Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

भीभीआइपीलाई उच्च सुरक्षा थ्रेट ?

\"\"काठमाडौं । मुलुकका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीमात्रै हैनन्, हरेक मन्त्रीसमेत चार तहको सुरक्षा घेरामा हिँड्छन् । निवास, सवारी र व्यक्तिगत सुरक्षामा सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो घेरा हुन्छ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी हरदम उनीहरूको सुरक्षा चुनौतीको सूचना संकलन र विश्लेषणमा खटिन्छन् । अाजको नागरिक दैनिकमा खबर छ– अंगरक्षकसमेत २ वटा सुरक्षा निकायबाट खटिएका छन् सेना र प्रहरी। कतै हिँड्नुपर्‍यो भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अगाडि र पछाडि दुबैतिरबाट घेरा हाल्छन्। सार्वजनिक कार्यक्रममा वरिपरि सुरक्षाकर्मीको घेरा अनिवार्य छ। उनीहरू सहभागी हुने सार्वजनिक कार्यक्रममा मात्र हैन, बन्द कोठामा भएका सरकारी कार्यक्रममा समेत सुरक्षाकर्मी उपस्थित रहन्छन्। जुनसुकै कार्यक्रम होस् वा बैठकमा नै किन नहोस्, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मका पछाडि सेना उभिनु अनिवार्य झैं देखिन्छ। यतिसम्म कि राष्ट्रपतिको सुरक्षा खर्च मात्रै मासिक ८२ लाख छ भने प्रधानमन्त्रीको लागि ७८ लाख रुपैयाँ छ। बहालवाला पदाधिकारीमात्रै हैन, पूर्वप्रधानमन्त्री र मन्त्रीहरूको सुरक्षा प्रबन्ध पनि चर्कै छ। उनीहरूको निवास, सवारी र व्यक्तिगत सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या बाक्लै छ। गृह मन्त्रालयले तयार पारेको विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७० ले बहालवाला र पूर्वपदाधिकारीलाई अतिविशिष्ट, विशिष्ट, मध्यम र सामान्य गरी चार तहमा वर्गीकरण गरेको छ। सोही आधारमा अति उच्चस्तरको खतरा, उच्चस्तरको खतरा, मध्यम र सामान्यस्तरको खतरा गरी चार तहमा थ्रेटलाई वर्गीकरण गरी त्यसैअनुसार सुरक्षा प्रवन्धलाई पनि विभाजन गरिएको छ। र, त्यसैअनुरुपको व्यवस्था गरिएको छ। गृहको सुरक्षा चुनौती वर्गीकरण र परिचालन शैली हेर्दा राष्ट्रपतिदेखि मन्त्रीसम्म उच्च सुरक्षा जोखिममा रहेको देखिन्छ। के त्यस्तै हो त? सुरक्षाविद् दीपकप्रकाश भट्टको भनाईमा \'पदमा रहेका वा पूर्वअधिकारी अन्तर्राष्ट्रिय आतंकवादी समूह, पृथकतावादी वा हतियारधारी विद्रोही समूह र संगठित आपराधिक समूहबाट उन्पन्न हुने सुरक्षा जोखिममा देखिँदैन।\' अहिलेको सुरक्षा चुनौती सामान्य आक्रोशबाट उत्पन्न हुने अवस्थाको व्यवस्थापन मात्रै भएको उनको भनाई छ। यो भनेको मध्ययमस्तरको चुनौतीमात्रै हो तर सुरक्षाकर्मी परिचालन शैली हेर्दा भने उच्चसुरक्षा जोखिममा रहेजस्तो देखिन्छ। \'अहिलेको अवस्थामा नेपालमा उच्चसुरक्षा जोखिम बढाउने समूह सक्रिय छैनन्। यस्तो अवस्थामा मध्ययम स्तरको सुरक्षा प्रबन्ध नै काफी हुन्छ,\' भट्टले भने, \'बाक्लो सुरक्षा घेरामा बस्दा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल अति असुरक्षित रहेछ भन्ने गलत सन्देशमात्र प्रवाह भइरहेको छ।\' नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकालसमेत भट्टको विश्लेषणमा सहमत छन्। उनको विश्लेषणमा समेत अहिलेको सुरक्षा चुनौती मध्यम नै हो। \'भिभिआइपी\' र \'भिआइपी\'हरूको दैनिकी र उनीहरूको व्यवहारबाट कुन तहको सुरक्षा जोखिम रहेछ भन्ने देखिन्छ। सामान्य विवाह, पास्नीमा पार्टी प्यालेसमा आयोजना भएका कार्यक्रममा समेत सहजै सहभागी भइरहनुले समेत सुरक्षा खतरा मध्यममात्रै छ भन्ने पुष्टि हुने ढकालको तर्क छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy