Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

श्रीमतीको शवसँगै ६ दिनसम्म बस्ने श्रीमान

\"\"ब्रिटेनको डर्बीशायरका एक जना पुरुषले आफ्नो श्रीमतीको मृत्यु भएपछि उनको शव भएको कोठामा ६ दिन सुतेको खुलासा गरेका छन् । सर्भाइकल क्यान्सरसँग १० वर्ष संघर्ष गरेपछि अघिल्लो महिना ५० वर्षीया वेन्डी डेभिसनको निधन भएको थियो । उनका पति रसल डेभिसनले श्रीमतीको निधनले आफ्नो मुटु छिया छिया भएको भन्दै उनको लासलाई शवगृहमा पठाउन आफूलाई मन नलागेको बताए । उनले आफूले मृत्युलाई हेर्ने मानिसहरुको दृष्टिकोणलाई पनि चुनौती दिन चाहेको बताए । मृत शरीरलाई घरमा राख्न कानुनले अनुमति दिएको छ र डर्बीशायरको कोरोनर्स कोर्टले श्रीमती डेभिसनको निधनबारे उनका चिकित्सकले जानकारी गराएको पुष्टि गरेको छ । रसल डेभिसन भन्छन्, हाम्रो समाजमा मृत्युको बारेमा कुराकानी गर्न नै वञ्चित गरिएको छ, कोही पनि यसबारे बोल्नै चाहँदैनन् । उनले आफूलाई आफ्नी श्रीमतीलाई शवगृहमा वा अन्त्येष्टि आयोजनाका लागि बुझाउन मन नलागेको बताए । उनले भने मलाई लाग्यो हाम्रो परिवारकै घरमा उनलाई राखेर स्याहार गर्नुपर्छ, हाम्रो शयनकक्षमा राखेर त्यही कोठामा मलाई सुत्न मन लाग्यो । सन् २००६ मा क्यान्सर लागेको पत्ता लागेपछि डेभिसन परिवारले प्राकृतिक ढंगले नै उनको स्वास्थ्यको हेरविचार गर्ने निर्णय लिएको थियो । चिकित्सकको हातमा आफ्नी श्रीमतीको जीवन सुम्पन नचाहेको भन्दै उनले आफ्नै ढंगले अनुसन्धान गरेर श्रीमतीको जीवन बचाउने प्रयास गरेको बताए । सो परिवारले वेन्डीलाई बचाउन केमोथेरापी वा रेडियोथेरापी जस्ता उपचार विधि अस्वीकार गरेको थियो । सन् २०१४ मा वेन्डीसँग ६ महिना मात्र जीवन बाँकी रहेको चिकित्सकहरुले बताएका थिए र त्यसपछि उक्त परिवारले जीवनकै अद्वितीय समयु बिताउने क्रममा युरोपको भ्रमण गरेको थियो । तर गएको डिसेम्बरमा पीडा बढ्न थालेपछि उनीहरु घर फर्किए। रोयल डर्बी अस्पतालमा केही समय उनको उपचार पनि गराइयो तर वेन्डीले आफूले त्यहाँ अन्तिम सास फेर्न नचाहेको अडान लिइन् । सो दम्पतीले घरमा नै बाँकी समय बिताउने निर्णय लियो र अन्त्येष्टि नहुञ्जेल उनको शव पनि घरमै राख्ने निधो गर्यो । गएको अप्रिल २१ मा उनको मृत्यु भयो । वेन्डीले एकदमै शान्तिपूर्ण ढङ्गमा अन्तिम सास फेरिन, कुनै पनि पीडा खेपिनन् । उनले उक्त समयमा परिवार र साथीहरुसँगै रहनु एकदमै सुन्दर र आरामदायी अनुभव भएको सुनाए । ब्रिटेनमा चिकित्सकलाई खबर गरिएको र पाँच दिन भित्रै मृत्यु भएको दर्ता गराइएको छ भने अन्त्येष्टी नहुञ्जेलसम्म कानूनी रुपमा घरमै शवलाई राख्न सकिन्छ । उक्त शरीरलाई पखाल्न अन्त्येष्टि व्यवस्थापक वा नर्सको आवश्यकता पर्छ । यदी केही दिन धेरै शव राख्नुपर्यो भने एक जना अन्त्येष्टि व्यवस्थापकले शवलाई सुरक्षित ढंगले राख्नुपर्छ । डर्बीका एकजना कानुन व्यवसायी ज्याक वार्डले मृत्युबारे जानकारी दिइएको र दर्ता गराइएको छ भने अन्त्येष्टि नहुञ्जेलसम्म शव घरमा राख्न कानुनी रुपमा मिल्ने उल्लेख गरे । उनी भन्छन्, ऐतिहासिक रुपमा मानिसहरुको मृत्यु घरमा नै हुन्थ्यो र उनीहरुको शव अन्त्येष्टिसम्म घरमै राखिन्थ्यो । बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies