Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

मन्त्री बन्न हानथाप

\"\"काठमाडौं, २७ जेठ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएर सत्तासीन दलहरूभित्र भाँडभैलो मच्चिएको छ। यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ। अाजको नागरिक दैनिकमा खबर छ– सबै दलमा मन्त्री हुने आकांक्षी बढी भएपछि विवाद टुंग्याउन नसक्दा प्रधानमन्त्री देउवाले सुरुमा ८ सदस्यीय मन्त्रिमण्डल बनाएका छन। स्रोतका अनुसार देउवाले दोस्रो चरणको चुनावअघि केही मन्त्री थप्ने सोच बनाएका छन तर सरकारमा कसकसलाई थप्ने भन्नेबारेमा सतासीन दलभित्रै भाँडभैलो उत्पन्न भएको छ। सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस र अर्को प्रमुख सत्ता साझेदार माओवादी केन्द्रमा मात्र नभई फोरम लोकतान्त्रिक नेपाल र राप्रपाभित्र पनि मन्त्री को बन्ने भन्ने विषयलाई लिएर विवाद उत्पन्न भएको छ। नेपाली कांग्रेसमा रामचन्द्र पौडेल पक्षले पाँच मन्त्रालय मागेको छ। चारभन्दा कम मन्त्रालय पाए नाम नै सिफारिस नगर्ने अडानमा पौडेल पक्ष छ। देउवाले सुरुमै पौडेल पक्षका महेश आचार्यलाई सरकारमा ल्याउने तयारी गरेका थिए। तर पौडेल पक्षले उनको नाम नै सिफारिस गरेन। स्रोतका अनुसार पौडेल पक्षले सुरुमै एक उपप्रधानमन्त्रीसहित चार मन्त्रालय दाबी गरेको थियो। तर पौडेल पक्षले अब उपप्रधानमन्त्री पाउन नसक्ने भएपछि ५ मन्त्रालय मागेको छ। आफ्नो भागमा पर्ने मन्त्रालय प्रभावशाली हुनुपर्ने माग पनि पौडेल पक्षको छ। कांग्रेसबाट दुइ दर्जनभन्दा बढी नेता मन्त्रीका आकांक्षी छन। उनीहरूको व्यवस्थापन गर्न प्रधानमन्त्री देउवालाई सकस परेको छ। प्रमुख सत्ता साझेदार माओवादी केन्द्रमा पनि मन्त्री बन्ने विषलाई विवाद बढेको छ। कृष्णबहादुर महरालाई उपप्रधानमन्त्रीसहित सरकारमा दोहर्‍याइएपछि नारायणकाजी समूह असन्तुष्ट रहेको स्रोतले बतायो। उनले गिरिराजमणि पोखेरलको नेतृत्वमा सरकारमा माओवादी जानुपर्ने सोच बनाएका थिए। तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरालाई नै दोहर्‍याउने निर्णय गरे। माओवादी केन्द्रबाट जनार्दन शर्मा पनि सरकारमा दोहरिएका छन्। त्यस्तै टोपबहादुर रायमाझीले पनि पार्टीबाट नेतत्व गर्दै आफू सरकारमा जाने इच्छा राखेका थिए तर रायमाझीको इच्छा पनि पूरा नभएपछि उनी असन्तुष्ट बनेका छन्। नेपाली कांग्रेसले ११ र माओवादी केन्दले ७ मन्त्रालय पाउने सहमति भएको छ। आफूले पाएका बाँकी मन्त्रालयमा कसकसलाई पठाउने भन्ने टुंगो लगाउन दाहाललाई सकस भएको छ। देउवा भने प्रचण्ड सरकारमा मन्त्री बनेका पार्टीका कुनै पनि नेतालाई दोहोर्‍याउने पक्षमा छैनन् तर केहीलाई दोहोर्‍याउन उनीमाथि दबाब छ। स्रोतका अनुसार देउवाले आफूलाई भेट्न जानेलाई पनि सरकारमा पुरानालाई नदोहोर्‍याउने बताउने गरेका छन्। राप्रपामा पनि सरकारमा कोको जाने विषयलाई लिएर रडाको चलेको छ। प्रधानमन्त्रीले राप्रपालाई उपप्रधानमन्त्री दिन चाहेका छैनन्। राप्रापा अध्यक्ष कमल थापा भने उपप्रधानमन्त्री नपाए सरकारमा नजाने अडानमा छन्। पशुपतिशमसेर राणा पक्षधर नेताहरू भने उपप्रधानमन्त्री नपाए पनि पार्टी सरकारमा जानुपर्ने लाइनमा छन्। राप्रपाले सरकारमा ४ वटा मन्त्रालय मागेको छ। सरकारमा जानेबारे वार्ता गर्न राप्रपाले तीन सदस्यीय समिति पनि बनाएको छ। तर राप्रपाको समितिसँग प्रधानमन्त्रीले अहिलेसम्म औपचारिक वार्ता गरेका छैनन्। सरकारमा जाने अवस्था आए कसकसलाई पठाउने भन्नेबारेमा पनि राप्रपाभित्र ठूलो विवाद छ। प्रचण्ड नेतृत्व सरकारमा सहभागी विक्रम पाण्डे, दीपक बोहोरा, दिलनाथ गिरी देउवा सरकारमा पनि दोहरिनुपर्ने अडानमा छन्। राप्रपाका अधिक सांसद नयाँलाई मौका दिनुपर्ने पक्षमा रहेको स्रोतले बतायो। राप्रपा प्रवक्ता भुवन पाठकले पार्टीले उपप्रधानमन्त्रीभन्दा पनि सरकारमा सम्मान जनक हैसियत पाउनुपर्ने बताउँछन्। \'उपप्रधानमन्त्रीभन्दा पनि सरकारमा सम्मानजनक हैसियत पार्टीले पाउनुपर्छ भन्ने हाम्रो माग हो,\' पाठकले भने। विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा पनि कसलाई मन्त्री बनाउने भन्ने विवाद छ। गच्छदार उपप्रधानमन्त्रीसहित सरकारमा गएका छन्। दाहाल नेतृत्वको सरकारमा गएका नेताहरू पुनः देउवा सरकारमा जान इच्छुक छन्। अर्को पक्ष नयाँलाई प्राथमिकता दिनुपर्ने अडानमा रहेको स्रोतले बतायो। पार्टी अध्यक्ष गच्छदारले पहिलो तीन महिनाका लागि प्रचण्ड सरकारमा सहभागीलाई नै मन्त्री बनाउने र त्यसपछि उनीहरूलाई हटाएर नयाँलाई पठाउने भन्दै विवाद मिलाएको स्रोतको दाबी छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy