नेपाली समाज युएईलाई नयाँ संस्थामा रूपान्तरण गरौं, दर्ता गरौं
आषाढ़ २३ गते, २०७४ शुक्रवार 7th July, 2017 Fri०८:५१:५५ मा प्रकाशित
[caption id=\"attachment_122757\" align=\"alignleft\" width=\"485\"] लेखक[/caption]
नेपाली समाज युएईको अधिवेशन सँगसँगै नयाँ नेतृत्वमा कस्ता व्यक्तिहरु आउनुपर्छ भन्ने बहस हुन थालेको छ । बहसको आवश्यकता हिजो पनि थियो तर आज त्यो आवश्यकता अझै टड्कारो देखिएको छ ।
नेपाली समाज युएईको अधिवेशन यही शुक्रबार जुलाई ७ तारिकका दिन दुबईमा हुन गईरहेको छ । नेपाली समाजको अध्यक्ष पदमा चन्द्रप्रसाद सापकोटा र धादिङ समाज युएईका अध्यक्ष भीम अधिकारीले उम्मेद्वारी दर्ता गरेका छन । त्यसैगरी महासचिवमा तोयानाथ लम्साल (नारायण) र उपाध्यक्षमा कमला भण्डारी, प्रविणकाजी श्रेष्ठ र मोहम्मद नोमान सिद्दिकीले उम्मेद्वारी दर्ता गरेका छन । यद्दपी कमाल भण्डारीले उम्मेद्वारी फिर्ता लिईसकेकी छिन । कृष्ण पौडेलले सचिवमा र गोबिन्द प्रसाद भट्टराईले कोषाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका छन् । गणेश न्यौपाने, हरी प्रसाद चापागार्इं र बिक्रम पौडेलले सदस्यमा उम्मेद्वारी दर्ता गरेका छन् । युएईमा रहेका जानबुझेका नेपालीलाई नेत्रित्व दिन सक्ने अनुहारहरु यिनै हुन् । युएईमा पनि थिए होलान नि \"अक्स्फोर्ड विश्वबिद्यालय\" पढेकाहरु ? राम्रा व्यक्तीहरु, डाक्टर, ईन्जिनियर, नर्स, शिक्षक, ब्यवसायी, असल सर्बसाधारण नभएकै हुन त ? प्रश्न उठेको छ । उम्मेद्वारी पनि कम पर्नु, परेका पनि चित्र बिचित्रका पर्नुले अब यसको औचित्य माथि प्रश्न उठाउनु पर्ने बेला भएको छ ।
यहाँ निर्वाचन समितिको बारेमा पनि कुरा उठ्न थालेका छन । कुनै राजनैतीक पद नलिएका ब्यक्तिहरु संस्थाको पदाधिकारीमा आउनु पर्ने नियमलाई उल्लङ्घन गरिएको आरोप लाग्न थालेका छन । अहिले देखिएका अनुहारहरु कोही कोही त कुनै कुनै राजनीतिक दलका केन्द्रीय सदस्यसम्म भएका छन् । उनीहरु विरुद्धका दाबी बिरोध खारेज भएका छन् । यसले गर्दा अधिवेशनमा विवाद निम्तने सक्ने खतरा पनि रहेको छ । तथापी निर्वाचन समितीको काम कारबाहीको बारेमा बहस गर्नु भन्दा पनि आजको बहस सिंगो संस्थाकै औचित्य माथि हो ।
बजारमा नेतृत्वको बारेमा बेलाबखत बिभिन्न नकारात्मक कुराहरु आउने पनि गरेका छन । त्यस्ता नकारात्मक कुराहरुले समाजसेवा गर्न मन भएकाहरुमा नैराश्यता पैदा गर्ने छ । तर नकारात्मक कुराहरु, नेतृत्व र संस्थाको बद्नाम गर्नेहरु सर्वसाधारण नेपाली नभएर कुनै न कुनै बेला तिनै समाजका नेतृत्व गर्नेहरु नै हुन् । युएईमा अर्काको पैसा खाएर भाग्ने, लुट्ने, हुण्डी र सुनको व्यवसाय गर्ने, भिजिट भिसाको ब्यापार गर्नेहरु कुनै न कुनै संगठनमा आबद्द छन् । ती संस्थाको आडमा नेपालीहरुलाई ठगी गर्ने गरेका छन् । जस्तो गत साल हुण्डीको पैसा ठगी गरी युएईबाट भागेका लक्ष्मण भण्डारी हुन् वा केही समय पहिले अलऐन बाट फरार व्यक्ति हुन् तिनिहरु कुनै न कुनै संस्थामा आबद्द थिए । यसैको कारणले युएईको समग्र नेपाली समुदायमा नेपाली समाजसेवीहरुको छबी त्यती राम्रो भएको पाईन्न ।
नेपाली समाज युएईमा अहिले मनोनयन गरिएका व्यक्तिहरु मध्ये केहीको छबि पनि त्यो भन्दा कम छैन । अर्थात राम्रो छैन । कोही रक्सी खाएर प्रधानमन्त्रीलाई तथानाम गाली गर्ने, सर्बसाधारणको जागिर खाइदिने भन्दै धम्क्याउने देखी कोही कुनै बेला मानव तस्करमा नाम जोडीएकाहरुले मनोनयन गरेका छन र तिनै मध्येले नेपाली समाजलाई नेतृत्व गर्ने पक्कापक्की पनि छ । जानकारहरुका अनुसार मनोनयन दर्ता गरेका मध्ये एक जना उम्मेद्वार त नेपालमा मानव तस्करको आरोपमा केही महिना जेल सजाय काटिसकेका व्यक्ति समेत छन । श्रोतका अनुसार तिनी कुनैबेला प्रतिबन्धित मुलुक ईराकमा मानव ब्यापार गर्ने गर्थे । यदि यो सत्य हो भने यस्तो अवस्थामा नेपाली समाज युएईबाट नेपाली कामदारहरुले के आशा गर्न सक्छन ? के त्यस्ता व्यक्तिहरुले समाजको नेतृत्व गर्न सक्छन ?
आखिर यस्तै समाज निर्माण गर्ने हो भने यो समाजको आवश्यकता समाप्त भएको छ । नेपाली समाजलाई अब खारेज गरिनु पर्दछ । दलाल, भ्रष्ट र नैतीक आचरणले दाग लागेका व्यक्तिहरुलाई नेता बनाउन कुनै पनि संस्था चाहिन्न । १९९० मा खोलिएको पुरानो संस्था भन्दै यस्ता व्यक्तीहरुलाई नेतृत्व दिईनु भन्दा खारेज गरिनु पर्दछ । पुरानो हुँदैमा त्यसैको ब्याज खाईरहनु पर्दैन । नराम्रो बिरुवा भए काटेर फाल्ने र राम्रो बिरुवामा राम्रो फल पनि फलाउन सकिन्छ ।
त्यसो भए नेपाली समाज युएईको खारेज नै यसको समाधान हो ?
हैन । सबै संघसंस्था मिलेर युएईको कानुन बमोजिम नेपाली क्लब (संस्था) दर्ता गरिनु पर्दछ । युएईको सरकारले धेरै पटक अबैधानिक समाजिक संस्थाहरुलाई कानुनी दायारामा आउन जानकारी गराईसकेको छ । नेपालीहरुले के के र कस्तो कस्तो कार्यक्रम कहाँ कहाँ गर्छन् भन्ने कुरा युएईको सरकार राम्ररी जानकार छ । पटक पटकको चेतावनी पश्चात पनि नेपालीहरुले यस्ता हर्कत बन्द गरेनन भने युएई सरकारले कारबाही गर्नेछ ।
तसर्थ अब यो नेपाली समाज युएई खारेज गरौ र नयाँ संस्था दर्ता गरौं । पुरानो संस्था हो, माया लाग्छ र खारेज गर्न सकिदैन वा खारेज नगरौ जस्तो लाग्छ भने यसलाई परिमार्जन गरौं । असल व्यक्तिहरु खोजौं, विधान परिमार्जन गरौं र नयाँ संस्थामा रुपान्तरण गरौं । युएईको कानुन बमोजिम गरौं । दर्ता गर्न के के प्रकृया पुरा गर्नु पर्ने हो पुरा गरौ । कार्यक्रम र कृयाकलाप लुकेर नगरौं, खुलेर गरौं । चोर बाटो हैन सिधा बाटो हिडौँ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: