Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

आकर्षक सुटिङस्थल बन्दै सोलुखुम्बुको पत्तालेडाँडा

\"\"सोलुखुम्बु, २३ चैत । समुद्री सतहबाट दुईहजार ७०० मिटरभन्दा माथिको उचाइमा रहेको सोलुखुम्बुको पत्ताले डाँडा चलचित्र तथा म्युजिक भिडियो छायाँङकनका लागि पनि राम्रो मान्न थालिएको छ । मौसम खुलेको बेलामा चिसो हावासँगै मोहित पार्ने हिमशृङ्खलाको दृष्यसँगै घुम्न मात्र होइन, विभिन्न कथामा बन्ने चलचित्र तथा भिडियो समेत निर्माणका लागि समेत उपयुक्त थलो रहेको चलचित्रकर्मी बताउँछन् । एक महिनादेखि ‘स्वर्ग मेरो गाउँ’ चलचित्रको सुटिङ युनिट सोलुखुम्बुको पत्तालेमा छ । उनीहरुले चलचित्रको ९० प्रतिशत सुटिङ पत्ताले र आसपासका क्षेत्रमा गरिसकेका छन् । अन्तिम गीतको छायाङ्कनमा ब्यस्त भएको चलचित्र युनिट अनुकूल मौसमबाट मोहित भएको प्रतिक्रिया दिन्छन् । चलचित्रकी नायिका भावना गुरुङले अब बन्ने चलचित्र तथा म्युजिक भिडियोका लागि पनि पत्तालेलाई सिफारिस गर्ने बताउछिन् । चलचित्रका निर्माता र निर्देशक रामकृष्ण बजगाईंले निर्माणाधीन चलचित्रको कथा समेत आफैंले तयार पारेका हुन्। चलचित्रले स्वर्ग नेपालमै भएको सन्देश दिने अपेक्षा उनले गरेका छन् । बजगार्इं यहाँ अझै आधादर्जन कथामा चलचित्र छायाङ्कन गर्न सकिने सम्भावना दर्शाउनुहुन्छ । चलचित्रमा भावना गुरुङ र नरेन खड्कालगायतका दर्जनौँ कलाकर्मीले अभिनय गरेका छन् । नायक नरेन खड्का पत्तालेलाई सुटिङ हबको रुपमा विकास गर्न सकिने सम्भावना भएको बताउछन् । सो डाँडामा यसअघि पनि केही गीतको म्युजिक भिडियो छायाँङ्कन गरिसकिएको छ । स्थानीय निकायले समेत पत्तालेलाई पर्यटन विकासको आशलाग्दो क्षेत्रको रुपमा लिएको अवस्थामा त्यस क्षेत्रको विकासका लागि स्थानीयको मत पनि एक देखिएको छ । स्थानीय अगुवा प्रकाश मगर पत्तालेमा पर्यटकीय दृष्टिले प्रशस्त सम्भावना रहेकाले विकासका लागि आशलाग्दो प्रयास भइरहेको बताउछन् । सगरमाथासहित आठ हजारभन्दा माथिको उचाइ भएका करिब आधादर्जन हिमाल देख्न सकिने भएकाले पनि पत्तालेले धेरैलाई आकर्षण गरिरहेको छ । सो क्षेत्रको विकासका लागि सरकारी तथा गैरसरकारी पक्षले बेलैमा ध्यान दिनसके त्यस भेगका नागरिकलाई मात्र होइन, समग्र नेपालको अर्थतन्त्रमा समेत टेवा पुग्ने देखिन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending