भूकम्पपीडित थप पीडामा, 'कमिसन' माग्छन् इन्जिनियर
आषाढ़ ३१ गते, २०७४ शनिवार 15th July, 2017 Sat०७:१५:५७ मा प्रकाशित
काठमाडौं । पुनःनिर्माणमा खटिएका इन्जिनियरहरूले भूकम्पपीडितसँग कमिसन असुल्ने गरेका छन् । आफूले चिनेको कन्सल्टेन्सी मार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्प पीडितसँग कमिसन असुल्ने गरेको फेला परेको हो।
अाजको नागरिक दैनिकमा खबर छ– ‘घर निर्माण गर्दा नक्सा बनाउनुपर्छ भन्दै प्राविधिकहरुले पैसा माग्ने गरेका छन्, त्यो पैसा के का लागि लिइएको हो ? प्राविधिकलाई पैसा दिएपछी मात्रै घर बनाउन सुरु गर्नुपर्ने हो ।’ धुनिबेसी नगरपालिकामा केही समय पहिले आयोजित एक छलफलमा स्थानीय वृन्दा कँडेल र इश्वर केसीले प्रश्न गरे।
प्राविधिकहरूले भने स्थानीयकै आग्रहमा मध्यस्तकर्ताको काम गरिदिएको बताएका छन् । धुनिबेसी गाउँपालिका वडा नं. ३, ४ र ५ (साविकको जिवनपुर गाविस) हेर्दै आएका इन्जिनियर विनोद कुमार यादवले भने ‘हामीले पैसा लिएर खाएको छैन, नागरिकहरुको आग्रहमा कन्सलटेल्सिबाट नक्सा बनाइदिएर ल्याएको हो ।’ ‘अहिले हामी आफैँले नक्सा बनाएको छैन् । पैसा लिएको पनि छैन् । अप्ठ्यारोमा परियो भन्नेहरुको लागि मध्यस्थकर्ता भैदिएको हो’ उनले थपे।
नेपाल सरकारले अनुदानमा घर बनाउनको लागि १७ प्रकारका नक्सा सार्वजनिक गरेको छ । गाउँको जग्गाको बनोट अनुसार १७ प्रकारका नक्सामा घर नवन्ने अवस्था आएमा सम्वन्धित घरको नक्सा २५ प्रतिशत तोडमोड गरेर भएपनि भुकम्प पीडितलाइ निशुल्क नक्सा दिनुपर्ने प्रावधान छ । तर इन्जिनियरहरुले भने १७ प्रकारमा घरको डिजाइन नपर्ने भन्दै नयाँ नक्सा बनाउन भूकम्प पीडितहरुलाई बाध्य पारिरहेका छन्।
नीलकण्ठ नगरपालिका वडा नं ९ का केशवमणी दुवाडी भने, ‘इन्जिनियरकै सल्लाह लिएर घर पुरै बनाइसके, दोस्रो किस्ताको निवेदन दिन जाँदा मेरो घर १७ प्रकार भित्र नपर्ने भएकाले नयाँ नक्सा लिएर आउन भनेका छन ।’ नयाँ नक्सा बनाउनु पर्ने नै भएपछि दोस्रो तेस्रो किस्ता सिफारिस गर्दा सजिलो हुन्छ भनेर आफ्नै वडाको इन्जिनियरलाई नक्सा बनाउन दिएको दुवाडीले बताए।
निलकण्ठ नगरपालिका, साविकको बेनिघाट गाविस लगायत पक्की घर बन्दै गरेका स्थानहरूबाट इन्जिनियरहरुले रकम असुल्ने गरेको लाभग्राहीहरूले गुनासो गरेका छन् । तर, पुननिर्माणको लागि गाउँमा खटिएका इन्जिनियरहरूले पुननिर्माण प्रयोजनको लागि नभई बैंकबाट ऋण निकाल्ने प्रोसेज मिलाउनका लागि लाभग्राहीकै आग्रहमा नक्सा बनाइदिने गरेको बताउदै जोगिने गरेका छन्।
साँझ विहान फुर्सदको समयमा नक्सा बनाएर इन्जिनियरहरुले पैसा लिने गरेको सहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङका डिभिजन प्रमुख दिलिप भण्डारीले बताए । उनी भन्छन् ‘किस्ता लिन नक्सा अनिवार्य छैन, तर लाभग्राहीहरूले बैंकबाट ऋण लिन नक्सा चाहिन्छ, बैकिङ प्रकृयाको लागि सामान्य नक्सा बनाएर केही रकम लिएको हामीले पनि भेटेका छौं।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: