Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

अन्तरजातिय बिवाहको सजायः जसलार्इ नाङ्गै गाउँ घुमाइयो

\"\"नयादिल्ली, ८ वैशाख । सुन्दा पनि अचम्म लाग्न सक्छ, तर कुरा साँचो हो । भारतको राजस्थानस्थित आदिवासी जिल्ला बाँसवाडाको एउटा गाउँमा एक जोडी प्रेमीलाई निर्वस्त्र बनाएर घुमाइएको छ । दुबैका परिवार र आफन्तले नै उनीहरुमाथि यस्तो हर्कत गरेका हुन् । पक्राउ पर्नेमा उनीहरुका बुवा, काका र अन्य नातेदार छन् । यस घटनामा १८ व्यक्ति पक्राउ परेका छन् । कचरु र मोनिका नामका युवक युवती दुई वर्षअघि गुजरातमा मजदुरी गर्ने क्रममा प्रेममा परेका थिए । दुवै बाँसवाडाको सम्भपुरा गाउँका हुन् । उनीहरु फरक फरक जातिका थिए । कचरुले बीबीसीलाई फोनमा भने, ‘हामीले आफ्ना बुबा आमासँग बिहेको कुरा गर्ने हिम्मत नै गरेनौं किनकी उहाँहरु यो कुरा सुन्न पनि सक्नुहुन्नथ्यो ।’ उनीहरुले नभने पनि घर(परिवारले कतैबाट सुइको पाइहाले । मोनिकाको परिवारले अर्कै केटासँग उनको बिहे गर्ने तयारी गरे । यो थाहा पाएपछि कचरुले मोनिकालाई लिएर टाप ठोके । तर, परिवारका व्यक्तिहरुले उनीहरुलाई फेला पारिछाडे र फर्काएर ल्याए । अर्कै जातिसँग प्रेम गरेर गाउँको बदनामी गरेकाले पाठ सिकाउन भन्दै परिवार र गाउँबासीले उनीहरुलाई नाङ्गै पारेर घुमाए । केही व्यक्तिहरुले यसको भिडियोसमेत खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिदिए, जुन केही बरेमै भाइरल बनेर प्रहरीसम्म यसको खबर पुगेकाे थियाे । यो घटनापछि मोनिकाको अर्को पुरुषसँग ‘नातरा’ गरियो । नातरा एक आदिवासी संस्कार हो, जसमा पैसाको लेनदेनपछि केटा र केटी पति पत्नीको रुपमा बस्न सक्छन् । यसमा पाँच हजार रुपैयाँ केटीका परिवारले लिए र जम्मा ८० हजार रुपैयाँको करार गरियो । मोनिकाले भनिन्, ‘मलाई सपोर्ट गर्ने कोही भएनन् । मेरो बिहे कसले गराइदिन्छ रु म कचरुसँग नै जीवन बिताउन चाहन्छु । उसलाई छोड्न सक्दिनँ ।’ यस आदिवासी गाउँमा २ सय घर छन् । अधिकांश मानिसहरु निरक्षर छन् । गाउँका धेरै युवाहरु छिमेकी राज्य गुजरातमा गएर मजदुरी गर्छन् । कचरु र मोनिकालाई शुक्रबार मजिस्ट्रेटसामु पेश गरिनेछ, जहाँ धारा १६४ मुताबिक मोनिकाको बयान लिइनेछ । युवकको पक्षबाट सन्तोषजनक बयान आएको खण्डमा युवतीलाई उनीसँग जाने अनुमति मिल्न सक्छ । बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending