काठमाडाैं । आगामी मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै नेपाल टेलीकमले एनटी क्रिकेट धमाका प्याक ल्याएकाे छ । टेलीकमले सम्पूर्ण क्रिकेटप्रेमीहरुले अनवरत रुपमा खेलको आनन्द लिन पाउन् भन्ने उद्देश्यसाथ एनटी क्रिकेट धमाका प्याक सार्वजनिक गरेको हाे ।
मंसिर १३ गते लाजिम्पाटस्थित होटल ¥याडिसनमा नेपाल टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको MEET & GREET कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रुपमा उक्त एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गेका हुन् ।
यस योजना अन्तर्गत प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि रु. ६९९ मा ३०० जीबी डाटा उपलब्ध हुने टेलिकमले जनाएकाे छ । जसमा प्रतिदिन १० जीबी डाटा प्रयोग गर्न सकिने र १० जीबीको लिमिट पूरा भए बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।
यसैगरी रु. ४९९ मा प्रतिदिन ५ जीबीका दरले १५० जीबी डाटा उपलब्ध हुनेछ । जसमा ५ जीबीको लिमिट पूरा भए बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने टेलीकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । पोष्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टल समेत समावेश गरिएका धमाका प्याकहरुको समयावधि ३० दिन रहेको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको ढकालकाे भनाइ छ ।
आज (२०८१ मङ्सिर १४) देखि आगामी पौष ६ गते सम्म लागू हुने एनटी क्रिकेट धमाका प्याकहरु मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत खरिद गर्न सकिनेछ ।
सम्पूर्ण खेलप्रेमीको खेलप्रतिको लगावलाई सम्बोधन गर्ने प्रयास स्वरूप सबैले नेपाल प्रिमियर लिगका खेलहरु सस्तो दरमा आफ्नै डिभाइसमा सहज तवरले हेर्न सकुन् भन्ने उद्देश्यले धमाका प्याक सार्वजनिक गरिएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले जाकारी दिइन् ।
नेपाल प्रिमियर लिग सम्पन्न हुने किर्तिपुरस्थित क्रिकेट मैदानमा हुनसक्ने क्रिकेटप्रेमी दर्शकको अत्यधिक चापलाई ध्यानमा राखी अविछिन्न दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनीले मैदान वरिपरि small cell लगायतका उपकरणका साथसाथै क्रिकेट एसोसियन अफ नेपाल (क्यान) को अनुरोधमा Media Centre सञ्चालनका लागि १ जीबीपीएस गतिका २ थान FTTH नि:शूल्क जडान कार्य समेत सम्पन्न गरिसकिएको टेलिकमका प्रवक्ता ढकालले जाकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - २०:४२
सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...
चैत्र ३ गते, २०८२ - २०:४१
ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...
चैत्र ३ गते, २०८२ - २०:१२
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...
चैत्र ३ गते, २०८२ - १९:५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...
चैत्र ३ गते, २०८२ - १९:०३
एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण
चैत्र ३ गते, २०८२ - १९:०१
जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...
चैत्र ३ गते, २०८२ - १८:५३
कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...


प्रतिकृया लेख्नुहोस्: