वासिङ्टन डिसि । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि हुने क्रममा हाल संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले आज कमर्सका प्रतिनिधिहरुसंग भएको राउण्डटेवल बैठकमा उक्त आग्रह गरेका हुन् ।
नेपालमा अन्य मुलुकको तुलनामा लगानिकर्ताको लागि सस्तो र गुणस्तरीय सूचना प्रविधि सम्वद्ध जनशक्ति उपलब्ध रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले कानूनी र प्रक्रियागत सुधार गरी लगानीको वातावरण तयार गरिएकाले सो को लाभ उठाउन अमेरिकी व्यावसायिलाई आग्रह गरे ।
सूचना प्रवधिको क्षेत्रमा एक डलरमै कम्पनी स्थापना गर्न सक्ने र पांच वर्षसम्म आयकरमा पचास प्रतिशत छुट दिने सरकारको नीति बारे जानकारी दिंदै उपप्रधानमन्त्री पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी बढाउन आग्रह गरे ।
कार्यक्रममा युएस चेम्बर अफ कमर्स दक्षिण एसिया उपक्षेत्रका बरिष्ठ उपाध्यक्ष अतुल केशपले दर्जनौ अमेरिकी कम्पनी नेपालमा लगानी गर्न चासो र उत्सुक रहेको वताउनु भएको थियो। उहाँले हालै नेपाल सरकारले गरेको लगानीसंग सम्वन्धित दर्जन हाराहरी कानूनको सुधार एवं परिमार्जन, सार्वभौम क्रेडिट रेटिङ र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठनले व्यावसायिक वातावरण वनाउनमा योगदान गरेको उल्लेख गर्दै नेपालले गरेको सुरधार प्रयासको प्रशंसा पनि गरेका थिए ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानीको लागि प्रशस्त संभावना र उपयुक्त वातावरण बनेको उल्लेख गर्दै अमेरिकी उद्यमी व्यावसायीलाई नेपालमा लगानी विस्तार गरी लाभ लिन आग्रह गरे । कार्यक्रममा उपस्थित युएस चेम्वर अफ कमर्सका प्रतिनिधिहरुले नेपालमा सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा लगानी गर्नका लागि उत्सुक रहेको धारणा राखेका थिए ।
यसैबीच आजै उपप्रधानमन्त्री पौडेलसंग अन्तराष्ट्रिय मुद्रा कोषका उप प्रबन्ध निर्देशक बो लिको भेटवार्ता भएको छ। भेटका क्रममा उपप्रधानमन्त्री पौडेलले सहुलियतपूर्ण कर्जा सुविधा, नीतिगत सल्लाह सुझाव र क्षमता विकास लगायतका विभिन्न कार्यक्रम मार्फत नेपालको आर्थिक विकासमा कोषले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा कोषले थप योगदान गर्ने अपेक्षा समेत राखेका थिए । भेटका क्रममा उपप्रधानमन्त्री पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता संस्थाको मूल्याङ्कनले नेपालको अर्थतन्त्रमा सुधार भइरहेको देखाएको तथ्य उल्लेख गर्दै आगामी दिनमा कोषका सुझावहरुलाई समेत ध्यानमा राखि आर्थिक सुधारका कार्य अगाडी वढाउने जानकारी दिए ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग आजै मिलेनियम च्यालेन्ज कर्पोरेशन-एमसिसिका सिईओ एलिस अलब्राईट र उपाध्यक्ष क्यामरन अल्फर्डको समेत भेटवार्ता भएको थियो। भेटका क्रममा नेपालमा एमसिसि परियोजना कार्यान्वयनको पछिल्लो प्रगति अवस्था र थप वित्तीय सहायता परिचालनका सम्वन्धमा छलफल भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८३ - १८:१३
पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २७ जना घाइतेलाई पोखरा रिफर गरिएको छ। पोखराबाट भैरहवा...
बैशाख ११ गते, २०८३ - १८:०३
काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ। गोल्छालाई बिहीबार काठमाडौंको नक्सालबाट केन्द्रीय अनुसन्धान ब्य...
बैशाख ११ गते, २०८३ - १७:४४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुमवासी बस्तीको समस्या आफ्नो नेतृत्वको सरकारले समाधान गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा ...
बैशाख ११ गते, २०८३ - १७:३५
काठमाडौँ। नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल...
बैशाख ११ गते, २०८३ - १७:२५
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ।...
बैशाख ११ गते, २०८३ - १७:१४
काठमाडौं । काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो ले अपरेसनका क्रम...
बैशाख ११ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले उपत्यकाभित्र रहेका अव्यवस्थित बस्ती हटाएर व्यवस्थित गर्न सबै सरोकारवाला निकायलाई समेटेर विस्तृत कार्ययोजना तयार गरेको छ। शहरी वि...
बैशाख ११ गते, २०८३ - १७:००
काठमाडौं । तनहुँको शेराफाँट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीका अनुस...
बैशाख ११ गते, २०८३ - १६:५२
काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्...
बैशाख ११ गते, २०८३ - १६:३५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सच...


प्रतिकृया लेख्नुहोस्: