Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

माअोवादी केन्द्रको सचिवालयसहितको विस्तारित बैठक बस्दै

\"\"काठमाडौँ । संगठन र निर्वाचनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य र जिल्ला इन्चार्जसहितको बिस्तारित बैठक अाज बस्दै छ । मतका आधारमा संविधानसभाको दोश्रो निर्वाचन भन्दा बढी मत प्राप्त गरेपनि स्थानीय तहमा तेश्रो भएपछि बस्न लागेकाे बैठकमा सबै जिल्ला इन्चार्जहरुले जिल्लाको अवस्था, चुनावको समीक्षा र भावी दिनमा केन्द्र र स्थानीय तहमा गरिनुपर्ने काम कारवाहीबारे रिपोर्ट गर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी भित्रिसकेका छन् । यसअघि सम्पन्न सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले जनस्तरमा आफ्ना एजेण्डा स्थापना गर्न नसकेको र संगठनलाई समेत गुणात्मक ढंगल परिचालन गर्न नसकेको निष्कर्श निकालेको थियो । पार्टीको वर्ग आधार रहेका समुदायबाट संसदीय निर्वाचन जित्न कठीन भएको निष्कर्शसहित उक्त बैठकले जिल्लास्तरबाटै रिपोर्टिङ गर्ने गरी इन्चार्जसहितको बैठक गर्नुपर्ने निर्णय गरेको थियो । पार्टी हेडक्वार्टर पेरिसडाँडामा बस्ने बैठकका लागि सबैजसो जिल्ला इन्चार्जहरुले जिल्लाको रिपोर्ट तयार गरिसकेको पार्टीले जनाएको छ । पार्टीमा अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राजनीतिक एजेण्डा माओवादीको हुने तर निर्वाचनमा भने माओवादीका पक्षमा जनलहर सिर्जना हुन नसक्नु, पार्टी र संगठन पद्धतीगत ढंगले परिचालन नहुनु, अन्तर्घातको अवस्था, चुनावी अभियान एकीकृत र प्रभावकारी नहुनु, बिरोधीहरुको भ्रम चिर्न र आफ्नै वर्ग आधारको मत समेत जोगाउन नसक्नु जस्ता कतिपय कारणले चुनावमा सोचेजस्तो प्रतिफल प्राप्त नभएको माओवादीको निष्कर्श रहेको छ । बैठकपछि पार्टीले प्रदेश र केन्द्रको निर्वाचन तथा संगठनको रणनीति तय गर्ने छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending