Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

निर्वाचनको समीक्षा बैठकमा के भने माओवादी नेताले ?

\"\"काठमाडौं । आइतबारबाट सुरु भएको ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय सचिवालय बैठकमा सात वटै प्रदेशका ईन्चार्जहरुले स्थानीय तह निर्वाचनको चुनावी रिपोर्ट प्रस्तुत गरेका छन् । केन्द्रीय कार्यालय कोटेश्वरमा जारी बैठकमा प्रदेशका ईन्चार्जहरुले चुनावी रिपोर्ट प्रस्तुत गरेका हुन् । बैठकमा प्रदेश नं.–१ बाट साबित्रीकुमार काफ्ले, प्रदेश नं.–३ बाट हितमान शाक्य, प्रदेश नं.–४ बाट देव गुरुङ, प्रदेश नं.–५ बाट वर्षामान पुन ‘अनन्त’, प्रदेश नं.–६ बाट शक्तिबहादुर बस्नेत र प्रदेश नं.–७ बाट लेखराज भट्टले चुनावी रिपोर्ट प्रस्तुत गरेका थिए भने स्थानीय तहको निर्वाचन सम्पन्न हुन बाँकी प्रदेश नं.–२ बाट ईन्चार्ज मातृका यादवले राजनीतिक तथा संगठनात्मक अवस्थितिबारे रिपोर्ट गरेका थिए । रिपोर्ट प्रस्तुत गर्दै नेताहरुले स्थानीय तहको निर्वाचनमा अपेक्षित सफलता प्राप्त हुन नसकेको र त्यसमा पार्टीको संगठनात्मक व्यवस्थापन नै मूख्य समस्या रहेको रिपोर्ट गरेका थिए । स्थानीय तह निर्वाचनमा अनुभवको कमि, निर्वाचनको पूर्वतयारीको कमि, पार्टी एकताको भाव तलसम्म सम्प्रेषण गर्नमा ढिलाई, नेता–कार्यकर्ताको जनस्तरमा कमजोर सम्बन्ध, आर्थिक चलखेलजस्ता कारण निर्वाचनमा अपेक्षित सफलता हासिल नभएको नेताहरुले रिपोर्टिङ गरेका थिए । बैठकमा नेताहरुले स्थानीय निर्वाचनमा अपेक्षित सफलता हासिल नभए पनि अधिकांश जिल्लामा २०७० सालको तुलनामा मतसंख्या बढेको, ९० भन्दा बढी स्थानमा पार्टीले दोस्रो हैसियत प्राप्त गरेको र कतिपय स्थानमा अत्यन्तै झिनो मतान्तरले पराजित हुनु परेको रिपोर्टिङ गरेका थिए । बैठकको प्रारम्भ गर्दै पार्टी अध्यक्ष प्रचण्डले पार्टी पूनर्निर्माणको ऐतिहासिक आवश्यकतामा जोड दिँदै सचिवालय बैठक त्यसको प्रस्थानबिन्दु भएको बताए । अध्यक्ष प्रचण्डले विचार र एजेण्डामा अहिले पनि राजनीति माओवादीकै वरिपरि रहेको तर त्यसअनुरुप संगठनात्मक तयारी र व्यवस्थापन नहुँदा परिणाममा अपेक्षित सफलता हासिल गर्न नसकिएको बताउँदै जनस्तरसम्म जरा गाडेको पार्टी निर्माण अहिलेको मूख्य चुनौति भएकोमा जोड दिएका थिए । स्थानीय तह निर्वाचनको समीक्षा, तेस्रो चरणको स्थानीय तह निर्वाचन, प्रादेशिक र केन्द्रीय निर्वाचनको तयारी र पार्टीको संगठनात्मक निर्णयका लागि बोलाइएको बैठकमा सोमबारदेखि जिल्ला ईन्चार्जहरुले रिपोर्टिङ गर्ने कार्यसूचि रहेको छ । बैठक मंगलबार बिहान ११ बजे पुनः बस्नेछ । बैठकमा जिल्ला ईन्चार्जहरुलाई पनि आमन्त्रण गरिएको छ ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy