति शेरवहादुर देउवाको एकवर्षे कार्यकालको बारेमा पनि छलफल हुने बताइएको छ । पार्टी नेतृत्व सम्हालेर काम गर्न थालेको एक बर्ष पुरा भएकै समयमा बस्न लागेको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह पार्टी सभापति देउवाको काम गर्ने शैलीलाई लिएर आक्रामक बन्ने देखिएको छ । कोइराला परिवारबाट देउवाले पार्टी नेतृत्व लिएर काम गर्न थालेको चैत ५ देखि एक बर्ष वितेको छ । तर, यो अवधिमा विधानतः दुई महिनाभित्र सम्पन्न गर्नुपर्ने पार्टी केन्द्रीय कार्यसमितिमा २१ सदस्य मनोनयन, उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्ति, विभाग, कार्यसम्पादन समिति, संसदीय समितिलगायत पार्टी संरचनालाई पूर्णता बनाउने काम देउवाले गर्न नसकेको भन्दै पार्टीभित्रबाट आलोचना हुँदै आएको छ । देउवा आफैंले प्रतिबद्धता गरे अनुसार नियमित केन्द्रीय कार्यसमितिको बैठक समेत राख्न नसकेपछि पौडेल समूहले वैठक राख्न लिखित रुपमा नै माग गरेको थियो । केही समयअघि पौडेलले पार्टीलाई सामूहिक निर्णय पद्धतिमा चलाउन माग राख्दै केन्द्रीय कार्यसमितिको बैठक बोलाउन देउवालाई पत्र दिएका थिए । आजको बैठकमा देउवाले केन्द्रीय कार्यसमितिको मर्यादा क्रमअनुसार २२ जनालाई कार्यसम्पादन समितिमा राख्ने प्रस्ताव गर्ने कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले खासगरी आगामी स्थानीय तह निर्वाचनका रणनीति तय गर्नेछ । स्थानीय तहको निर्वाचनको घोषणापत्र बनाउन समिति गठन, विभागको आवश्यक संख्या, निर्वाचन परिचालन लगायतका विषयमा वैठकले निर्णय गर्नेछ । पार्टी संरचना र विधानलाई प्रादेशिक संरचना अनुसार समायोजना गरिने पनि नेपाली कांग्रेसले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending