Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

नारायणगढ-मुग्लिन सडकखण्ड : २९ ठाउँमा पहिरोको जोखिम

\"\"चितवन । \'प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन\', नारायणगढ-काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराईले भने । दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उनले यसरी आक्रोश पोखेका हुन् । नारायणगढ-मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उनले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गरे । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– \'बाटो राम्रो छैन, दुईटा गाडी छिर्दैन, भैंसी पुरिने खाल्डो छ\', उनले भने \'ज्यानको माया मारेर हिँड्नुपरेको छ ।\' खाल्डाखुल्डीका कारण सवारी जाम बढी हुने गरेको उनको भनाइ छ । यसबाहेक कति बेला पहिरो जाने हो भन्ने टुंगो हुँदैन । पहिरोको जोखिम क्षेत्रमा जाम हुँदा बढी डर लाग्नेको गरेको उनले सुनाए । २८ महिना बितिसक्दा पनि सडक विस्तारको काम सकिएको छैन । सुरुको सम्झौताअनुसार २०१७ को अप्रिलमा काम सक्नुपर्ने भए पनि भूकम्पको कारण देखाएर म्याद थपिएको थियो । त्यसपछि सेप्टेम्बरसम्म काम सक्नुपथ्र्यो । त्यसपछि पनि दुईपटक म्याद थपिएको छ । त्यसपछिको सम्झौताअनुसार २०१७ को डिसेम्बर २१ मा काम सक्नुपर्ने हो । सडक विभागले यही असार २३ गते मात्र म्याद थपको निर्णय गरेअनुसार फेब्रुअरी २० लाई अन्तिम मानिएको छ । अहिलेसम्म काम ५१.४ प्रतिशत मात्र सम्पन्न भएको छ । वर्षातको समयमा काम नहुने निर्माण कम्पनीले जनाएका छन् । विस्तारको काम सुरु भएसँगै सडकको अवस्था बिग्रिँदा यात्रा कठिन भएको छ । ठाउँ-ठाउँमा पहिरो खस्ने गरेको छ । खाल्डो नपुर्दा जोखिम बढेको छ । दासढुंगा, सेती दोभान, घुमाउने, सिमलताल, जलवीरेलगायत क्षेत्र पहिरोको जोखिममा छन् । उक्त सडकखण्डका २९ स्थानलाई पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको छ । ४४ घरधुरी पनि पहिरोकै जोखिममा छन् । सडक विस्तारको काम सुरु गरेपछि नै पहिरो खस्न थालेको स्थानीय बताउँछन् । आयोजनाको काम थालेपछि २०७२ साल माघ २४ गते पहिलोपटक पहिरो खसेको थियो । इच्छाकामना-६ कालिखोलाका गौबहादुर गुरुङले \'हिजोआज पहिरो खसेको दृश्य सामान्यजस्तै\' लाग्न थालेको बताए । बाटो बनाउनेले नै बिगारेका हुन्, \'भत्किने भए पहिल्यै भत्किन्थ्यो\' उनले भने । प्रहरीको टोली पहिरोको अपडेट गर्न केन्द्रित देखिएको छ । मुग्लिन प्रहरीको काम नै अहिले पहिरोकेन्द्रित छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र एसपी दीपक थापाले अनुगमन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनमा पटक-पटक सरोकारवाला पक्षसँग छलफल गरिएको छ । \'कुनै अप्रिय घटना नहोस् भन्नका लागि प्रहरी त्यसमा सजग छन्\', चितवनका एसपी थापाले भने, \'जोखिम बढेकाले अहिले सबै ध्यान त्यतै केन्द्रित गर्नुपरेको छ ।\' कहाँ पहिरो खस्छ भन्ने नै यकिन हुँदैन । सबैभन्दा बढी डर अचानक खस्ने पहिरोकै हुन्छ । पहिरो नजाने भन्ने क्षेत्रमा पनि पहिरो झरेको छ । व्यवस्थापिका- संसदन्तर्गतको विकास समितिको टोलीले स्थलगत अनुगमन गरी पहिरोको जोखिम बढी भएको र रातको समयमा सवारी चलाउन प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको थियो । यो सडकखण्डमा दैनिक ८ देखि १० हजार गाडी गुड्छन् । मालवाहक साधन बढी गुड्ने गरेका छन् । सडक विस्तारको काम सकिएपछि पनि पहिरोको जोखिम भने दीर्घकालीन हुने देखिएको छ । एक सय ३८ वटा ठूलो पहिरो खसिकेको छ । पहिरोमा पुरिएर चार प्रहरी र दुई सर्वसाधारणले ज्यान गुमाएका छन् । पहिरो हेर्ने क्रममा चिप्लिएर एकको मृत्यु भयो । एक जना बेपत्ता छन् । झरी पर्नासाथ पहिरो खसिहाल्छ । अन्य बेला सुख्खा पहिरो खस्ने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार २०७१ चैतदेखि हालसम्म यो खण्डका विभिन्न स्थानमा भएको दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ भने एक सय ७९ जना घाइते भएका छन् । अहिलेसम्म ७८ वटा ठूला दुर्घटना भएको तथ्यांक छ । सम्झौताअनुसार १५ डिग्रीमा बाटो भिरालो गरिएको आयोजनाले जनाएको छ । तर, यो पर्याप्त छैन । कम्तीमा पनि ४५ डिग्रीमा कटान गर्नुपर्ने देखियो । पहाडको बीच भागमा कटान गर्न प्रयोग गर्ने मेसिन राख्दा बनाइएको भागले पहाड कोप्रो भयो अनि यसैले गर्दा पहिरो झरिरहन्छ । पहाड कटानको कारण समस्या पनि पहिरो खसेको आयोजनाका इन्जिनियर शिव खनालले बताए । \'सम्झौताअनुसार १५ डिग्रीको डिजाइनमा कटान गरे पनि त्यो पर्याप्त भएन । त्यसैले कटान नमिलेको चाहिँ पक्कै हो\', खनालले भने, \'केही मानवीय त्रुटि पनि छ कतिपय प्राकृतिक कुरा पनि छन् ।\' पहिरोको जोखिमका कारण असार २५ देखि राति सवारी साधन चलाउन रोक लगाइएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउने सवारी साधनलाई साँझ ७ बजे र नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनलाई साँझ ६ बजे दासढुंगामा रोक्ने गरिएको छ । मुग्लिनबाट बिहान ५ बजे र नारायणगढबाट ४ बजे सवारी साधन जान खुला गरिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy