Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

द्वन्द्वमा मारिने र बेपत्ताको संख्या बढेको–बढ्यै

\"\"काठमाडौं, २३ असार । माओवादी द्वन्द्वका क्रममा मृत्यु तथा बेपत्ता हुनेको संख्या कार्यदलपिच्छे थपिने गरेको छ । पछिल्लोपटक गठन भएको कार्यदल (पाँचाैँ)सम्म आइपुग्दा मृतक र बेपत्ता हुनेको संख्या १९ हजार ८ सय ६ पुगेको छ । यसअघिको कार्यदलले मृतक र बेपत्ताको संख्या १७ हजार ८ सय ८६ तोकेको थियो । अाजको नयाँ पत्रिकामा खबर छ– पछिल्लो पटक सीतादेवी यादव शान्तिमन्त्री हुँदा रामचन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल बनाएकी थिइन् । कार्यदलमा सुभाषचन्द्र यादव, सुनिता रेग्मी, धर्मबहादुर केसी र वृषराज गुरुङ सदस्य थिए । द्वन्द्वका क्रममा (१ फागुन ०५२ देखि ५ मंसिर ०६३ सम्म) मारिएका र बेपत्ता भएकाको तथ्यांक राखिएको शान्ति मन्त्रालयअन्र्तगतको राहत तथा पुनस्र्थापना इकाइका निमित्त प्रमुख देवराज जोशीले बताए । द्वन्द्वका क्रममा १० हजार ९ सय ९६ जना घाइते भएका छन् । घाइतेलाई उपचार खर्चवापत बढीमा एक लाख रुपैयाँसम्म दिइने जोशीले बताए । ८२ हजार ६ सय ६१ घरपरिवार विस्थापित भएका थिए । उनीहरूलाई प्रतिपरिवार २५ हजारका दरले राहत दिइने भएको छ । सरकारैपिच्छे गठन हुने कार्यदलले आशंका उब्जिएको चौथो कार्यदलका संयोजक दीपेन्द्र पुन ‘सिजल’ले बताए । ‘द्वन्द्वमा मृत्यु तथा बेपत्ता भएका व्यक्ति छुट्नु र दोहोरिनुहुँदैन,’ उनले भने, ‘वास्तविक छानबिन गरेर मात्र संख्या किटान गरिनुपर्छ ।’ कुन कार्यदल कहिले ?– माओवादी शान्तिप्रक्रियामा आएपछि २७ जेठ ०६४ मा श्रीकान्त रेग्मीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । पहिलो कार्यदलको समय १६ भदौ ०६५ मा सकिएको थियो । – ११ कात्तिक ०६५ मा गोविन्दप्रसाद पाण्डेको संयोजकत्वमा दोस्रो कार्यदल बन्यो । उक्त कार्यदलको समय ११ असार ०६६ मा सकियो । – १० भदौ ०६६ मा मोतीप्रसाद पौडेलको संयोजकत्वमा तेस्रो कार्यदल बन्यो । उक्त कार्यदलको समय ११ असार ०६८ मा सकियो । – ८ कात्तिक ०६८ मा दीपेन्द्रकुमार पुन ‘सिजल’को संयोजकत्वमा चौथो कार्यदल बन्यो । उक्त कार्यदलको समय १० असार ०७० मा सकियो । – १० भदौ ०७१ मा नरबहादुर पुनको संयोजकत्वमा पाँचौँ कार्यदल बन्यो । उक्त कार्यदलको समय ५ वैशाख ०७२ मा सकियो । – ११ फागुन ०७३ मा परीक्षणका लागि भन्दै रामचन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल गठन भयो । ३ महिनाका लागि गठन भएको कार्यदलले ४५ दिन लगाएर पाँचौँ कार्यदलले तयार पारेकै प्रतिवेदन पेस गर्यो । अझै तीन हजार राहत लिन आएनन् १९ हजार ८ सय ६ मध्ये १६ हजार ३ सय ३८ जनाले मात्र राहत लिएका छन् । ३ हजार ४ सय ६८ जना अझै राहत लिन नआएको जोशीले बताए । द्वन्द्वमा माओवादीले उपनाम राख्ने गरेकाले नाम दोहोरिएकाहरू राहत लिन नआएको हुन सक्ने उनले औँल्याए । उनले भने, ‘कार्यदले सिफारिस गरेकालाई पछि भए पनि राहत दिन्छौँ, कतिपय मृतकका परिवार विदेश भएकाले पनि लिन नआएको हुन सक्छ ।’ द्वन्द्वपीडित परिवारले जहिले आए पनि रकम लिन सक्ने जोशीले बताए । १० लाख दिन अख्तियारी सरकारले द्वन्द्वमा मारिएका परिवारलाई दिने रकम १० लाख पुर्या‍एको छ । यसअघि ५ लाख लिइसकेका पीडित परिवारले थप ५ लाख रुपैयाँ पाउने भएका छन् । राहतका लागि ८ अर्ब ७१ करोड ६२ लाख १० रुपैयाँ निकासा भइसकेको छ । असारभित्र जिल्ला प्रशासन कार्यालयबाट राहत लिइसक्नुपर्नेछ । सरकारले पहिलो किस्तामा एक लाख, दोस्रो किस्तामा दुई लाख र तेस्रो किस्तामा दुई लाख गरी प्रतिव्यक्ति पाँच लाख रुपैयाँ राहत दिइसकेको छ । कसरी लिने राहत ? राहत लिन आउने मृतक परिवारका नजिकका सदस्यले गाउँपालिका र नगरपालिकाबाट सफारिस लिनुपर्नेछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको समितिले सिफारिस प्रमाणित गर्नुपर्नेछ । राहत लिँदा मृतकको नजिकको हकदार यकिन गर्नुपर्नेछ । नाबालकको हकमा निजकोे संरक्षकले निवेदन दिनुपर्नेछ । नागरिकताको प्रमाणपत्र, नाता प्रमाणित, नाबालकको संरक्षकको हैसियतले निवेदन दिँदा सम्बन्धित गाउँपालिका र नगरपालिकाबाट नाबालकको संरक्षक भएको प्रमाणित कागजात हुनुपर्नेछ । मृतकका परिवारका सदस्यमध्ये जो जीवित छ उसैलाई मृतकको हकदार मानिनेछ । जसमा सगोलको पति वा पत्नी, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री, विधुवा छोराबुहारी, छोराछोरी दुवैको मृत्यु भइसकेको अवस्थामा नजिकको नाति र अविवाहित नातिनीले लिन सक्नेछन् । त्यसैगरी, सगोलका बाबु–आमा, सगोलका बाजे–बज्यै, अविवाहित महिलाको सगोलका सासू–ससुराले लिन सक्नेछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy