घोराही (दाङ) । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस्न बाध्य भएका छन् भने उपलब्ध मल पनि आवश्यकताभन्दा निकै कम मात्रामा वितरण भइरहेको छ।
धान रोपाइँ र मकै बालीमा मल हाल्ने मुख्य सिजनमा पर्याप्त आपूर्ति नहुँदा किसानहरूको दैनिक कृषि कार्य प्रभावित भएको छ। घोराही उपमहानगरपालिका–१, पन्तटोलका किसान नवराज पन्तले मलका लागि लामो समयसम्म पर्खिनुपरेको गुनासो गर्नुभयो।
उहाँका अनुसार सहकारीमा आठ घण्टा लाइन बसेपछि आधा बोरा मात्र युरिया मल पाइएको थियो। “धान र मकैका लागि करिब १४ बोरा मल चाहिन्छ, तर अहिलेसम्म एक बोरा पनि पूरा पाउन सकेको छैन,” उहाँले भन्नुभयो।
त्यस्तै घोराही–२, निमुरियाका किसान गोवर्धन गिरीले बिहीबार राति ११ बजेदेखि नै सहकारीमा लाइन बसेको बताउनुभयो। रामपुरस्थित साना किसान कृषि सहकारी संस्थामा मल आउने खबर पाएपछि रातिदेखि नै किसानहरूको भीड लागेको थियो।
“धान खेतीका लागि मल अनिवार्य छ, अहिले नपाए पछि उत्पादनमै असर पर्छ,” उहाँले भन्नुभयो।
साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गुरुप्रसाद खनालका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडबाट सीमित मात्रामा मात्र मल उपलब्ध हुने भएकाले वितरण सुरु हुन नपाउँदै सकिने अवस्था छ। त्यसैकारण किसानहरू रातिदेखि नै लाइनमा बस्न बाध्य भएका हुन्।
उहाँका अनुसार सहकारीमार्फत किसानलाई आधा–आधा बोराका दरले मल वितरण गरिएको छ। “मागअनुसार मल आउँदैन, एक पटकमा करिब सय बोरा मात्र आपूर्ति हुन्छ,” उहाँले भन्नुभयो।
कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा करिब ३९ हजार हेक्टर क्षेत्रमा धान खेती गरिन्छ। यसका लागि वार्षिक रूपमा ठूलो परिमाणमा युरिया, डीएपी र पोटास मल आवश्यक पर्ने भए पनि आपूर्ति मागअनुसार हुन सकेको छैन।
कृषि सामग्री कम्पनी लिमिटेड दाङका विभिन्न शाखाहरूका अनुसार हाल केही शाखामा सीमित मौज्दात मात्र रहेको छ भने तुलसीपुर शाखामा भने मल मौज्दात नै छैन। यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पनि हालसम्म ठूलो परिमाणमा मल वितरण गरिसकेको र गोदाममा न्यून मात्रामा मात्र मौज्दात रहेको जनाएको छ।
गत पुसदेखि नै जिल्लामा रासायनिक मलको नियमित आपूर्ति हुन नसक्दा बर्खे धान खेतीको मुख्य समयमा किसानहरू गम्भीर समस्यामा परेका छन्। समयमै समाधान नभए यसले उत्पादनमा समेत असर पार्ने कृषि प्राविधिकहरूको चेतावनी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - ०८:०९
घोराही (दाङ) । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...
जेष्ठ ३० गते, २०८३ - ०७:५३
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...
जेष्ठ ३० गते, २०८३ - ०७:४६
काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...
जेष्ठ ३० गते, २०८३ - ०७:४५
काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...
जेष्ठ ३० गते, २०८३ - ०७:३०
काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...
जेष्ठ ३० गते, २०८३ - ०७:२०
काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ। गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...
जेष्ठ ३० गते, २०८३ - ०७:१६
काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...
जेष्ठ ३० गते, २०८३ - ०७:१०
सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...
जेष्ठ ३० गते, २०८३ - ०७:०२
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...
जेष्ठ ३० गते, २०८३ - ०६:५६
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको...



प्रतिकृया लेख्नुहोस्: