Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

किमलार्इ भेट्ने ट्रम्पको इच्छा

\"\"काठमाडौं, २० वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई भेट्ने इच्छा व्यक्त गरेका छन् । उत्तर कोरियाको आणविक कार्यक्रम अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति ट्रम्पले ‘उपयुक्त समयमा’ नेता उनलाई भेट्न चाहेको बताएका छन् । ‘उपयुक्त वातावरण मिलेमा मैले नेता उनलाई भेट्नेछु,’ ट्रम्पले भने । अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाका नेतासँग भेट गरेका छैनन् । ‘भेटवार्ता सम्भव छ’ उत्तर कोरियाले आफ्नो रबैया परिवर्तन गरे ट्रम्प र उनबीचको भेटवार्ता सम्भव भएको ह्वाइटहाउसले जनाएको छ । दुई नेताबीच भेटघाट हुनुपूर्व अमेरिकाले आणविक गतिविधि रोक्नुपर्ने ह्वाइटहाउसका प्रेस सेक्रेटरी सिन स्पाइसरले भने । ‘दुई नेताबीचको भेटघाटपूर्व तत्कालै उत्तर कोरियाले आफ्ना उत्तेजक गतिविधि रोक्नुपर्छ,’ स्पाइसरले भने, ‘तर, भेटका लागि अझै परिस्थिति बनिसकेको छैन ।’ प्योङयाङ निशस्त्रीकरणका लागि तयार भएपछि ट्रम्प र उन आमनेसामने वार्तामा बस्ने ह्वाइटहाउसका चिफ स्टाफ रेन्स प्राइबसले बताएका छन् । कोरियाली नेताको प्रशंसा युवा नेता उनको आफ्नै बौद्धिकता र विशेष क्षमता रहेको ट्रम्पले टिप्पणी गरेका छन् । ‘बाबुको निधनपछि उनले युवावस्थामा नै उत्तर कोरियाको नेतृत्व सम्हाले । उनको बाटोमा धेरै तगारो आउँथ्यो होला । विश्वको चिन्ता र चासोका बीच उनी देशको नेतृत्व गरेर अगाडि बढ्न सफल भएका छन् । आणविक हतियार सम्पन्न मुलुकलाई नेतृत्व दिन युवा नेता सफल भएका छन्,’ ट्रम्पले भने । तनावबीच भेटवार्ताको चर्चा उत्तर कोरिया र अमेरिकाबीच तनाव चुलिइरहेकै वेला राष्ट्रपति ट्रम्प र किम जोङ उनबीच भेटवार्ताको चर्चा भएको छ । प्योङयाङले आफ्ना आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणलाई तीव्र पारेको छ । वासिङ्टनले उत्तरका आणविक गतिविधिलाई लक्षित गर्दै कोरियाली प्रायद्वीपमा अमेरिकाले आफ्नो नौसेनाको पानीजहाज पठाएको छ । अमेरिकाले उत्तर कोरियाका आणविक गतिविधि निस्तेज पार्न दक्षिण कोरियामा थाड नाम गरेको संयन्त्र मंगलबारदेखि नै सञ्चालमा ल्याएको छ । अमेरिकाको सुरक्षा चासो उत्तर कोरियाको आणविक कार्यक्रम ट्रम्प प्रशासनका लागि महत्वपूर्ण सुरक्षा चासो बनेको छ र ट्रम्प प्रशासनका अधिकारीहरूले तत्काल कदम उठाउनुपर्ने बताउँदै आएका छन् । उत्तर कोरियाली मुद्दालाई कूटनीति ढंगले समाधान गर्नुपर्नेमा ट्रम्पले जोड दिँदै आएका छन् । यसका लागि चीनसँग निकट भएर समस्या समाधान गर्ने ट्रम्पको दाउ छ । उत्तर कोरियाको समस्या वार्ताबाटै गर्न चीनले अमेरिकालाई बारम्बार आग्रह गरिरहेको छ । उत्तर कोरियाबारे ट्रम्पको पछिल्लो भनाइले कोरियाली प्रायद्वीपको विवाद कसरी समाधान हुन्छ भन्नेबारे सर्वत्र चासो बढेको छ । गत साता मात्र अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले वासिङ्टनले प्योङयाङसँग वार्ता गर्न तयार रहेको संकेत गरेका थिए । ट्रम्पको वाचा राष्ट्रपति निर्वाचन अभियानमा पनि ट्रम्पले किम जोङ उनसँग भेट्न इच्छुक भएको बताएका थिए । उनसँग भेट गरी कोरियाली समस्या समाधान गर्न तयार रहेको उनले बताएका थिए । ‘अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएमा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गरी कोरियाली प्रायद्वीपको समस्या समाधानमा पहल गर्नेछु,’ गत जुन महिनामा ट्रम्पले भनेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies