Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अक्सफोर्ड विश्वविद्यालयले गाँजाको चिकित्सकीय फाइदाका बारेमा अध्ययन गर्ने

\"\"अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले क्यान्सर, दुखाई र अन्य घातक रोगहरुको उपचारमा गाँजाको फाइदाबारे अध्ययन गर्ने भएका छन् । यो अध्ययनमा १ करोड डलर खर्च हुने बताइएको छ । बेलायतका कतिपय सांसदहरुले उपचारका लागि गाँजा, चरेशको उपयोग गर्न कानुनी अनुमति दिनुपर्ने माग राख्दै सर्वेक्षणमा मत दिन आव्हान गरेपछि ५८ प्रतिशतले यसका पक्षमा समर्थन गरेका थिए । पछिल्ला वर्षहरुमा छारेरोग, बाथरोग, जीऊ सुन्निने, नशासम्बन्ध दुखाई जस्ता बिभिन्न बिमारीको उपचारमा गाँजाको चिकित्सकीय प्रयोगको महत्वलाई समर्थन गर्नेे अध्ययनहरुको क्रम बढ्दो छ । “गाँजा अनुसन्धान योजना” नाम दिइएको यो अध्ययन अक्सफोर्ड विश्वविद्यालय र भेन्चर पूँजि कम्पनी किङ्ग्स्ले क्यापिटल पार्टनरको साझेदारीमा सम्पन्न गरिने छ । यो कम्पनीले उत्कृष्ट गाँजा अनुसन्धानका लागि ग्लोबल सेन्टर स्थापना गर्न १ करोड डलर लगानी गरेको छ । अक्सफोर्ड विश्वविद्यालय अन्तर्गत अब्स्टेट्रिक्स र गाइनोकोलोजी विभागका प्रोफेसर अहमद अहमदका अनुसार, नयाँ उपचारबारे थाहा पाउन हालसम्म प्राप्त अध्ययनहरुले रोचक तथ्यहरु सार्वजनिक गरेका छन् । “यो क्षेत्रमा हुने अनुसन्धानले क्यान्सर रोगीहरुको कुशल उपचारका लागि आशलाग्दो सम्भावना खोज्ने देखिन्छ ।” यो अनुसन्धानलाई गाँजाको प्रयोगबाट अर्थो अर्थाईटिस (घुँडा, जोर्नी दुख्ने रोग) को उपचार गरेका काका सर प्ट्रिक स्टेवार्टको समेत समर्थन रहेको छ । टेलिग्राफसँग कुरा गर्दै उनी भन्छन, “दुई वर्ष अघि लस एन्जेस्लमा रहेको बेला एकजना डाक्टरले मेरो जाँज गरेपछि मलाई गाँजा रहेको औषधी किन्न अनुमतिका लागि नोट लेखिदिए । मलाई यसको प्रयोग गरेपछि दुबै हातको अर्थो अर्थाटिसमा सहयोग गर्छ भनेर सल्लाह दिइएको थियो । नियमितरुपमा क्रिम लगाउने र चपाउने सारो चकलेट जस्तो औषधी खाएपछि उनी सुत्न सक्थे । अर्कोतर्फ स्प्रे गरेको खण्डमा दिनमा औंला चलाएर मुट्ठी बाँध्न सक्ने भइन्थ्यो । “यो अनुभवबाट म अक्सफोर्ड विश्वविद्यालयको यो अनुसन्धानको दृढ समर्थन गर्छु” उनी भन्छन् । एक्स–मेन र स्टार ट्रेक फिल्मका यी कलाकार नयाँ अनुसन्धानले उनी र लाखौं अरुका लागि नयाँ आशा जगाउनेमा आशा राख्छन् । “वर्षौदेखि गाँजाबारे फैलिएको डर, पूर्वाग्रही सोच र अज्ञानता कायम रहँदै आएकोमा बेलायतका लागि यो क्षेत्रमा अनुसन्धान गरिनु निकै महत्वपूर्ण अग्रगामी कदम रहेको मैले ठानेको छु” उनको भनाई छ । बेलायतका दुई ठूला दल कन्जरभेटिभ र लेबर पार्टीले भने आधिकारिकरुपमा गाँजालाई कानुनी मान्यता दिर्ने कुराको समर्थन गरेका छैनन् । ग्रीन पार्टी र लिबरल डेमोक्र्याट्सहरुले भने केही समयसम्म चिकित्सकीय प्रयोगका लागि गाँजाको प्रयोगलाई वैधानिकता दिनुपर्ने माग गर्दै आएका छन् । अहिलेसम्म भने बिभिन्न किसिमको सुजन भएका बिरामीमा दिइने स्याटिभेक्स नामक एक मात्र गाँजाको तत्व भएको औषधी मांशपेशीको संकुचन भएमा सिफारिस गर्न लाइसेन्स दिइएको छ । तर यो मानसिकरुपमा कुनै असर नपुर्याउने नन–साइकोएक्टिभ औषधी हो । हालका मितिसम्म राष्ट्रिय स्वास्थ्य सेवाले भने फाइदा प्रमाणित गर्न निकै महङगो भएको भन्दै यसको प्रयोगलाई अस्वीकार गर्दै आएका छन । द टेलिग्राफबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies