Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

तिलाठीको बल्झिरहने घाउ

\"\"काठमाडौं । वर्षा लाग्नासाथ तिलाठीवासीको निद्रा खोसिन्छ । सप्तरीमा टन्टलापुर घाम लागे पनि तिलाठी नदीको मुहान चुरे क्षेत्रमा वर्षा हुँदा बाढीको भय हुने गर्छ । तिलाठी क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ । बाढीबाट बर्सेनि ठूलो क्षति हुन्छ । सरकारले केही राहत दिने घोषणा पनि गर्छ तर स्थायी समाधान कहिल्यै हुँदैन । थोरै-थोरै राहतभन्दा स्थायी रूपमै बाढी रोक्ने उपाय गरिदिन तिलाठीवासीले सरकारसँग माग गरेका छन् । \'औषधोपचार र खानेकुरा किन्न दैनिक बजार निस्कनुपर्छ\', स्थानीय सीतादेवी यादवले भने, \'बाढी आएका बेला कसरी जानु ? \' अाजको अन्नपूर्ण पोस्टमा खबर छ– अर्का स्थानीय विनोदकुमार यादवले यो समस्या वर्षौं पहिलेदेखि रहेको भन्दै सरकारले वास्ता नगरेको गुनासो गरे । \'अब यसको स्थायी समाधान चाहियो\', उनले भने ।तिलाठी डुब्नुको एउटै कारण हो, खाँडो नदी । भारतीय पक्षले बहाव रोक्ने प्रयास गरेपछि यो नदी नेपाली भूमि हुँदै दक्षिण भेगतिर बग्छ । भारतीय पक्षले बाँध बाँधेर खाँडोको पुरानो बहाव परिवर्तन गरेपछि तिलाठी डुब्न थालेको हो । यसको स्थायी समाधानका लागि दुई देश (भारत र नेपाल) बीच तिलाठीलाई भलुवाही खोलामा खसालेर बहाव नियन्त्रण गर्ने सहमति भएको थियो । सन् २०१४ मा दुवै देशका प्राविधिकले संयुक्त रूपमा सर्भे गरेर काम अघि बढाउने सम्झौता भए पनि अहिलेसम्म काम हुन सकेको छैन । यसको मार यहाँका जनताले खेप्दै आएका हुन् । अघिल्लो वर्ष पनि तिलाठीको दसगजा क्षेत्रमा भारतीय पक्षले पुनः बाँध बाँध्ने प्रयास गरेपछि नेपाली पक्षले त्यसको प्रतिकार गरेका थिए, जसमा केही नेपाली घाइतेसमेत भएका थिए । चुरेदेखि नेपालको २५ किलोमिटर दूरी तय गर्ने खाँडो नदी आसपासका जनताको टाउको दुखाइ बनेको छ । यसको नियन्त्रणका लागि चुरेदेखि तिलाठीसम्म बाँध बाँध्नुपर्ने आवश्यकता छ । काम अघि बढे पनि सम्पन्न हुन सकेको छैन । बाँध बाँधेर नेपाली भूमि डुबान हुनबाट जोगाउन बर्सेनि करोडौं रकम खर्च हुने गरेको छ । तर, न यहाँको समस्या समाधान भएको छ न त जनताको त्रास नै हट्न सकेको छ । यसपटकको बाढीले तिलाठीका करिब चार सय घर डुबानमा परे । घरको अन्नपात जोगाउन नसकेका बाढीपीडितलाई जिल्लामा राहत आउने क्रम जारी छ । तर, एकद्वार प्रणालीबाट त्यो राहत पीडितसम्म पुग्न नसकेको गुनासो तीव्र छ । अहिले विभिन्न राजनीतिक दलले जिल्लामा राहत भित्र्याइरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासमेत बाढीपीडितलाई राहत घोषणा गरेर फर्किसकेका छन् । तर, क्षणिक राहतले मात्र यो समस्याको दीर्घकालीन समाधान नहुने निश्चित छ । बर्सेनि बल्झिरहने समस्यालाई पूर्वसहमतिअनुसार समाधान गर्न दुवै देश तयार रहे मात्र तिलाठीले डुबानबाट मुक्ति पाउने स्थानीय बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending